जंगी प्रधानमन्त्री कि राष्ट्रपति
नेपालको इतिहासमा पहिलो पटक संबिधान सभाको बैठक बस्दैछ। अनि गणतन्त्रको प्रस्ताव पास गरेर नेपालमा गणतन्त्र ल्याइनेछ उनीहरु(सातदल) कै भाषामा। तर जनता बबुरोलाई के थाहा गणतन्त्र मुखमा र कागजमा मात्र सिमित होला भनेर। नहोला पनि भन्न सकिदैन । ३६ जनाले रगतको होली खेलाएर ल्याएको लोकतन्त्रलाई लोपतन्त्रतिर धकेलिदै छ। तथापी नेपालमा दुई वटा बाघहरु तम्तयार भएर बसेका छन् नयाँ नेपालकेा नयाँ राष्ट्रपति खान। दुवै बाघहरु शक्तिशाली छन् दुवै बाघसँग सेना छन् दुवै बाघका सेना शक्तिशाली छन् तर जनतामा हाहाकार हुदा पनि दुवै बाघहरु मौन छन्। दुवै बाघहरु जनतका भन्छन् तर जनता कस्को र कस्को जनता भन्न भने जंगी प्रधानमन्त्री चाहिया हो कि जंगी राष्ट्रपति जनतालाई पो चिन्ता पर्žया छ। गिरिजा बाजे जंगी प्रधानमन्त्री भएर त केही भएन भने उनैलाई नेपालकेा राष्ट्रपति बनायो भने झन देश कतापो जाने हो लौ है जनता देशमा गणतन्त्र आउने रे जंगी प्रधानमन्त्री आउने कि राष्ट्रपति बिचार गरेस् मनमा लिएस् कालेको सल्लाह ।