prativanepal.com

exploring art culture and literature….

गणतन्त्र कि कुर्सी तन्त्र -हरि कृष्ण न्यौपाने


गणतन्त्र कि कुर्सी तन्त्र

गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गार्हो भो
राजकाल भन्दा पनि आजकाल सार्हो भो!
नेता जति सबै ब्यस्त सबै जेशा-जेशमा
सबै आज लागेका छन कुर्सी खोसा-खोसमा!!

चुनाब पहिले गरिबको टाउँको गन्दै जान्थे
हाम्लाई भोट दियौं भने बिकाश गर्छौँ भन्थे!
तर आज सबै नेता लागे कुर्सी तिर
त्यसैले त जनतालाई पर्यो सारो पिर!!

अझै काटमार बन्द भैन अपहरण दिन्-दिन
अझै शान्त छैन नेपाल बन्द हड्ताल छिन्-छिन!
महंगिले नेटो-काट्यो पेट्रोल डिजेल छैन
सरकार पनि छैन जस्तो जिम्बेवारि भैन!!मन्त्रि,सांसद सभासद ब्यस्त भेट-घाटले
एकै मन्चमा बस्छन सङै बोल्छन छेड-छेडले!
राख्ने भन्छन राजालाई नि अर्को दरबारमा
सबैलाई कुर्सी मिठो बस्न सरकारमा!!

 

लेखौं राम्रो संबिधान गरौं देशको बिकास
आशा गरौँ सबै मिली निकाल्नेछन निकास!
फेरि पनि नदोहोरियोस देशमा कुर्सी तन्त्र
सबै मिली सफल पारौं लोक गणतन्त्र!!


हरि कृष्ण न्यौपाने(प्रबासी)
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक बाट

. - Posted by prativanepal | कविता | | No Comments Yet