abhi subedi

एउटा मनुवा कही“ पश्चिमी जगतबाट नेपाल हर्ेन आयो । यो पत्रकार मैले मेरा अनेकौ“ पश्चिमी मित्रका विचार र चिन्ताबाट निकालेको औसत पात्र हो । त्यसैले उसलाई म छोटकरीमा औपा भन्छु अबदेखि । औपाले नेपालको राजनीतिक उथलपुथलबारे धेरै सुन्यो, पढ्यो अनि आउ“ने-जानेले बयान गरेको सुन्यो । उसले अघि पढेका र सुनेका किताबमा नेपाल पल्टाएर हेर्‍यो । अलिअलि भै“चालो गइरहेको देख्यो ती पृष्ठहरूमा । एडवार्ड सइद भन्ने प्यालेस्टिनी अमेरिकी मान्छेले प्राचीवाद -ओरिएन्टालिज्म) भनेर लेखेको अनुच्छेद फेरि पढ्यो औपाले ।

तिनले लेखेका थिए, पश्चिमी मुलुकमा प्राचीको चित्र आफूलाई मात्र मिल्ने गरी खिचिएको हुन्छ । थालमा सजाएर भोजन कसैले ल्याइदिएजस्तो प्राचीको कुरा गर्ने विद्वान्ले टक्क मिलाएर किताबमा लेखिदिएको हुन्छ त्यो । प्राची यस्तै हुन्छ, यत्ति जाने पुग्छ भनेर लेखेको हुन्छ ती किताबमा । पश्चिमबाट मानिस त्यही ज्ञान लिएर आउ“छन् यतातिर । सोझै पढेको विषय हर्ेन आउ“छन् । भेटेनन् भने भन्छन् होइन, ठ्याक्कै किताबमा लेखेजस्तै रहेछ यतातिर । कस्तो मिलाको ए त्यो लेख्ने विद्वान्ले । ती तिनका विद्वान् र पर्यटक अनि औपनिवेशिक कालका अनुसन्धाताले लेखेका अक्षरब्रह्ममा विश्वास गर्छन् । अक्षर अब चलायमान छन् । तर किताब हर्ेदाहर्ेर्दै अक्षरहरू भुइ“मा खसेर सलह जस्तो भाग्न थालेको ती देख्तैनन् । उनै किताबका ज्ञानको कलेवर चिरिएको ती देख्तैनन् ।औपाले पनि त्यस्तै प्राचीवादी धारणा पढेको थियो । हु“दाहु“दा उसले राजनीतिका पनि प्राचीवादी चिन्ता पढेको थियो । पछिल्ला शताब्दीमा पश्चिमी ज्ञानमण्डलमा कार्ल मार्क्स भन्ने मानिसले धेरै प्रभाव जमाए । औपालाई थाहा छ । त्यस्तै अर्का अस्टि्रयाली यहुदी सिग्मन्ड प|mोइडले झन् घुमाइ-घुमाइ प्रभाव जमाएको उसले पढेको थियो । अहिले पछि आएर ती प|mोइडलाई उत्तरसंरचनावादी मनोव्ौज्ञानिक प|mान्सेली जाक लका“ले अर्कै सर्न्दर्भमा जागरुक गराएको पनि पढेको थियो । औपाले आधुनिक कालका आत्मकेन्द्रित काल्पनिकी र त्योस“ग जोडिएको गाम्भर्ीय विषयमा पढेको थियो । त्यो आत्मकेन्द्रित चेतना मेरा साधु दाजुको जस्तो लाग्ने मलाई त कहिलेकाही“ । म छु र मेरा चेतना छन्, ती बोझिला छन् र जगतले त्यस्ालाई हेरोस् भन्ने उनको चिन्ता थियो । त्यो चेतनाले उनलाई धेरै गा“ज्यो भने ती डन्क्विक्जट् भन्ने किताब पढेर बहादुरी गर्न जाने मध्ययुगको स्पेनी उपन्यासको पात्र जस्ता हुन्थे । तिनले त्यस्तै यात्रा गरे । भएन भने ती खण्डित चेतनाको कलेवर लिएर अर्द्धमुदित आ“खा पार्दै र लामो सास फर्ेर्दै स्वनिर्मित तर जगतको निम्ति अदृश्य सहिद हुन्थे । अनि औपाले पढेको थियो उनीहरूका साधु कान्छादाजु जस्ता पात्रका गाम्भर्ीयहरू भत्किएर हांस्यास्पद भएका छन् त्यतातिर । तिनका एकलवादी चिन्तामा जगतले ध्यान दि“दैन । चिन्ता भने हुन्छ तर त्यस्ता चिन्ता अनेकौ“ आकारमा बनिएर बजारमा आइसकेको अवस्थाका उसले कुरा बुझेको थियो । उत्तरआधुनिक, उत्तरपु“जी नानाथरिका नाम थिए त्यस अवस्थाका । उसले जानेको थियो । त्यस विषयमा बामे र दामेका गतिला बहस पनि उसले पढेको थियो ।

उसले पढेको र बुझेको एउटा अर्को कुरा थियो । मलाई त्यसमा चाख छ । औपाले पढेको थियो माओवादी छापामारले नेपालमा युद्ध गरेको दस वर्षभयो । तिनको सफलताले भय जन्माएको समाज छ । भारततिर नक्सालवादी र छत्तीसगढका अहिलेका तिनका उत्तराधिकारीले भारतमा एउटा भय जन्माएकै छन् । नेपालमा कुनै पनि राजनीति भारतको ज्ञान र र्समर्थनबिना चल्दैन, उसले पढेको थियो । माओवादी आन्दोलनले औपा चकित परेको थियो । ऊ एकाध पटक नेपाल आएर सिनास र अरूतिर सेमिनार दि“दै हि“डेको थियो । मण्डला बुक्प्वाइन्टमा भेला हुने राजनीतिशास्त्रीलाई उसले भनेको थियो अब मैले भनेको हेरौंला, यी माओवादीलाई बन्दुकले मात्र सिध्याउन सक्छ । तिनको काल्पनिकीमा अफगानिस्तानका पहरा र खो“चमा प्रलयको आवाज निकालिरहेका विस्फोट र बन्दुकका आवाज थिए । इराकमा दिनदिनै उठेको प्रलय अग्नि अनि त्यस क्रूर ज्वालामा अनाहक ध्वस्त भएका नरनारीको चित्र थियो उस्ाको मानसमा । मध्यपर्ूवको आकाशमा उड्ने विमानका सदृशी थिए उसको मनको आकाशमा । ऊ त्यही चेतनाले प्लावित थियो । उसले मलाई सुटुक्क भनेको थियो- तिमी कविता, नाटक लेख्ने भन्छौ आफूलाई तर यसो साहित्यिक निवन्धभित्र राजनीति पनि ठोक्ता रहेछौ । सुन मेरो कुरा । माओवादी र नेपाली का“ग्रेसको मिल्ती हु“दैन । अनि यो विरोधाभास र द्वन्द्वको समाधान एक बेबीकिङ नामधारी राजसंस्था हो । ऊ गिरिजाबाबुको “ओबिचुअरी” अर्थात् मरेपछि लेख्ने शोकसङ्कथन लेख्न आएको थियो दर्ुइ वर्षघि ।

मैले भने, औपा त्रि्रो मन अलिक गडबड छ कि कसो हो । हि“ड मस“ग । म तिमीलाई बूढानीलकण्ठै मास्तिरको बिपासना गर्ने ठाउ“मा पुर्‍याइदिन्छु । म त बस्तिन तर तिमी बसेर ध्यान गर । दसै दिनको कुरा हो । ऊ चकित परेको थियो । उसले भनेको सम्भिmन्छु- म त्रि्रा समस्या समाधान गर्न आएको तिमी मेरो समस्या समाधान गर्ने भन्छौ । कुरा खाप्चे पर्‍यो । मैले कल्पना गरे“, ध्यान गर्दा यस औपाका मनका बन्दुकका गर्जन कहा“ बिलाउलान् । यसको मनका विस्फोट कसरी एकाएक निष्त्रिmय होलान् । यसको मनको आकाशमा नित्य उड्ने “सोर्टिस्” का सदृशीहरू एकाएक मध्यआकाशमा कहा“ हराउलान् र । यसका प्राचीवादी ज्ञानका उथलपुथल एक्कासि कसरी शान्त होलान् र । सोचे“, यस्ता आन्दोलित मानिसका मनको शान्ति भनेको शक्तिका सपनाका बन्दीगृहमा थुनिएको, सुनुवाइ कहिल्यै नहुने एक प्रमेथियसको नाम हो ।

औपा अहिले नेपालमा आएको छ । कुरा त्यहा“बाट सुरु भएको हो । उसले मलाई एक दिन भन्यो, तिमीले अमेरिका जाने भिसा पाएनछौ । पढेको थिए“ । मलाई कुदीले भन्यो । अब फेरि दर्खास्त दिन सक्छौ । नेल्सन मण्डेलाको अमेरिका भ्रमणमा आतङ्ककारी भनेर लागेको प्रतिवन्ध उनको नब्बे जन्म दिनको उपहार स्वरूप खोलियो । तिमीले त एकाध आपmना विचार लेखेका मात्र त हौ नि । म मिलाउ“छु ल । एप्लाई गर उ तिमी त केही पनि होइनौ नि । एउटा मास्टर न हो । मैले औपालाई केही भन्नु आवश्यक थिएन । यस्ता मानिसलाई यो भूमण्डलीकरणमा दिने उत्तर भनेको मौनता र निरपेक्षता हो । एक सक्रिय मौनता । आपmनो मुलुकलाई विश्वको आकर्षा बनाउने र बनाइरहने सामर्थ्य भएका पश्चिमी देशका सीमा लक्ष्मणरेखा हुन् । त्ार अलिक फरक । सीमान्त मानिसका ती रेखा पार गरिरहने चिन्ताले अर्को विश्वको मूल काल्पनिकीको कलेवर बनिएको हुन्छ । धेरै सोचेपछि त्यो जान खोजिएको मुलुक एक सपना, एक जादू, एक मुक्तिको भ्रम र एकल यथार्थ हुन्छ ।

औपालाई नारायणहिटी दरबार राजा ज्ञानेन्द्रलाई निकालेपछि म्युजियममा परिणत गरेको खबरले धेरै चाख लागेको छ । औपाको चाख र हाम्रो “संग्रहालय” भन्ने चाखमा ठूलो अन्तर छ । हामीले बुझेको म्युजियम र औपाले बुझेको म्युजियममा व्याख्याको अन्तर छ । इतिहास र शक्तिको व्याख्या । विषय ठूलो छ । अलिकति मैले बुझेको भन्छु । पश्चिमी औपनिवेशिक शक्तिको सैनिक सामर्थ्य उन्नाईसौ“ शताब्दीदेखि सकि“दै गयो । विश्व नियन्त्रण गर्ने सपना अब कहा“ लगेर राख्ने समस्या भयो । एर्डवर्ड सइदको प्राची अनौठा कुराले भरिएको भूखण्ड हो । अब त्यसको चित्र कसरी कहा“ राख्ने उनीहरूलाई समस्या भयो । अर्को चिन्ता जितको थियो । अनि उनीहरूले म्युजियमलाई त्यो शक्तिको केन्द्रमा परिणत गर्ने निधो गरे । त्यो यस्तो ठाउ“ भयो जहा“ आफूले छा्ड्नुपरेका साम्राज्यका मूल स्पन्दन बुझाउने वस्तु  राखिन्छन् । आफूले त्यस मुलुकमा चकचकी गरेका बिम्ब राखिन्छन् । सबभन्दा ठूलो कुरा ज्ञानको केन्द्र बनाएर फेरि अर्को शक्तिस्रोतको रचना गर्ने चिन्ता भयो त्यसमा । बनाए उनीहरूले । उनीहरूले कुरा बुझेकै हुन्, मान्नर्ुपर्छ । सङ्कलन र सङ्कथनका एकसाथ कलेवर बनिए । तर जुन ठाउ“लाई म्युजियममा ल्याउन सकि“दैन त्यसलाई त्यही ठाउ“मा राखेर स्वप्नील अनि प्राचीवादी व्याख्या गरेर राख्ने उनीहरूको चिन्ता भयो । साङ्ग्रीला भन्ने चेतना त्यही हो । जापानी भिक्षु एकाइ कावागुची सय वर्षपहिले नेपाल, तिब्बत आएको विषयमा खोजी र व्याख्या गर्ने सिलसिलामा म टोकियो विश्वविद्यालयमा हु“दा औपा पनि त्यही“ थियो । हाम्रो निकै छलफल हुन्थ्यो । कावागुचीलाई उत्तरऔपनिवेशिक चित्र विनिर्माण गर्ने हिरो भनेर मैले द ट्रेस्पासिङ इन्साइडर -१९९९) भन्ने किताब छपाए“ । औपालाई मेरो म्युजियम र शक्तिको उत्तरऔपनिवेशिक व्याख्याले यस्तो पिनास भयो कि उस्ाले त्यो किताब मेरो अगाडि पmया“किदियो । निकै काल चिठी लेखेन । तर जे होस् पढ्यो । कुरा धेरै रहेछन् म्युजियम र शक्तिका । बुभmदैछौ“ । तर नारायणहिटीलाई म्युजियम बनाउने नेपाली चिन्ता निष्पृह संग्रहालयका चिन्ता मात्र हुन् त – इतिहासकार ज्ञानमणि नेपालका कान्तिपुरका लेख मूल्यवान छन् यस ज्ञानका लागि ।

तर औपाको काल्पनिकीलाई बिर्सन सकि“दैन । हु“दैन । हाम्रा शक्तिका इतिहासमा पनि संग्रहालय शक्तिस“ग नजोडिएका होइनन् । ती शक्तिशाली र शक्ति उपासकका कथाका दृष्टिगोचर इतिहास हुन् । त्यहा“ इतिहास बङ्ग्याउने ऐतिहासिकी हुन्छन् । तिनमा सामन्ती युगका बिम्बका उहापोह हुन्छन् । सोझासादा नरनारीलाई टुलुटुलु हर्ेन लगाएर निर्मित राणा र शाह शासकका महल, उद्यान र वास्तुकलामा म्युजियमलाई लिएर औपाहरूले रचना गरेका शक्तिका सपनास“ग साम्य हुने धेरै चिज छन् । अब हामी यो म्युजियमलाई लिएर किन यति उत्तेजित छौ“ त – हामीलाई नारायणहिटी शक्तिको एक युगान्तकारी केन्द्रका रूपमा रहेको छ । हामी नारायणहिटी म्युजियमले उत्तेजित हुने कारण हाम्रो रहस्यवादको पर्दा च्यातिनुमा मात्र छ । हामी सामन्ती युगका निर्मित शक्तिरचनाका काल्पनिकीबाट पूरै मुक्त छैनौं । हामी हाम्रा सामन्ती शासकका निर्मित कलेवर, महल, मर्ूर्ति अनि उद्यानहरूले हतप्रभ हुने मनोग्रन्थीबाट पूरै मुक्त भयौ“ त – प्रश्न छन् । काठमाडौं वा नेपालमण्डलको सुन्दर परिवेशका रूख, खाली ठाउ“, उद्यान र हरितभूमि सबै सिध्याएर हामी पुराना महल र उद्यानमा गएर भन्न थालेका छौ“- लौन हामीलाई एउटा राम्रो, एकाध रूख भएको, हरियो चौर भएको अनि सास फर्ेन पाउने ठाउ“ चाहियो । त्रि्रो यो उद्यान देऊ न †

औपाले सडकमा डङ्गुर फोहोर देखेको छ । यसको अप्रिय गन्ध होटलको तेस्रो तलामा पनि थाहा पाएको छ उसले । उसका तर्क र प्राचीवादका आधार सकिएका छैनन् । नारायणहिटी संग्रहालय अहिले एउटा सम्भावना भएको भविता हो । त्यो रहस्य हो । जुन दिन त्यो पूरै खुल्छ हामी हाम्रा बदाम, पिक्निकका प्लास्टिक, परिवार नियोजनका साधन अनि पुराना अखबार लिएर हूलका हूल पस्नेछौ“ त्यहा“ । शक्तिशाली र शासक दलका मानिसले त्यहा“ भागबन्डा गर्नेछन् । केही हिसिमरू घरहरू पनि बन्लान् । रूख काटेर केही जग्गा भवन निर्माणका लागि तयार गरिने छन् । तर एक छेउमा एउटा संग्रहालय भने रहने छ । भारतीय पर्यटकको घुइ“चो लाग्ने छ । छन् सम्भावना सबै खाले ।

औपा र म बाहिर घुमेर नारायणहिटी हर्ेर्दैछौ“ । निकै महिना पहिले चुनिएको संविधानसभा अर्को एउटा ठूलो घरभित्र अनिर्ण्र्ााो बन्दी भएको छ । राष्ट्रपति र पिताका सपना यतातिर पनि उडे होलान् । उड्दै होलान् । तर यो गोरखाको राजवंशलाई हामीले खाली गराएको नारायणहिटी हाम्रा दिशाहीन शक्तिका चिन्ताको एक रूपक भएको छ । औपा र म हामीले साझा बुझेको रित्तो आकाश रेलिङभित्र नियालेर हेर्र्छौ“ ।

 

Post a Comment

*
*