देख्यौ होला
कृष्ण थापा
लोकतांत्रिक आन्दोलनको उभार देख्यौ होला
सड़कभरि बिद्रोहको अंगार देख्यौ होला
सड़कभरि बिद्रोहको अंगार देख्यौ होला
.
कुन दुला भित्र पसे तिम्रा भिजिलान्तेहरु
तिन्लाई जिउदै निल्ने जनआकार देख्यौ होला
तिन्लाई जिउदै निल्ने जनआकार देख्यौ होला
.
भो अब तिम्रो पांचले जोगाउदैनन तिमिलाई
हेर्नु ढोकै माथि नेपाल सरकार देख्यौ होला
हेर्नु ढोकै माथि नेपाल सरकार देख्यौ होला
.
मखमली ओछ्यानमा सुत्दा पनी सपनीमा
शहीदका राता अनुहार देख्यौ होला!
शहीदका राता अनुहार देख्यौ होला!
.
कस्तो हुदो रहेछ प्यारा निरंकुशे यात्रा गर्नु
पाइलैपिच्छे खुकुरीको धार देख्यौ होला!
।
।
।
(यसबेला अझ संदार्भिक लागे पनी यो ग़ज़ल नेपाल मा लोकतांत्रिक आन्दोलन चल्दै गर्दा अप्रिल २००६,त्रिशुली प्रवाह पत्रिका मा प्रकाशित भएको थियो)


