Daily Archives: April 27th, 2008

 

 

 

 

हामीले रच्ने गज़लको किन बिषय यस्तै हुन्छ?
रगत युद्द र मृत्यु आशय यस्तै हुनछ|
|
पोखरी मासानो माछा सधै त्रासमा बाचेको छ
के मान्छे बिच पनि परिचय यस्तै हुन्छ?
|
मृत्यु पढछु ख़बर भरि दर्ज़नौ हताहत छन
सदै युद्द -द्वन्द सायद प्रलय येस्तै हुन्छ .
|
आज पनि कर्फ्यू छ की दागिने पो हो की छाती
हरेक को मनमा किन भय यस्तै हुन्छ

खै कस्लाई जीतें भन्नु।।कुन मनले जीतें भन्नु
लास माथी उभिएको बिजय यस्तै हुन्छ
|

 

गजल

तिमीलाई खुशी दिने बाचा जती सबै हारें
आफुलाई नुनिलो आशुको सागर तारें

यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो
यसैले त यो मन्लाई सधैं अध्यारोमा पारे

के को रहर थियो र ? अरुलाई चोट दिने
त्यही आत्माग्लानिले आशु मैले सधैं झारे

के सोचे के भयो आफुसंगै पराइ बने
उदासि नै साथी हुँदा आफ्नो मनलाई नै मारे

प्रभा आचार्य