आकाशमा बेलुन उडायो लौ हेर
पछाडी बाट गोजी लुटायो लौ हेर

विश्वास गर म देश बनाउछु भन्दै
केटाकेटीलाई सडकमा जुधायो लौ हेर

गर्दिन अब भन्थे बम बारुदको खेती
बन्दुक देखाई मत जुटायो लौ हेर

समानताको परिधिमा बाँधौला भन्दै हिँडे
समावेसी पस्कँदै जात फुटायो लौ हेर

फेरी ‘स्वयंम्बर’ को सपना देखाई
जन्तालाई थाङनामा सुतायो लौ हेर

-स्वयंम्बर सिंह लामा

कतार

Post a Comment

*
*