च्वास्स

च्वास्स

 

 

इजरायलका कुरा

यतिखेर प्रतिभासंग धेरै
तीता मीठा र इजरायली प्रवासका विसंगत अनुभव हरु
र लेखनु पर्ने धेरै यथार्थताहरु छन।

च्वास्स बिझे पनि समझाऊन मन लागेको छ, जे हो त्यों नभनी भएकै छैन।
हामी एकता मा दरिद्रप्राय छों, यो तिक्त यथार्थ  ओकल्दा धेरैलाई मन दुखन सकला,यद्यपि हामी खुट्टा तान्न,भत्काऊन अनि बिगार्न भने अति नै सक्रिय छौं
यसलाई प्रेमिलो ईर्ष्या भन्न पनि मिल्दैन।यो सक्रियता एकता को प्रयास तर्फ उन्मुख भए कति जाती हुन्थ्यो होला?
पछिलो पटक प्राप्त कही प्रतिक्रियाहरुले प्रतिभाको उर्जा र मनोबलमा अर्को उचाई थपेको छ।इजरायली प्रबासका हाम्रा पाठक तथा शुभ चिन्तकहरुलाई हामी दिल देखि आभार प्रकट गर्छौ,जसले हाम्रो प्रयास र कदम लाई सुझाव सल्लाह र शुभकामना का शब्द हरुले स्वागत गरेर शुभ्रता को आभास दिए।
                   अनि अर्कोतिर ती मध्य केही निम्न स्तरीय चेतनायुक्त हिनभावले ग्रसित मानसिकता बोकेका पांडाहरु पनि देखिए जोसंग आफू बाहेक अरुको उपस्थिति स्वीकार गर्ने हिम्मत मात्र नभएको होईन की कसैको  कोशिसलाई  अंदाज़ गर्ने र हेर्न सकने नज़र पनि छैन।
           उनिहरू त्यों मान्छे यस्तो हो, यो मान्छे त्यस्तो होईन भन्दै एउटा लबीको सृजना गर्दै हिडछ्न अनि पछौटेहरु बाहेक अरु सबैको कोशिस माथी औला उठाऊछन।   

नया युग, नया शताब्दी अनि प्रजातांत्रिक राष्ट्रका स्वतंत्र नागरिक जो कोहीले पनि एकपटक अनुमान गरौ त,
एउटा गायकले अर्को गायकलाई तैले गाउनु पाउदैनस भन्नु वा एउटा कलाकारले अर्को कलाकारलाई तैले अभिनय गर्नु पाउदैनस भन्नु कति घटिया अनि बेवकूफीपन हो।
                   हाम्रा लागि भने यो प्रश्न नया होईन यस्तो नेपाली “बहादुर” प्रवृत्तिसंग हामी बर्शौदेखि परिचित छौ,र यसलाई त्यसरी नै हेरेका छौ।यहा आफ्नो सही नाम लेखेर सभ्य तवरले  सही प्रतिक्रिया दिनु सकने साहस नभएका छद्मभेषी बेनामी हरु इजरायल मा धेरै नै रहेछ्न। तर खुसी के मा छ भने प्रयास अनि  प्रतिभाको कदर गर्ने र साथ दिनेहरुको आकार छद्मभेषीहरुको भन्दा अत्यंतै बिशाल र स्पष्ट छ अनि क्रमश बढ़दै  जानेछ, हामी बिश्वस्त छौ।

संसार मा कुनै पनि कुरा दंत्य कथाका पात्र वा कुनै जादुगरले जस्तो निमेषभर मैं अनायास सिर्जित हुदैन।
 त्यसको लागि समय प्रतीक्षा र धैर्य  को जरुरी  छ। प्रवासको यो व्यस्तता वा समय अभावका कारण हामीसंग असंख्य प्राविधिक त्रुटीहरु जरुर छन,लेख रचना र नियमित संप्रेषण का सम्बन्धमा पनि सुझाव प्रतिक्रियाहरु आएका छन।हामी तिनको क्रमश परिस्कार र सुधार गर्दै लग्ने प्रतिबद्दता व्यक्त गर्छौ।

अर्को कुरा प्रतिभा समूह को इंटरनेट सस्करण अत्यन्त सूक्ष्म जनाऊ आवाज़ मात्र हो, यदि कसैलाई यही नै प्रतिभा समूहको सम्पूर्ण आयाम हो भन्ने लाग्छ भने त्यों उसको  भ्रम हो। फेरिपनि यो वेब पत्रिका हाम्रो लक्ष्य को एउटा अंश को रुपमा चाही हामीले निश्चय नै मानेका छौ।यसर्थ यसमा व्यबस्थापन वा संपादन मंडलीकेा ठुलो हूल तयार नगरेर कुनै गल्ती गरे जस्तो लाग्दैन।
     प्रतिभाको परिचय वा आकार कोर्ने आरंभको घड़ीमा छौ हामी, कसैले त शुरू गर्ने पर्छ होईन र? र यसको शुरुवात सुनील, कृष्ण वा फलानोले गर्यो भन्दैमा बेनामी हरुलाई टाउको किन दुखेको हो?
            प्रतिभा पुस्ता सचेतना र स्वतंत्रतामा बिस्वास गर्छ,मानिलिउ गौरीशंकर ले प्रभातको किरणलाई पहिलो पटक स्वागत गर्छ,त्यों यथार्थतालाई लिएर सगरमाथा वा कंचनजंघा ले ईर्ष्या गर्दैन।एक अर्काको अस्तित्वलाई स्वीकार र सम्मान गर्नु नेपाली संस्कृतिको परिचायक हुनुपर्छ।यो आदर्शमा हामी आस्था राख्छौ ।
               प्रतिभाका सहयात्रीहरु  विवेकहीन र खुट्टा तान्ने प्रवृत्तिका पाखंडीहरु होइनन,हामी शालीन,उर्जावान र प्रतिबद्ध जागरूक युवा पुस्ता लाई समेटने जमर्को गर्दैछौं।यद्यपि सबै संघ,संस्था वा समूहप्रति हाम्रो आदर वा सम्मान उत्तिकै छ।
  कलाको नाऊमा भिड्मा रमिता गरेर ताली  बटुल्ने नटुवाहरुमाथी वा साहित्यका नाऊ मा ट्रकका भित्ते सायरी स्तरका कविता अनि हमजायेगाका कथा पढ़न रुचाउने जमातमाथि हामी अपरिवर्तन को दोष  दिनु चाहन्नौं।खोट हाम्रो विद्द्वतामा छ।हामी प्रवृत्ति,झूकाव वा शैली बदल्नु चाहन्छैा।
          प्रतिभा एउटा जागरण को उफान  सृजना गर्न चाहन्छ र हाम्रा शुभ चिन्तक हरुले के बुझ्नु जरुरी छ भने हाम्रो झुल्काई पूर्वको आँगनमा भर्खर उदाएको मात्र हो,हामी रैथाने बादलहरुको परवाह गर्दैनौ,क्षितिज उघ्रेपछि आकाशको आकार कत्रो हुनेछ तिमिले अनुमान गरेकै छैनौ।
         प्रतिभा पुस्ता अरुलाई दलाल फ़टाहाको संज्ञा दिदै हिडने रोगी र हिनभावका बेनामी हरुलाई येतिखेर तितो  पाठ सिकाउने पक्षमा छैन। यस्तो परम्परा,संकीर्ण सोच अनि प्रवृत्ति समयसंगै  बिस्तारै भत्किएर जानेछ आशा गरौं।
        प्रतिभाका सहकर्मीहरु पाईलाका ठेस, पर्खाल वा समस्या हरुलाई कला,साहित्य र संस्कृतिप्रतिको आस्था,मानवीय मूल्य मान्यता र वस्तुनिष्ठताको तपले पन्छाउनु चाहन्छन ।कला र कलम लाई एकसाथ लग्ने हाम्रो कदम ,शुष्कता  निष्क्रियता र निस्सारतालाई भंग गर्दै सचेतना को उज्यालो चुम्नु चाहन्छ।
हामीले विध्वंशकारी हरुको चेतनाको स्तर बुझेका छौं,र धेरै मुखुन्डोवाला नक्कली अनुहारहरु संग बाध्यताबस उठ्बस पनि गरेका छौ,यो स्थितिमा पनि  हामी तिन्लाई प्रेम गरिनै रहन्छौ, र पाईला सारी नै रहन्छौ।
 स्विकार्नु नस्विकार्नु वा हत्केला ले छेक्नु उनिहरू को काम हो,तर घाम त उदाऊछ नै,हामी पनि रोकिदैनौ।

स्तम्भको अन्त्यमा
शब्द साहित्य - एकहरफ च्वास्स
“ए गतिहीन बर्तमान ! तैले प्रतिभालाई कति चिनेको छस?”
 
 यो अन्तिम युद्ध…

विभिन्न जाति, पेसा र लिङ्गका अभूतपर्ूव अनुहारहरू सभासद्मा छानिएर लोकतान्त्रिक संविधान लेख्ने तयारीमा छन् । यसैक्रममा अचेल सञ्चारमाध्यमहरूमा केही रोमाञ्चक र चित्ताकर्ष तस्िबर अनि समाचारहरू आइरहेका छन्  । ग्राहकको चोलो सिलाउ“दासिलाउ“दैकी दिदीको चोला अचानक बदलिएको छ । गलै“चा बुन्दाबुन्दैकी भाउजूको भाग्य चम्किएको छ । जुत्ता पालिस गर्दागर्दैका दाइको दैनिकी बदलिएको, रक्िसा ठेल्दाठेल्दैका काकाको का“चुली फेरएिको, गोरु जोत्दाजोत्दैका जेठाबाको जुनीले नया“ मोड लिएको आदि समाचार आएका छन् ।

लुगा सिलाउने पेसा गर्ने दिदी अचानक विधायक भएपछि उनले आफ्ना छिमेकी ग्राहकको सम्झाउनी-बिर्सर्ााीका लागि अन्तिम चोलो सिउ“दै गरेको समाचार छापामा पढ्न पाउ“दा म बडो भावुक भए“ । गलै“चा बुन्दै गरेकी अर्की एउटी दिदीले टेलिभिजनका पत्रकारतिर हर्ेन पनि नभ्याई गलै“चा बुन्दै गरेको दृश्य देख्दा लोकतन्त्र भनेको त यस्तो पो हु“दोरहेछ भनेर म भावविह्वल भए“, नढा“टी भना“ै, म खुसीले रोए“ । दृश्य हर्ेदा ती दिदी त्यो अन्तिम गलै“चा छिटोछिटो बुनिसकेर संविधान लेख्न जाने हतारमा भएझै“ लाग्थ्यो ।

भावुकतामा डुबिरहेकै बेला मलाई २०४८ सालको सम्झना भयो । त्यसबेला थुप्रै आर्श्चर्यलाग्दा अनुहारहरू सांसद भएका थिए । खुट्टामा भुक्के चप्पल, हल्लु“डको कालो लागेको जडौरी इस्टकोट, गोठ गनाउने कमिज-सुरुवाल, भूमिगत बसेका नरकटे ज्यान, जेल बसेका सङ्र्घष्ाशील खपटे अनुहारहरू  । त्यसखाले हुलिया लिएर सिंहदरबार पसेका थुप्रै जनप्रतिनिधिहरू त्यहा“बाट बाहिर निस्क“दा कस्ता भएका थिए, त्यसको बेलिविस्तार लगाइराख्नु परोइन । उल्लिखित हुलिया त उनीहरूको जीवनको अन्तिम हुलिया रहेछ भन्ने हामीले छिट्टै थाहा पाएका थियौ“  ।

त्यो सम्झेपछि मेरो भावुकता ह्वात्तै हरायो । मलाई लाग्यो, तिनीहरूले यत्रो वर्षा नगरेको काम यिनीहरूले चाहि“ गर्नैपर्छ भन्ने के छ † यसअघिका सबैले मोज गरे, घडेरी किने, घर बनाए, गाडी किने, ब्याङ्क भरे  । पड्केहरूले गाला चिल्याए, सा“प्रा र झोल हालेर आन्द्रँभु“डी हिल्याए । कपाल लर्काए, बै“स फर्काए । के पो गरेनन् र † यो सम्झेपछि सम्पर्ूण्ा नया“ सभासद्लाई उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना दिन मन लाग्यो ।

म कामना गर्छर्ुुतपाईं गलै“चा बुन्ने दिदीको त्यो गलै“चा बुनाइ यो जुनीकै अन्तिम बुनाइ बनोस्  । लुगा सिउने भाउजूले सिलाएको त्यो चोली उहा“का हातले सिलाएको जीवनकै अन्तिम चोली बनोस् । दुःखी पेसा गर्दागर्दै भाग्यवश राजधानी पस्ने र सभासद्को कर्ुर्सर्ीी बस्ने अवसर पाउने तपाईंहरू सबैका ती दुःखी कामहरूको अन्त्येष्टि होस्  । आइन्दा त्यस्ता लुगा सिउने, जुत्ता टाल्ने, चुरा बेच्ने, हलो जोत्ने, भारी बोक्ने, बच्चा पढाउने, रक्िसा तान्नेजस्ता फोहोरी काम छुनु नपरोेस् । तपार्इंको पनि बङ्गला होस्, गाडी होस्, गार्ड होस्, नोकर-चाकर हुन् । ती पुराना बज्जेहरूको भन्दा बढी राम्रँे होस्, फलिफापै-फलिफाप होस् ।

कम्युनिस्ट अन्तर्रर्ााट्रय गीतमा भनिएझै“ गएको चुनाव नै तपार्इंको जीवनको अन्तिम युद्ध होस् र यो विजय तपार्इंको जीवनको अन्तिम विजय । शुभकामना †

प्रचण्डको हर्कत

हुनेवाला राष्ट्रपतिको शान निकै ठुलो पो रहेछ हाम्रा हुनेवाला राष्ट्रपति साह्रै नै भाग्यमानी रहेछन्। यदि बिश्वमा ठुलो हिमाल छ भने नेपालमै छ अनि ठुलै नेता खोज्ने हो भने नेपाल मै आउनु पर्छ बिश्वका भाग्यमानी र ठुला नेता भनेकै हाम्रा भावी राष्ट्रपति प्रचण्ड नै हुन् है। अचम्म लाग्न सक्ला तर अचम्म मान्नु पर्ने कारण नै छैन किनकी बिश्वको कुनै पनि राष्ट्रका ठुला नेताले दुईवटा सेना बोकेर हिडेकेा इतिहासमा नै छैन तर हाम्रा नेपालका ठुला नेता प्रचण्डको सुरक्षा भने नेपाल प्रहरी र जनमुक्ति सेनाले ने गरिरहेको रहेछ।दुई दुई सुरक्षा बलमा बस्ने नेता भाग्यमानी र ठुलो नभए को  ठुलो हुन्छ त?

माकुनेको शान

कही नभाको जात्रा हाडी गाउमा भनेजस्तो अन्यत्र कही नदेखिएको घटना पनि यही नेपालमा पो देखिन्छ बा। संबिधान सभाको चुनावमा झक्कुले चक्कु हाने झै हारेर ढुन्मुनिएका एमालेका सदाबहार महासचिव माकुने पुर्व महासचिव भइसक्दा पनि उको शान र मान भने पुरानै संस्कार छ। त्यस्तो शान र मान नभएको भए हरुवा मान्छेको छेरुवा दाउ भनेझै सातदलको सहमतिका लागि एमालकेा कावाका हावा महासचिव अमृतका नगएर दलका नेता किन माकुनेकै महल तिर हान्निएका हुन् त्यो देखेर भने  जनता पनि अलमल्लम पर्žया छन् वा, कतै माओबादीले माकुनेलाई फेरी महासचिव नै बनाइदिने त हैन?

 

 

अल्टिमेटमको तिर

श्री ५ महाराजधिराज सरकारबाट उँदोन्नती भई राजा ज्ञानेन्द्रमा पुगेका नेपालका आजका दिनसम्म पनि राजा नै रहेका राजालाई दह्रो अल्टिमेटन पर्žया छ। अल्टिमेटम टेरम कि नटेरम पनि भाको छ। नटेरम भने जनसेनाले लखेट्ने कुरा गर्žया छ टेरम भने पुर्खाकै इतिहास मेटिने छ। दोधारे मनमा अल्मलिएका राजालाई सल्लाह दिनेहरु आफै हल्ला गर्न थाल्या छन्। मुखमा राम राम बगलीमा छुरा हान्न पल्किएका राजाका भरौटेहरु अहिले पनि ठुलै कुरा गर्छन् राती फिठानमा। नत्र त उही त राजाले आफ्नो खुट्टामा आफैले बन्चरो हानेका हुन् हाम्लाई के मतलव भन्न थाल्या छन् दरबारबाट मासिक तलवी खानेहरु, दरबारको तलव खाएर दरबारलाई तरबार तेर्साउनेहरुहरुलाई पनि ३ दिने अल्टिमेटम दिएर देश निकाला गर्ने कि?

 

वाईसिएलको करो

माओबादी सरकारको नेतृत्व गर्ने तयारीमा छ तर माआबादीका सेना पानी न पधेरो जस्तो गरी बस्नु पर्žया छ। आफू त महादेव उत्तानटाङ्गा कसले देला बर भने झै भाको छ, जनसेनाका वीर सिपाहीहरुलाई। तीन वटा नेताका तीन थरी गफ, सेनाहरु चुहाउछन् पसिनाका धारा तपतप तर पनि चैन छैन ऐनको त कुरै नगरौ। वाईसिएल लाई बिघटन गर्ने कुरो भाको छ तर वाईसिल भाइसिल भएर निस्केको छ। हुन पनि किन नहोस् त चुनाव हार्žया मान्छे मन्त्री बनेर भत्ता लतारिरहन पाइन्छ भने देश निर्माणका लागि बनेको भनेको वाईसिल किन बिघटन गर्ने? गर्ने भए जनपथ प्रहरी र सशस्त्र प्रहरी नै बिघटन गरौ न त्यसपछि वाईसिललाई भाईलाई सिध्याउने लको अर्थात भाइसिएल बनाउला।

जंगी प्रधानमन्त्री कि राष्ट्रपति

नेपालको इतिहासमा पहिलो पटक संबिधान सभाको बैठक बस्दैछ। अनि गणतन्त्रको प्रस्ताव पास गरेर नेपालमा गणतन्त्र ल्याइनेछ उनीहरु(सातदल) कै भाषामा। तर जनता बबुरोलाई के थाहा गणतन्त्र मुखमा र कागजमा मात्र सिमित होला भनेर। नहोला पनि भन्न सकिदैन । ३६ जनाले रगतको होली खेलाएर ल्याएको लोकतन्त्रलाई लोपतन्त्रतिर धकेलिदै छ। तथापी नेपालमा दुई वटा बाघहरु तम्तयार भएर बसेका छन् नयाँ नेपालकेा नयाँ राष्ट्रपति खान। दुवै बाघहरु शक्तिशाली छन् दुवै बाघसँग सेना छन् दुवै बाघका सेना शक्तिशाली छन् तर जनतामा हाहाकार हुदा पनि दुवै बाघहरु मौन छन्। दुवै बाघहरु जनतका भन्छन् तर जनता कस्को र कस्को जनता भन्न भने जंगी प्रधानमन्त्री चाहिया हो कि जंगी राष्ट्रपति जनतालाई पो चिन्ता पर्žया छ। गिरिजा बाजे जंगी प्रधानमन्त्री भएर त केही भएन भने उनैलाई नेपालकेा राष्ट्रपति बनायो भने झन देश कतापो जाने हो लौ है जनता देशमा गणतन्त्र आउने रे जंगी प्रधानमन्त्री आउने कि राष्ट्रपति बिचार गरेस् मनमा लिएस् सुलसुलेको सुलसुले सल्लाह।
अरुलाई झर्को पत्रकारलाई चर्को

अरुलाई सही बाटो देखउने भन्ने आफु चाही सधै कुबाटो हिड्ने। यो हात्तिको देखाउने दाँत र लुकाउने दाँत जस्तो भइगो नि। तर यो सक्कली हात्तिको रुप बिस्तारै छरप्रष्ट भएर देखिन लागेकेा छ। यस्तो राम्रो हात्ति अरु कोही नभएर हाम्रै पत्रकार महासंघ पो परेछ। भ्रष्टाचारको बिजारोपण गरेर आयोग बनाउने अनि आयोग नै बियोगमा परेर सेलाउने चलन नै रहेछ बा। चुनाव सिध्येको हप्तौ बितिसक्यो तर यसका धाउ खटिरा अझै बाँकी रहेछन् माघ १९ को कु गरेजस्तै बन्द सत्रमा कु गर्ने खोज्ने सुरेश आचार्यको पालादेखि नै भ्रष्टाचार भएकोले त्यसबेला देखि नै छानबिन गर्ने रे! तर पत्रकार महासंघकेा यो रुन्चे बानीले नेपाल नै डुब्ने गरी भ्रष्टाचार गर्नेहरुलाई भने झकर्ेा लाग्न थाल्या छरे सरकारी भ्रष्टचारीको अभियोग दुई चार दिन समाचार मात्र बन्थ्यो तर महासंघको भ्रष्टचार चाहि बिशेष सम्पादकीय देखि लेख सम्म पुग्दा सर्वश्रेष्ठ भ्रष्टाचारीलाई झर्को लाग्यो रे है। जसलाई जे लागे पनि अख्तियार सम्म पुगेको यो काण्ड पत्रकारलाई भो चर्को ने छ।