जीवनको मूल्य

 

रामेश्वरी पन्त

पोखरामा एउटा साहसी बालक कमल नेपालीले मृत्युको मुखबाट एक अपरिचित बच्चीको ज्यान बचाइरह“दा बुटवलकी जुना सुनारले विष सेवन गरी आफूसहित आफ्ना १६, १४ र ११ वर्षा तीन सन्तानको ज्यान लिएको खबर सुन्दा ममात्र होइन, जोकोहीको मन स्तब्ध भयो होला ।सर्ुकर्म गर्‍यो भने त्यसको फल स्वतः प्राप्त हुन्छ । साहसपर्ूण्ा कार्यले आज कमल नेपाली र उनको परिवारको कायापलट भएको छ । हिजोसम्म धूलोमाटोमा खेल्दै डुलिरहने कमल नेपाली आज सबैको आ“खाको नानी बनेका छन् । साहसीको लागि उमेरको सीमा हु“दैन । कमलले यही देखाइदिए । उनको साहसले दिएको सन्देश अपर्ूव छ । मानव कल्याणभन्दा ठूलो धर्म र महान कर्म अरू केही रहेनछ भन्ने जीवन्त नमुना बनेका छन्, कमल ।


असार ११ गतेदेखि कमल नेपालीको साहसले मात्र छोएन, बुटवल सालघारीकी जुना सुनारको परिवारमा घटेको हृदयविदारक घटनाले त्यति नै विचलित बनाइरह्यो । विश्वास गर्न मुस्किल थियो, कसरी एउटी आमाले आफ्नै सन्तानको ज्यान लिन सक्छे – कुन बाध्यताले त्यति कठोर निर्ण्र्ाालिनपुगी ऊ – लोग्नेस“गको झगडाले गर्दा रिसको झो“कमा सबै छोराछोरीलाई विष खुवाई, आफू पनि मरेकी भन्ने हल्ला सबैतिर थियो । बाबु बेहोश अवस्थामा अस्पतालमा रहेका र अनुसन्धान जारी रहेकोले हल्लालाई सत्य मान्न सकि“दैन्थ्यो ।

मुस्किल भए पनि विश्वास गर्नैपथ्र्यो, किनकि चार-पा“च वर्षघि भैरहवाकै प्रतिष्ठित र सम्पन्न परिवारकी एक आमाले लोग्नेको ज्यादतीका कारण आवेशमा आई दुवै सन्तानलाई काखमा च्यापेर मट्टतिेल खन्याएर आगो सल्काइन् । आफूसमेत ती अबोध सन्तानको ज्यान लिइन् । आमा जीवनदायिनी शक्ति हो, आवेशमा आएर आफ्नै सन्तानको जीवन लिएपछि त्यस्ती आमाप्रति सबैको मनमा घृणाँ जाग्नु स्वाभाविक हो । यस्तो कार्य जघन्य अपराध हो । यस्ता घटनामा आमालाई मात्र दोषी ठहर्‍याई घटना साम्य पार्ने र सजिलै बिर्सिने परिपाटीले समाज र कानुनको कमजोरी देखाउ“छ । गरिबी होस् या घरेलु हिंसा सहन नसकेर होस्, बालबच्चासहित खोलामा हामफालेर अथवा विष सेवन गरेर आमाहरूले आत्महत्या गरेका घटना सुनिने गर्छ । तर आफैंले जन्माएका सन्तानलाई मृत्युको मुखमा पुर्‍याउन आमाहरूलाई विवश तुल्याउने कारक तत्त्वतिर न कानुनले चासो देखाउ“छ, न समाज र मानवअधिकारका पक्षपातीहरूले । नैराश्यता र रिसको आवेगमा गरिने यस्ता निर्ण्र्ाानिश्चय नै कायरतापर्ूण्ा हुन् । तर घटना घट्नु पछाडि लुकेका कारकहरूको जरो पत्ता लगाउनर्ुपर्छ ।  भविष्यमा पुनः यस्तो कतै दोहोरिन नदिन सरकार, समाज र मानवअधिकारवादीको ध्यान पुग्नु जरुरी छ ।

सोह्र-सोह्र वर्षम्म दुःख गरी हर्ुकाएर जवान बनाएका सन्तानलाई मृत्युको मुखमा धकेल्न बाध्य हुने जुना सुनारजस्ता आमा फेरि कतै नभेटिउन् । यस्ता घटनाको जरैसम्म पुगेर अनुसन्धान र विश्लेषण गरिनर्ुपर्छ ।

जुना सुनार परिवारको घटनाले धेरै बिथोल्यो ।  विस्तृत जानकारीका लागि मैले असार १४ गते बुटवलकै एकजना प्रहरी अधिकृतस“ग फोनमा कुरा गर्दा उहा“ले उक्त घटना अनुसन्धानक्रममा मृतकका घरबाट एउटा सामूहिक ‘सुसाइड लेटर’ प्रहरीको हात परेको बताउनुभयो । पत्रमा बाबु सुस्त मनस्थितिका रहेका र गरिबीका कारण जीवन धान्न गाह्रो परेकोले सामूहिक सल्लाहमा विष सेवन गरी आत्महत्या गरेको उल्लेख छ रे । पत्रमा कसैलाई कारबाही नगर्नु भनी १६ वषर्ीया छोरी पुनम, १४ वषर्ीया छोरी सोनम र ११ वषर्ीय छोरा विपिनको नाम लेखिएको पाइएको प्रहरीले बताउनुभयो । काम गरेर खान सक्ने उमेरका चारैजनाले आत्महत्या गर्न प्रेरित गर्ने शक्ति कहा“बाट आयो – के गरिबीबाट भाग्ने उपाय मृत्युमात्र हुनसक्छ – कर्म गर्न नसकेर आवेशमा मृत्यु रोज्नेलाई कमल नेपालीको साहसले धिक्कार्दैन -

जुना सुनार परिवारको कायरतापर्ूण्ा मृत्युबारे कुरा गरी फोन राखेको केही बेरमै प्रहरीले फोन गरेर हा“स्दै भन्नुभयो- “हजुरले त्यति धेरै चिन्ता लिनु पर्दैन दिदी, मकहा“ अहिले एउटी साहसी महिला आफ्ना तीन छोरीसहित न्याय माग्न आएकी छन् । उनी भन्छिन्, श्रीमानले छोरा नपाएकी भन्दै सधैं कुटपिट गर्ने, खान नदिने र दुःख दिइरहने गरेकाले पारपाचुके गराइपाउ“, म मेरा छोरीहरूलाई दुःख गरेरै भए पनि हर्ुकाउन सक्छु ।”

उहा“का कुरा सुनेर मैले ती महिलाबारे बढी नै जान्न खोजे“ । उनी रहिछन्, बुटवल क्षेत्रकै तिलोत्तमा क्याम्पसका चौकीदारकी श्रीमती विष्णु सुनार । उनका क्रमशः ८ वर्ष ६ वर्षर ५ महिनाका तीन छोरी रहेछन् । तीनै जनालाई लिएर न्याय माग्न प्रहरीको ढोकामा पुगेकी रहिछन् । उहा“ले मलाई फोनमा उनको आवाज पनि सुनाइदिनुभयो । उनको साहसलाई मैले मनमनै सलाम गरे“ र उचित न्याय दिनुहोला है भने“ । उहा“ले भन्नुभयो, “हाललाई मिलापत्र गर्राई पठाइदि“दैछु, आइन्दा पनि दुःख दिएमा उनको मागबमोजिम हुनेछ ।” सबै हिंसापीडित महिलाको यत्तिकै साहस भइदिए कमसेकम पनि हिंसाजन्य घटना हतोत्साहित हुन्थे अथवा पीडितले न्याय पाउ“थे होलान् ।

जुना सुनारको परिवारले सामूहिक आत्महत्या गर्नुको कारण गरिबीमात्रै होला – यदि हो भने यो उनीहरूको क्षणिक आवेश हो । यस्तो कठोर निर्ण्र्ााा चारैजनाको सहमति कसरी हुनसक्छ – ज्यानको माया नलाग्ने मान्छे संसारमा को

होला – अन्तिम अवस्थामा पुगेको रोगीलाई पनि बा“च्ने रहर लागिरहन्छ र चारैतिर आशाका नजर दौडाउ“छ भने ती लाउ“लाउ“-खाउ“खाउ“ उमेरका किशोरीहरूले गरिबीकै कारण मर्नुहुन्छ त – कस्तो विडम्बना – फेरि त्यतिका वर्षम्म उनीहरू कसरी हर्ुर्के, बढे र पालिए, अनि आज आएर केले निराश बनायो – आखिर के हो जीवनको मूल्य – कमल नेपालीको साहसले चुलिएको उमंग या जुना सुनारको परिवारको कायरताले भासिएको नैराश्यता -

जवाफ सिधा छ- कमल नेपालीले आज जीवनको मूल्यलाई एउटा यस्तो उचाइमा पुर्‍याएका छन्, जहा“बाट सर्त्कर्मको ज्योति जग्मगाइरहनेछ ।

 

 

 

 

 

Post a Comment

*
*