prativanepal.com

exploring art culture and literature….

गजल- भुपेन्द्र महत

भुपेन्द्र महत

कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ

दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ

तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ

आफ्नो बिरानो भएछन बैरिको भिडमा खै
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ

निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ

कोलोराडो

. - Posted by prativanepal | ग़ज़ल | | No Comments Yet

No comments yet.

Leave a comment