राष्ट्र नअटाउने छातीहरू !
मोदनाथ प्रश्रति
निरंकुश राजतन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्र“दा लाग्थ्यो, जनताको एकता अजेय छ । नेपालमाथि अब कुनै मुलुकले बा“गो आ“खा लगाउन सक्ने छैन । तर अहिले सदनका दृश्य देख्दा लाग्छ- मानौं विभिन्न जंगलका कविला परस्पर युद्धको तयारीमा छन् । पर्ुखाहरू मिथिलाको नेमिकाननमा भेला भएर उद्घोष गर्थे- ‘वसुधैव कुटुम्बकम् ।’ लुम्बिनी र हिमाली क्ष्ँेत्रमा भेला भई बौद्धहरू आह्वान गर्दैछन्- ‘जातपात-छुवाछुतको रोगबाट मुक्त होऊ † जातीय संकर्ीण्ाताबाट माथि उठ ।’ अंग्रेजी उपनिवेशवाद विरोधी युद्ध मोर्चामा वीर योद्धा शंखघोष गर्थे- हामी बाइसे-चौबीसे सेन मल्ल आदिमा विखण्डित राष्ट्रलाई एकताबद्ध पार्छर्ाा, हिमाल, पहाड, तर्राईलाई फुट्न दि“दैनौं । कम्युनिष्ट नेता अझै पनि लाम लागेर गाउ“दैछन्- ‘मानिसको अन्तर्रर्ााट्रय जाति हुनेछ ।’
तर अहिले दलका चिन्तन र व्यवहार देख्दा लाग्छ उनीहरू पर्ुखाका विशाल चिन्तनलाई केबल भजन-कर्ीतनका विषय या ग“जडीका उडन्ते गानामात्र ठान्दैछन् । हजारौं वर्षघि हिमालको शिव संस्कृति र मिथिला संस्कृतिको घनिष्ट सम्बन्ध थियो । पाशुपत शस्त्रास्त्रले जनकका सैनिक सज्जित हुन्थे । तर्राईका गोठाला वाग्मती उपत्यकामा भरिएर गोपाल-महिषपालवंशी गणतन्त्र चलाउ“थे । मधेसका प्रत्येक संकटमा विदेह, शाक्य, कोलिय, मल्ल, लिच्छवी, कर्ण्ााटकवंशी आदिका विशाल शरणार्थी, जमातलाई हिमाल, पहाड र उपत्यकाहरूले स्थायी आश्रम दिन्थे । पहाडका गरिब, जनजाति, शोषित दासदासीलाई तर्राईले आश्रय दिन्थ्यो । तर्राई मधेसका व्यापारी-उद्यमी पहाड उक्लेर मौलाउ“दै आएका छन् । पहाडबाट तर्राई झरेर र भारतबाट भित्रिएर जग्गा जोती जीविका चलाउने साधारण किसानको दुःख र ठूला जमिनदारको हैकम पनि देशले देखेको छ । मुसलमानी आक्रमणमा भागेर पहाड उक्लने लाखौं मानिस पश्चिममा धानिन नसकी पर्ूव सिक्किम, दार्जिलिङ हु“दै आसाम बर्मासम्म फैलिएका कथा मिथ्या होइनन् ।
इतिहासदेखि वर्तमानसम्मका यी ज्यू“दा जाग्दा तथ्यतिर अहिलेका नेताको ध्यान पुग्नै छाडेको छ । उनीहरू न विगतको वास्तविकता सम्झन सक्छन् न आफ्ना अदूरदर्शी झोंक र हतार निर्ण्र्ााो बुद्धिले भविष्यमा आउन सक्ने भयंकर संकटहरूको अनुमान गर्न सक्छन् । पुष्पलाल भन्थे- मलाई नेवार नभन, मेरो जात थर नेपाली हो † सम्पर्ूण्ा जनता मेरा सगोत्री हुन् । सबै श्रमिक साथी हुन् । शोषणविहीन सशक्त नेपाल राष्ट्र मेरो लक्ष्य हो । तर पुष्पकमल ‘प्रचण्ड’ ले आ“खा चिम्लेर फर्मान जारी गरे- लिच्छवी कालभन्दा पुराना जातजाति थर र इलाकाका भुरे-टाकुरे सिंसिमे चिचिमे पालाका झन्डा -गणचिह्न) उठाऊ र आ-आफ्ना इलाकाका घेरा लगाऊ । मार्क्सले भनेको अन्तर्रर्ााट्रय जाति मिथ्या कल्पना हो । चीन, भारत, रूस, इरानजस्ता ठूला राष्ट्र सामन्ती विस्तारवादका प्रतीक हुन् । युरोपेली महासंघ मर्ूखताको जोडजाड हो । पृथ्वीनारायण र भक्ति थापाका मर्ूर्ति फुटाऊ, हिमाल-पहाड-तर्राईको अंशबन्डा लगाऊ ।
भारतमा अड्डा जमाएर बन्दुकको बलले स्थापित गरेको पुष्पकमल चिन्तन व्यवहारमा साकार हुन खोज्दैछ । बीउ रोपिसकेपछि समय क्रममा उम्रेर हर्ुकनु प्रँकृतिक नियम हो । तर इतिहासलाई उल्टो बाटोमा हिंडाउन खोजेपछि आफ्ना गर्जनपर्ूण्ा घोषणा सुल्टो बाटोमा लागेर साकार हु“दैनन् । नेकपाका संस्थापक पुष्पलालका विरुद्ध जाति र इलाकाका नारा घन्काए दर्ुइ तिहाई जनमत सजिलै आफ्नो पोल्टामा खस्छ-खस्छ, कमरेड पुष्पकमल गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति हुन्छन् हुन्छन् भन्ने चिन्तन, सल्लाह र सपना किन यति चा“डै भताभुङ्ग हुनथाले । शक्तिको बलमा जेपनि गर्न सकिन्छ भन्ने भ्रामक सोचलाई संविधानसभाका अल्पमत मधेसवादीले कसरी भीरको चिन्डो बनाउन खोज्दा रहेछन् । पहिले आफैं समस्या उठाउन प्रेरित गर्नु, समस्या जटिल रूपले उठेपछि तर्सेर झारा टराइका समाधान खोज्नु र त्यो समस्या पाकेर फुट्न थालेपछि टाउको समाएर रन्थनिनु राजनीतिका कथित शिखर नेतृत्वको विशेषताजस्तै हुन लाग्यो । २००७ मा राजा त्रिभुवनको पुनःस्थापनादेखि अहिलेको गणतन्त्र स्थापनासम्म पनि जर्ीण्ा रोग उकल्जिन छोडेन । चार महिना पुरानो फागुन १६ को ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना’ स्वीकार्ने दलीय गठबन्धनको लवस्तरो निर्ण्र्ााअहिलेको गतिरोधको गलपासो हो भन्ने कसलाई थाहा छैन -
तर्राईमा चौंतीस प्रतिशत पहाडीमूलका नेपाली भाषी जनता र तेत्तीस प्रतिशत थारू मुसलमान, धिमाल राजवंशी आदिका भावना वास्तै नगरी आफूलाई मधेसी भन्ने तेत्तीस प्रतिशत जनताको एकोहोरो आग्रहलाई स्वाभाविक रूपले अस्वीकार गर्नुपर्ने आ“ट देखाउन नसक्नुको परिणाम हो वर्तमान अनधिकृत रोस्ट्रम घेराऊ । ‘एक मधेस एक प्रदेश’ को घातक माग कुनै हालतमा नस्वीकार्ने सतसठ्ठी प्रतिशत जनताको प्रष्ट भनाइ र भावनाको पूरै बेवास्ता गरेर राष्ट्र एवं नवजात गणतन्त्रलाई संकटमा पार्न पाइन्छ -
उज्जैनवासी कवि कालिदासले दर्ुइ हजार वर्षघि आफ्नो महाकाव्य ‘कुमार सम्भवम्’ को पहिलो श्लोकमा विशाल हिमालको गौरव गाथा गएका थिए । अधिकांश अग्ला शिखर समेटेको हाम्रो हिमाली शृङ्खलालाई विश्वको शिरताल भनिन्छ र यो संसारको आकर्षा केन्द्र रहेको छ । यो नेपालको मात्र गौरव नभई दक्ष्ँिण एसियाकै जीवनको आधार हो । हिमाल र पहाडबाट निस्केका नदीले विश्वको एक चौथाई जनसंख्यालाई जीवन दिएका छन् । त्यसको विशाल जलराशिबाट निस्कने जलविद्युत् र हिमाली पर्यटनले नेपाललाई चिताइनसक्नु जुन आम्दानी दिनेछ त्यतातिर तर्राईका सभासदको ध्यान पुगेको खै – अहिले समतल भूमिको अन्न र सजिलो यात्रामात्र देखाएर निहित स्वार्थका अल्पसंख्यकको एकाधिकारमा देशलाई जकेड्ने मर्ूखता जनताले सहन सक्छन् – बहुमतका आधारमा चल्ने लोकतान्त्रिक व्यवस्थामा एउटा संघ प्रदेशले अरू जम्मै प्रदेशको बाटोघाटो निकास छेक्ने र सदासदाका लागि आफ्नै घा“टी अ“ठ्याउने आत्मघाती कदम स्वीकार्य हुन सक्छ - घामजत्तिकै र्छलङ्ग यो नेपालविरोधी माग भारतका दक्ष्ँिणपन्थी नव उपनिवेशवादीहरूद्वारा आन्तरिक रूपले प्रेरित छ । राणाकालमा नेपाललाई अन्धकारमा राखी आफ्नो स्वार्थ पूरा गर्ने भारतका अंगे्रज उपनिवेशवादीको कपटी खेलले नेपाललाई कति शताब्दी पछाडि पार्यो – ०७ देखि जनता त्यसै अंग्रेजी संस्कारले छिमेकीलाई थिच्ने भारतीय प्रवृत्तिविरुद्ध संर्घष्ारत छन् । यति लामो संर्घष्ा गरेर गणतन्त्र ल्याएको फेरि आफ्नै तर्राईलाई आफैंलाई थुन्ने दर्ुगम पर्खाल बनाउन हो -
अहिले पनि दलका नेता स्पष्ट शब्दमा समस्या समाधान गर्ने यथार्थबाटो अ“गाल्नु सट्टा फेरि पनि लटरपटर तत्कालिक समाधान निम्ति शब्द मिलाउने खेलमा लाग्नु ज्यादै दर्दनाक र लज्जास्पद हो – नेपाल चार हजार वर्षन्दा पुरानो इतिहास भएको देश । यति लामो अवधिमा पनि जनतालाई एकताबद्ध हुन नदिई अनेक किसिमका जातपात र इलाकीय भावनामा फुटाएर राख्नुमा शासक वर्गको ठूलो स्वार्थ थियो । त्यो सामन्ती राजतन्त्रलाई उखेलेर मिल्काएपछि हामी फेरि अर्काे नव सामन्तवादको जालझेल र विभाजनमा फ“स्ने – यति लामो लोकतान्त्रिक, गणतान्त्रिक संर्घष्ापछि पनि फेरि हामीले आफूलाई जानीजानी जातिवादी र इलाकावादी बन्धनले बा“धेर गतिहीन पार्ने – पच्चीस सय वर्षघि संकर्ीण्ा जातिवादबाट उम्की विश्ववन्धुत्वको मानवतावादी सन्देश दिने बुद्धको देशका मानिसले फेरि आफैं त्यही गलपासो भिर्नु जस्तो मर्ूखता के होला -
आजका विश्वको चेतनामा पनि सिङ्गो मातृभूमिलाई आफ्नो छाती र दिमागमा राख्न नसकी इलाकीय र जातिवादी भ्रममा भट्कनु आफूलाई मधेसवादी, पहाडवादी, हिमालवादी जस्ता भुरे-टाकुरे प्रवृत्तिमा खसाउनु ठूलो दर्ुभाग्य हो । जसले सबै नेपाली र सिङ्गो राष्ट्रलाई आफ्नो ठान्न सक्तैन, त्यसले राष्ट्राध्याक्ष्ँ पदको दाबी गर्नु कति हास्यास्पद हो – हामी राष्ट्रिय एकतातिर अघि बढ्ने कि फेरि कविलातन्त्रतिर र्फकने -