इजरायलका नेपालीले पनि मनाए गणतंत्र

इजरायल मा कार्यरत नेपाली हरु को सस्था नेपाली कामदार सहयोगी मंच को आयोजना मा
येही गत शनिबार एक भब्य समारोह को आयोजना गरी नेपाल संघीय लोकतांत्रिक गणतंत्र मा बिधिवत प्रबेश गरेको मा इजरायल का नेपाली समुदाय ले खुसियाली मनाए |
नेपाली कामदार सहयोगी मंच को आयोजनामा सम्पन्न सो गणतंत्र को स्वागत तथा खुसियाली कार्यक्रम को उद्घाटन गर्दै इजरायलका लागि नेपाली राजदूत बैजनाथ थपलिया ले नेपाल संघीय लोक्तान्त्रतिक गणतंत्र मा प्रबेश गरेको मा खुशी ब्यक्त गर्दै सम्पूर्ण नेपाली हरु लाई बधाई तथा शुभकामना दिनु भयको थियो भने हरेक ब्यबस्था को गुण र दोष दुबे हुने हुदा राजनैतिक दल हरु ले सहमति र समंबय का आधार मा गणतंत्र को सस्थागत बिकाश का लागी प्रयासरत रहनु पर्ने बिचार ब्यक्त गर्नु भयो |२४० बर्ष एक क्षत्र राज गरेको राजतन्त्र को अन्त्य भयको खुशियाली मा २४० वोटा मैं बत्ती बाली कार्यक्रम को उद्घाटन गरिएको थियो भने ,प्रमुख अतिथि राजदूत थपलिया ले उपस्थित सम्पूर्ण नेपाली हरु लाई निधार मा रातो टिका लगाई दिनु भयको थियो |
नेपाल चौतारी का संपादक देबेन्द्र हरी सुबेदी ले संचालन गर्नु भयको उक्त सभा मा देबकी ढकाल को नेतृत्व को कलाकार टोली ले रास्ट्रीय गान गाएको थियो भने लोकतंत्र प्राप्ति को लागी सहादत प्राप्त गर्नु हुने ज्ञात अज्ञात शहीद हरु प्रति एक मिनेट मौन धारण पनी गरिएको थियो |

त्यसै गरी राजदूतावास का मिनिस्टर कौन्सेलर मुक्ति नाथ भट्ट ,गैर आवासीय नेपाली संघ ,रास्ट्रीय समंबय समिति इजरायल का अद्क्ष्य डा. बिष्णु चापागाई ,नेपाली कृषि मजदूर सहयोग समिति का अद्क्ष्य खोज राज कतुवाल,नेपाली कामदार हरु तारा प्रसाई ,इंदिरा कोइराला ,बिष्णु तिमिल्सेना ,प्रेम नारायण गौतम ले पनी राजतन्त्र अंत्य भयको मा खुसी ब्यक्त गर्दै लोकतंत्र को माध्यम बाट शुन्दर शांत नेपाल बिकाश को गति तीर लम्कने छ ,भन्ने मा प्रवासी नेपाली हरु बिश्वस्त रहेको धारणा राख्नु भयको थियो |उपस्थित सबै नेपाली र राजदूत तथा दूताबास का कर्मचारी हरु लाई नेपाली नारी आवाज़ इजरायल की अद्क्ष्य सृजना महत बानिया ले धन्यबाद ज्ञापन गर्नु भयको थियो |
सो अवसर मा इजरायल आइपुग्नु भयका बिश्व साइकल यात्री देबेन्द्र कार्की को स्वागत गरिनु का साथै केक काटना लगाई साइकल यात्री कार्की लाई गणतंत्र को प्रसाद का रूप मा उपस्थित सबैलाई बाड्ना लगाईएको थियो |साइकल यात्री कार्की २३ वोटा मुलुक को यात्रा पुरा गरी इजरायल आइपुग्नु भयको थियो, सप्तरी फत्तेपुर घर भयका कार्की सन् २००५ देखि बिश्व भ्रमण गर्न निस्केका हुन,एच आई भी एड्स तथा लागु औसध बिरुद्ध जनचेतना फैलाउने उधेश्य का साथ आफू साइकल यात्रा मा निस्केको बताऊदै इजरायल आएर गणतंत्र को खुसियाली मा सरीक हुन पाउदा खुसी ब्यक्त गर्नुभयो |
सभापति को आसन बाट बोल्दै नेकास मंच का अद्क्ष्य भुवन सिंह कुंवर ले प्रवास मा रहेरै भय पनी नेपाल संघीय लोकतांत्रिक गणतंत्रात्मक मुलुक भयको खुशियाली मनाऊन पायको मा गौरंवान्वित महसूस गरेको बताऊदै यो ऐतिहासिक उपलब्धि को रक्षा र संबर्धन का लागी लोकतंत्र बादी नेपाली हरु स्वदेश बिदेश बाट अक्जुत हुनू पर्ने भन्दै स्भाको बिसर्जन गरिएको थियो |
सभा बिसर्जन पछि उपस्थित नेपाली हरु लाई जलपान को पनी आयोजना गरिएको थियो ,कार्यक्रम बाट फर्किएका सबै नेपाली हरु को निधार मा लगाईएको गणतंत्र को रातो टिका ले सबै को ध्यान खिचेको थियो |
श्रोत: देवेंद्रहरी सुबेदी
3 Responses to “इजरायल गतिबिधि”
debu, on June 10th, 2008 at Said:
नेपाल चौतारी मासिक पत्रिका को नियमित प्रकाशन शुरू
इजरायल मा नेपाली भाषा मा प्रकाशित हुदै आएको नेपाली हरु को सुख-दुख को चौतारी नेपाल चौतारी को मासिक प्रकाशन नया ब्यब्स्थापन का साथ पुन;प्रकाशित हुन थालेको छ |नेपाली कामदार सहयोगी मंच ले प्रकाशित गर्दै आएको यो प्रकाशन लाई अब कृषि मजदूर सहयोग समिति र नारी आवाज़ इसराइल ले पनी सह प्रकाशक को रूप मा अगडी बढौने छन |देबेन्द्र हरी सुबेदी संपादक रहनु भएको प्रकाशन समूह मा प्रबंध निर्देशक भुवन सिंह कुंवर,निर्देशक मा सृजना महत बानिया,कला र सस्कृति मा यस वेब का कृष्ण थापा ,साथै टाईपिस्ट द्वय कल्पना शर्मा र मीना ज्ञवाली संपादन सहयोगी मा, बजार ब्यबस्थापकमा खोज राज कटुवाल,दिनेश दुलाल ,लक्ष्मी गिरी हुनुहुन्छ |
नेपाल चौतारी मासिक ले नेपाली समाज लाई आबश्यक पर्ने कानूनी सल्लाह,कामदार का हक़-अधिकार र बिभिन्न मनोरंजनात्मक लेख रचना ,नेपाल सम्बन्धी समाचार हरु प्रकाशित गर्दै आइरहेको छ |
khem, on June 28th, 2008 at Said:
This is very good news for all nepalese in Israel. I hope this will be a voice of all Nepalese in Israel without discriminating to one another
NABIN GIRI, on July 8th, 2008 at Said:
MY FRIEND,
YOU HAD A HAVE WELL TRY FOR PRACTICE BUT FOR PROFESSIONAL LOOKS ND WORK. NEED 2 DO SOMETHIMG ELSE…..
YOUR TRUELY,
NABIN GIRI