स्मरणः प्रीय वाइद…………॥
नयन्द्र चेम्जोङ्ग
मौना वुधुक ३ धनकुटा
हालः तेल अभिभ इजरायल ।
जुन शुखद भविष्यको अनुभुतीको कल्पना गरेर शुरु गरेको मलेसियाको यात्रा अघिल्लो दिनको कष्टकर यात्राको स्मरणले मेरो मनको अन्तरवेदनामा एउटा पिडादायक यात्राको स्मरणको बावजुद म आफ्नो भावनामा डुवेर वर्तमान र भविष्यको मेरो जीवनको गन्तव्यको योजनाहरु कोर्दै थिए हामीलाई ल्याएर राखिएको घरमा वसेका मान्छेहरुले ूचिया खाने हो ू भनेर सोधे हामीले हतार हतार ूखानेू भनेर त भन्यौ तर हामीलाई थाहा थिएन चियाको पनि पैसा तिर्नु पर्छ भन्ने कुरा । सवै नेपालीहरु संग चिया किनेर खाने पैसा नै थिएन जे जति साथमा भएका पैसाहरु थिए त्यो नेपाल देखि नै लुटिने क्रममा नै सिद्धिदै गइ रहेको थियो । यो अवस्था सम्ममा त हामी िसंगो शरिर मात्रै पुगेका थियौ । मलाई चियाको तिस्रना भन्दा पनि अलिकती भए पनि भोक मेटिन्छकी भन्ने लागेको थियो तर फेरी तेस्तै भयो हामी एक कप चियामा पनि नविक्ने भयौ हातमा आइ सकेको चिया पनि छाड्नु पर् यो । मनमा चियाको तिस्रना लिएर नै हामीलाई लिन आएको भ्यान माथि फेरी चड्यौ पौने घण्टाको भ्यानको यात्रा पछि हामी एउटा होटलमा पुग्यौ अझै पनि मलाई राम्री याद छ होटेलको नाम ूजी सेभनू थियो । हामीलाई होटलको एउटा कोठामा छाडेर त्यो भ्यान त्यस ठाउ वाट हिड्यो । जंगलको वसाई जंगलकै खुवाईले शरीर पनि जंगल जस्तै दुर्घन्धीत भै सकेको रहेछ । नुहाइ दुहाइ सफा सुघर गरे पछि यसो झ्यालबाट वाहिर चियाएर हेरेको त अहा ! कति राम्रो सुन्दर शहर ! बिचमा समुन्द्र पारी पटी सानो टापु बिचमा पानी जहाजहरु ओहोर दोहोर गरी रहेका कुनै सानो त कुनै अजंगको ठुलो कल्पना गर् यो सायद त्यो ठुलो चाही मालवाहक हुनुपर्छ नेपाल चौतारीको दोश्रो अङ्कमा मैले स्मरण गरेका मेरा श्रद्धय दाइले म सानो छदा पानी जहाजको वारेमा किम्वदन्ती जस्तै गरेर भनेका कथाहरुको झलझली याद आयो । साथीहरु बाट गाइ गुइ कुरा चल्यो हामी मलेसिया पुगी सकेको रहेछौ ।
पेनाङ्ग अत्यन्त सुन्दर ठाउँ । पारी पटी टापुमा एउटा सुपर मार्केट रहेछ ूकम्तारू मलाई अहिले समझना छैन सायद त्यो ५४ तलाको हुनु पर्छ आखा टटाउने गरी हेरी रहे त्यो घरलाई । सारै रमाइलो वस्ती रहेछ त्यो । हामी खाना खाएर व
सी राखेको थियौ २ जना नेपालीहरु आएर परिचय गर् यो हामीलाई काम लगाई दिने नै उनीहरु रहेछ खुशी लाग्यो । केही क्षणको आराम पछि नै हामीलाई त्यो साथीहरुले कामको लागि त्यही देखिएको टापुतिर लगे । हामी त अबैध बाटोबाट नै छिरेका थियौ पुलीसको डर मान्दै मान्दै बाटो लाग्यौ । ूतिमीहरु निकै भाग्य मानी रहेछौ मलेसिया छिरेका दिन देखि नै काम पायौू काम लगाइ दिन लागेको साथीहरुबाट आश्वास्वन आयो मेरो मनले मन मनै भन्यो ूभाग्यमा नभइ मलेसिया आइन्छ त ।ू घरबाट हिड्दा खेरी जे जस्तो कल्पनाको संसारमा डुवुल्की मारेर हिडे पनि गन्तव्यस्थल सम्मको संघर्षमय यात्राको दर्दनाक परिस्थितीहरु करिव करिव भुली सकेको थियौ । काम गर्ने छेउमा नै वस्ने कोठा दिएको थियो । झोला राख्यौ बेलुकी देखी काममा जानु पर्ने भयो नया ठाउँ नया काम हामीले खासै कामको चासो गरेनौ । पैसामा हामी अन्धो भएको थियौ बेलुकी खाना खाए पछि हामी काममा जान तयार भयौ रात भरी काम गर्नु पर्ने हामी तीनजना एउटै काममा भर्ती भइयो काम चाहि रातभरी तरकारी पसलमा सव्जी केलाउने रहेछ । वाहिरी देशबाट आउदो रहेछ सब्जीहरु हामी सात जना थियौ सब्जी केलाउने मात्रै रातभरी साग केलाएर वेच्यौ म घरायसी कामका खासै वानी नपरेको मान्छे धित मर्ने गरी सव्जी केलाए । विहान नौ वजे तिर काम सकिने रहेछ । काम सकेर कोठा गएको म कहिले दिउसो सुत्ने वानी नपरेको मान्छे दिन भरी निन्द्रा नलागेर राती मलाई काम गर्नको लागि एकदमै समस्या परि रहेको थियो । एउटा चाइनिज थियो उमेरमै दात झरेको दिउसो दिउसो कोठामा आएर थर्काउथ्यो वेसरी गालि गरेर जान्थ्यो । हामी केही पनि बुझ्दैनथ्यौ दिउसो दिउसो सधै गालि खान्थ्यौ । त्यो किन कराउथ्यो केही पनि थाहा पाउदैनथ्यौ । रातभरी काम गर्नुपर्ने दिनभरी निन्द्रा नलाग्ने भएको कारणले गर्दा मलाई काम गर्न एकदमै कस्ट भै रहेको थियो नै त्यसमा पनि मलाई त्यो सब्जी केलाएर वस्ने काम त्यति धेरै मन लागि रहेको थिएन । अलिकती भाषाको पनि समस्या भै रहेको थियो । लाए अराएको कामहरु नबुझ्दा पनि बेला बेलामा गालि खानै परि हाल्यो ।
एवं रितले दिनहरु धेरै लामो समय सम्म बितेन काम गर्न अलि अल्सी भयो भनेर हो कि क्याहो पाँच छ दिन काम गर्ने बितिकै साहुले पाकेको पैसा हातमा राखि दिए पछि म असमाजस्यमा परे कता कता खुशी पनि लागि रहथ्यो त्यो काम छाड्नु परेकोमा । अरु भन्दा पनि मलाई त्यो रात्री नोकरी खानलाई खासै मन थिएन । मलेसियाको पहिलो जागिर वाट समयमै हात धुनु परे पनि दुइ दिनको अन्तरालमा नै काम पाएँ एउटा साथीको सहयोगले । जागिर खाज्दै गयौ दुइ जना एउटा ठुलो बंगुर फर्म रहेछ मैले त्यती धेरै वंगुरको हुल त कहिले पनि देखेको थिइन बंगुर फर्मको छेउमा नै सानो फर्निचर कारखाना रहेछ फर्निचरमा दुइ जना बंगलादेसीहरु थिए काम गर्नको लागि जो संग मैले काम गर्नु पर्ने भयो । यता फर्ममा चाहि एक जना ताप्लेजुङ तिरको लिम्बु दाई हुनु हुन्थ्यो मलाई वेसरी माया गर्ने वंगलादेशीहरु संग काम गर्न परे पनि सुत्नको लागि चाहि त्यो दाईकोमा नै जान्थे । वरी परी वंगुरहरुको वीचमा सुत्नु पर्ने भएको कारणले मलाई त्यो ठाउको वातावरण अन्यन्तै असहज लागि रहेको थियो तर पनि मलेसिया हो पैसा कमाउन आएको रातभरी हजारौ वंगुरहरुको दुर्गन्ध र कोलाहलको बिचमा निदाउने प्रयास गर्थे । फर्निचरमा पनि अत्याधुनिक हतियार हुदो रहेछ त्याहा त काँटी ठोक्नको लागि पनि पेस्तोल जस्तो हुदो रहेछ काँटीहरु गोली झैँ लोड गरेर हान्नु पर्ने शुरुको दिनमा सिक्दा खेरी नै काटीले साहुको गाला झण्डै उडेको जागिरवाट हात धुनु चाहि परेर धन्न । काम पनि ठिकै हो तर त्यो चाइनिजले गाली चाही वेसरी गर्ने तेसले म संग कहिले नरम वोलेन सारै अपशव्द प्रयोग गरेर गालि गर्ने अहिले १२ वर्षको अवधि पछि पनि मलाइ त्यसको हिसाव लिनपाए हुन्थ्यो जस्तै लाग्छ । दश दिन जति भएको थियो काम गरेको त्यसको गालि मलाई निकै नै अपच भै राखेको थियो पाकेको पैसा लिएर हिडे फेरी त्यहा कहिले पनि काममा नफर्कने गरी । जाने कहाँ वस्ने कहा केही थाहा थिएन । फेरी पनि पहिले कै साथीहरुकोमा नै सरण लिन गए । दुइ चार दिन पछि एउटा रेण्टुरेण्ट रहेछ एकसय पाँच वर्ष पुरानो सायद नाम ुसेन्च्युरीु हो जस्तो लाग्छ । जव जव काममा लाग्थे दिनको हिसाव पहिले नै शुरु गर्थे त्यस पछि महिना वर्ष हुदै हिसाव गर्दा कम्तीमा पनि पाँच वर्षको हिसावले दंग पर्थै म ।
बास्तवमा त्यो रेष्टुरेण्ट मेरो लागि जेल जस्तै थियो । काम गर्नु पर्ने समय वेलुकी मात्रै भए पनि मेरो खाने वस्ने सवै त्यहीँ भित्र नै हुन्थ्यो । दिक्क लाग्थ्यो तै पनि पैसाको लागि हो विदेश आएको दुःख त गर्नै पर्छ भन्ने विचारले संघर्षहरु गर्ने जमर्को त गरे चारै दिनमा नै हिसाव गरेर त्यहा बाट पनी छुट्टी मिल्यो । अब तेस पछि भने मेरो मन निकै आतिन थालि सकेको थियो दुइ चार दिन काम गर् यो काम खोज्दा खोज्दै कमाएको पैसा सकि हाल्ने । पुलिसको पनि उत्तिकै डर मान्नु पर्ने । कामहरु कतै पाई रहेको थिइन हतासिएको मन लिएर बिदेशिएकोमा थोरै भए पनि मनमा पछुतो लिदै एक दिन एउटा सानो पार्कमा वसी रहेको थिए एकजना हेर्दै भद्र देखिने मानिस परै बाट म वसी राखेको ठाउमा आएर हास्दै हाल खवर सोध्यो म भ्रममा परे यो मान्छेले मलाई कहाँ चिनेछ जस्तै लाग्यो मैले पनि ूठिकै छू भनॆ । उ पनि संगै वसेर म संगै कुरा गर्न थाल्यो बडो रमाइलो संग गफ भयो चौरीमा । ूतिमीलाई काम चाहिएको छ हो ू मैले ूहोू भने ूम संग धेरै काम छ कस्तो काम गछौ ू मैले भने ूकाम जस्तो पनि गर्छु ।ू ूठीक छ काममा अहिले जाने हो ू मैेले खोजेको र चाहेको कुरा हुने भयो म दंग परे । काम हेर्न हिड्ने सल्लाह भयो उ अघि अघि म पछि पछि कामको लागि दुइ जना संगै हिड्यौ एउटा होटलमा लगेर गयो । सोचे काम त होटलमै हो की क्या हो हैन होटलबाट काम सप्लाई गर्दछ क्यार जे होस दंग थिए । होटलको एउटा कोठामा दुइजनै भित्र पस्यौ । उ आफैले ढोकाको चुकुल लाए पछी हामी दुवै जना खाटमा वसेको मात्र थियौ त्यो मान्छेले त उसले लगाएका सवै लुला फुकालेर नाङ्गै भएर म माथि अभद्र एवं असहज कृयाकलाप पो गर्न थाल्छ वा । म असमाजस्यमा परे खास के भइ राखेको छ मैले वुझ्नै सकि रहेको थिइन एकातिर काम नपाएको पिडा अर्को तिर आफुसंगै आएका साथीहरुले महिना को तलव पठाउन लागि सकेकोमा डाह मलाई असह्य नै भए सकेको थियो । सरकारी सेवामा मैले झण्डै दश वर्ष काम गरे । सरकारी सेवाको नोकरीमा मलाई कैले मोह लागेन । मैले मेरो खुवी र विवेक र संघर्षले जितेर पाएको त्यो पगरी मलाई झलझली याद आयो मेरो जो समकालीन साथीहरु थिए जसले नोकरी छाड्ने वेलामा धेरै मेरा सुभेक्ष्ाक साथीहरुले जागिर नछाड्न सल्लाह दिएको थियो उनीहरुको सुझाव र सल्लाहलाई ह्रदय देखि नै पुनस्मरण गर्दै सलाम गरे । मेरो वढ्दो महत्तकांक्षाले नोकरी त छाडे नै तर त्यस पछि विदेश यात्राको क्रममा भोग्नु परेका दुर्गती तथा असहज परिस्थितीको दुर्नियति संगको लडाइमा म आफै हार्न लागि सकेको थिए । शुरुका दिनहरुमा नै म मेरो लक्ष प्रति सफल हुन सक्दिन कि भन्ने त्राहीले म आर्जित भै सकेको थिए । जे होस म त्यहाबाट उम्किएर भाग्नको लागि त्यो हिजडासंग युद्धनै गर्नु पर् यो ठेलम ठेल भयो ढेाका खोलेर वाहिर आए पुलिसलाई खवर गरु भने आफै पन्द्रै दिनमा नेपाल फर्कने पिर फेरी त्यही पार्कमा आएर वसि राखेको थिए । त्यो मान्छे त फेरी हातमा एउटा चिसो कोकाकोला लिएर मेरो छेउमा त्यही आउछ बा कोकाकोला फ्यात्त फ्याकेर मैले नबुझिने गरी गनगनाउदै हिड्यो । तिर्खाएको शरीर मान्छेप्रति घृणा जागे पनि त्यो कोकाकोला खाइदिए । वास्तवमा त्यो दिनको घट्नाले मलाई मेरो मलेसियाको संघर्षसिल जीवन भन्दा पनि मैले मेरो जीवनमा आइपर्ने यस्तै यस्तै आत्म सम्मानमा लाग्ने चोटग्रसत दर्दनाक व्यथा तथा दुर्घट्नाहरुहरुले मेरो मन एक किसिमले आर्जित भै सकेको थियो । मन अमिलो पार्दै बेलुकी कोठामा फर्किए साथीहरुलाई केही पनि भनिन भोली पल्ट अर्कै साथिको सहयोगमा काममा गयौ दुइ दिन मात्र काममा गएको वेल्डीङ्गको काम गर्दा गर्दै फलामबाट निक्लिएको झिल्काले मैले नेपालबाट लगेको सुटको पेन्ट डरेर काम नलाग्ने नै भयो ।
मलेसिया मेरो पहिलो विदेश यात्रा भएकोले होला मैले अवस्य पनि म भन्दा अग्रज दाजुभाइहरुबाट सहयोग सद्भाव र मायाको धेरै अपेक्षा गरेको थिए उनीहरुबाट नव आगन्तुकहरुलाई उचित सल्लाह र संरक्षणको पनि आशा गरेका थिए तर त्यस्तो हैन रहेछ पुराना ले नयालाई शोषण गर्ने परिपाटी क्षेत्रीय विभेद पुर्वेली र पश्चिमेली नेपाली नेपाली वीचको श्रम शोषण यस्ता यस्ता कुराहरुबाट श्रृजित नेपाली मजदुर दाजुभाइहरुको परम्परागत शैलीले मलाई नेपाली समाजबाट कतै टाडा गएर काम गर्ने मनस्थिति भै सकेको थियो । हामी सबै नेपाली हौ हाम्रो रगत नेपाली हो हाम्रो देश नेपाल हो हामी एक दिन नेपाल जानु पर्छ हामी हाम्रो उज्जल भविष्यको लागि दुइ दिनको लागि यहाँ आएको हो भोली त्यही समाजमा गएर वाँच्नु पर्छ भन्ने भावना मैले भेटेका कुनै नेपालीहरुमा पनि पाईन एउटा विदेशी कम्पनीमा काम गर्ने मालिकले कामको विश्वास गरेको भरमा आफ्नै हैसियतका नेपाली दाजुभाईहरुलाई अमानविय दुव्र्यवहार गर्नु विदेशी संस्थाका केही फिरिङ्गीहरुले उचालेको भरमा नेपाली दाजुभाइहरुवाट भएको काम कारवाही र गल्तीलाई तिनीहरुकै इशारामा दाजुभाइहरु माथि खेलवाड तथा हस्तक्षेप गरेर फिरिङ्गीको मन जिते भने संसार जित्नेछु भनेर भ्रम पाल्ने संकिर्ण सोचाइका अवुझ नेपाली दाजु भाइ दिदी वहिनीहरुलाई मैले त्यति खैरे सल्लाह दिएको थिए र आज पनि दिन्छु पाँच वर्ष त हो नी नेपाल फर्कन पर्छ कि पर्दैन
….पर्ख ।
आदरणीय पाठक बृन्द म आज भन्दा वाह्र वर्ष अगाडिको मेरो जीवनको उचाड चडावहरुको वारेमा स्मरण गर्न गै रहेकोले मैले धेरै कुरा हरु स्मरणमा छैन कुनै तरहले म संग एउटा पाकिस्तानीको सम्पर्क भयो कामको लागि जाने भयौ सायद काम लाइ दिए वापत दुइसय रिङ्गिट तिर्नु पनेै्र सर्तमा हो जस्तो लाग्छ । त्यो पाकिस्थानी वस्ने ठाउ हेरेर आए भोली पल्ट काममा जाने सर्त भयो । ठिकै छ भोली पल्ट बेलुकी राती ९ वजे तिर काममा हिडेको बिचैमा पानी जहाजबाट ओर्लने वितिकै पुलिसले समातेर राख्यो म संग काम गरेर राखेको पैसा एक सय रिङ्गिट थियो हामी दुवै जना विच सहमती भयो पचास पचास वाडने उ पनि पैसा पाएकोमा खुशी म पनि जेल वस्नु नपरेकोमा खुशी दुवैले हात मिलायौ र विदा भयौ । मलाई पुलीसले पक्रने वितिकै त्यो पाकिस्तानी फरार भएछ रातीको झण्डै दश वजि सकेको थियो अन्तिम वस लागि रहेको रहेछ म भ्ममा परे त्यो पाकिस्तानी गै सक्यो वा मलाई कुरी राखेको छ जे होस वसमा चडे वस बाट ओर्लेर एउटा ट्याक्सी लिएर हिडे आधा वाटोमा पुगे पछि मैले मलेयु भाषामा दश रििगंट भन्नु पर्ने नजानेर छ रििगंट भनेछु क्षमा माग्दा मागदै त्यसले मेरो कुरा नै नसुनी पहिले चडेकै ठाउमा ओरालेर छ रिङ्गिट लिएर हिडयो यो सबै रमिता अर्को ट्याक्सीले हेरी रहेको रहेछ त्यसले आएर मलाई सोध्यो तेरो धर्म के हो त्यो मान्छे हेर्दै मुसलमान जस्तो थियो मैले पनि आफुसंरक्षण हुने इरादाले भने ूमुस्लीमू त्यसले खुशी हुदै अंगालो हालेर भन्यो ूत्यो ड्राइभर हिन्दु हो हिन्दु सवै त्यस्तै हुन्छ आइज त पनि मुस्लीम म पनि पनि मुस्लीम म लान्छुू भने पछि बाटोमा हामी दुवै मुसलमानहरु मीठा मीठा कुरा गर्दै गयौ । जे होस गन्तव्य पुगेर नै छाड्यौ ।
नयाँ ठाउँ काम पनि हिजो सम्म पाएको मध्य अलि नौलो किसिमको रवर कम्पनीमा जाना साथ ज्यालाको कुरा भयो । साहु चाइनिज रहेछ काम गर्ने सहमति भयो एक किसिमले रमाइलो नै लागि रहेको थियो । हप्ता हप्तामा ड्युटी वदल्नु पर्ने तर काम चाही सजिलो नै हो काम शुरु भयो । पाकिस्तानीहरु रहेछ काम गर्ने ६ जना जति । भाषा र खान्की नमिले पनि दुख सुख सहयात्री भएर काम गर् यौ हामी दुवै पक्ष विरानो मुलुकमा थियौ तै पनि बिदेशी भाषा र बिदेशी खानालाई नै मित्रताको बन्धनको गाँठो वनाएको थियौ । सारै मिल्थ्यौ मेरो दुख सुखमा वेसकन साथ दियो लाग्थ्यो विरानो मुलुकमा मैले मेरो रगत र मातृभुमी नेपाल र नेपालीहरुबाट विदेशमा पाउने माया र सहयोगको जुन अभावको आवस्यक्ता महशुस गरेको थिए त्यो पुरा पाएको छु मैले त्यति खेर एउटा विरानो मुलुकको पराइहरुवाट । मलाई अहिले पनि दुइ जनाको नाम राम्ररी याद छ एक जना अकवर र अर्को वाइद । अकवर भन्दा पनि अर्को वाइद चाहि मलाई धेरै माया गर्ने सायद त्यो चाही अली सोझो र इमान्दारी पनि थियो जस्तो लाग्छ । संसारमा जति पनि युद्ध तथा काटमारहरु हुन्छन प्राय सवै धर्म कै नाममा भएको पाइएको छ तर वाइदले जहिले पनि रगतका र मानवको नातालाई मात्र जोड दिएको पाए मैले तर किन हो त्यो वाइद हामी सँग धेरै दिन काम गरेन चाडै नै त्यो ठाउ बाट काम छाडेर गयो जाने वेलामा वाइदले मलाई एक मिनेट सम्म अंगालोमा वाधेर गालामा म्वाइ खाएर धेरै वेर आिलंगन गररे र भन्यो ू हेर यति थोरै दिनमा नै तिम्रो र हाम्रो विच यति घनिष्ट दोष्त भयो तिमी जहाँ भए पनि म तिमीलाई सधैं नै सम्झन्छु अनि मिमीले पनि सम्झ है ू मैले पनि मलिनो अनुहार वनाएर जवाफ दिएको थिए ूवाइद तिमी मेरो दाइ हो यदि तिमी जहाँ गए पनि राम्रो काम पायौ भने मलाई पनि खवर गर है म पनि तिमी सँगै काम गर्न चाहान्छु ूतर वाइद गए पछि कहिले फर्केर आएन सायद आजको जस्तो मोवाइलको जमाना भएको भए हाम्रो मित्रताको गाठो अझ धेरै कसिन्थ्यो कि धेरै लामो समय सम्म वाइदको यादले मलाई निकै सतायो । मित्रता र मायाको अगाडि कुनै भौगोलिक सिमाना जातिय विभेद सांस्कृतिक एबं भाषागत भिन्नता भन्ने कुरा गौण हुदो रहेछ । वाइद संगको क्षणिक मित्रताले मलाई यस्तै सन्देश दिएर गएको छ ।
वास्तवमै वाइद संगको वसाई र सम्वन्ध तोडिए पछि वाँकी पाकास्तानी कामदारहरुसँग मेरो सौहार्द वातावरण वन्न सकेन कहिले कामको विषयमा कहिले खानाको विषयलाई लिएर विवाद चलि रहने गथ्र्यौ उनीहरु धेरै जना र ठुलो डालिलो मान्छे पनि भएकोले म धेरै हेपिए पिडित भए वाकी निर्दयी पाकिस्तानीहरुबाट । मैले शारीरीक रुपमा पनि साच्चै फुच्चे पाएको छु उनीहरुको सामु आफुलाई । अकवर पनि उनिहरुकै लहै लहैमा लागेर म एक्लो नेपालीलाई अभद्र व्यवहार गर्न अग्रसर भै रहेको थियो । विवाद र मन मुटाव चरम विन्दुमा नै पुगी सकेको थियो कम्पनिमा अर्को एकजना पनि थियो तर उ चाही मलेसियन नै हो तर हिन्दु । वाइदको वरावरनै माया पाएको छु मैले उ वाट पनि तर त्यो माया वाइदसंगको जस्तो अन्तर आत्मा बाट प्रस्फुटन भएको माया थिएन केवल जातिय र धार्मीक आस्था र विश्वास मात्रै । उनीहरु सुतेको ठाउमा म जादिनथे अगाडि देखी हाले भने पनि मलाई घुरेर हर्थे । एक पटक म काम सकिएर मेसिनकै छेउमा विसाएर सोफामा ढल्केर वसि रहेको थिए एउटा सानो पानी खाने जगको बिषयमा म सँग निहु खोज्दै अकवर मेरो अगाडि आएर मलाई गालि गर्न थाल्यो म पनि डराएर वस्ने कुरो त भएन मैले पनि मुख मुखै लाग्न थाले त्यसले त मलाई रिसको आवेशमा सारै सानो देखेछ क्यार मेरो घाटीँ समाएर लछार पछार गर्न थाले पछि भने म त झन रिसको पारखी रिस कसरी उठाउनु पर्छ भन्ने कुरामा राम्रो सँग परिपक्क अनुभव भएको मान्छे न हुँ त्यो छ फिटको पाकिस्तानी मुसलमान मेरो आँखाको अगाडि ओझेल नै परि सकेको थियो वसेसै छेउमा सामान ओसार पसार गर्ने अन्दाजी २० के।जि। जति तौल भएको गाडा थियो उठाएर अक्वरको इहलिला समाप्त हुने गरी टाउकोमा वजारेको धन्य अकवरको अल्लाहले अकवर प्रति रक्षा गर् यो अकवर मरेन हातले छेकेछ क्यार हात भाचियो मात्रै । त्यती भए पछि मेरो रिस त मर् यो तर केही समय भित्रै म ठुलो विपत्तीमा परि सकेको थिए म अन्य पाँच जना पाकिस्तानीहरुद्धारा घेरि सकेको थिए । अक्वरको संभावित मृत्युको क्षण म तिर फर्कि सकेको थियो म भाग्न थाले उनीहरु कुदाउन थाले अकवर घाइते भएर लडि रहेको थियो उनीहरु धेरै अग्ला भएकोले मलाइ समाउन अलि अप्ठेरो भइ रहेको थियो होला तिनीहरुको हातमा लौरो पनि थियो मेरो झगडा गर्न सक्ने हिम्मत त थिएन तर जसरी हुन्छ अर्को हिन्दु साथीकोमा गएर शरण लिन सके ज्यान सम्म चाहि जोगिन्छ कि भन्ने आश सम्म चाहि थियो अन्तमा काम गर्दै गरेको साथीकोमा कुदेर सरण लिन पुगे मलाई मृत्यु संगको युद्धमा लडाइ जितेर आए जस्तै अनुभव भै रहेको थियो साथीको छेउमा आइ पुग्ने वितिकै म धेरै शक्तिशाली भै सकेको थिए उनीहरु म तिरै कुदाउदै आइ रहेको थियो त्यही मौकामा एउटा पाकिस्तानीको पेटमा एक लाति हान्न भ्याएको चाहि स्मरण छ तर त्यो मान्छे सारै ठुलो थियो सायद त्यसले मेरो वज्र थाहा पाएन होला जस्तो लाग्छ । जे होस कुटपिटको हिसावमा म नै माथि परे ।
हिन्दु साथीको रोहवरमा त्यो दिनलाई मिलापत्र भयो सबै भोली विहान कुरा छिनो फानो हुनेगरी दुइजना चाहि अकवरको हात उपचार गर्नको लागि हस्पिटल तिर लागे । म चाहि मेसिन कै छेउमा सुते । निन्द्रा परेन मलाई वाइदको याद आइ रह्यो सायद वाइद भइ दिएको भए यस्तो हुदैन थियो । भोली पल्ट साहुको सामुन्य कुराहरु भयो । सबै पाकिस्तानीहरु कामबाट निकालिने भए । अक्वर पनि भाचिएको हात वेण्डेज गरेर आएछ तर पनि मैले त्यस पछि त्यसको मनमा कुनै रिस र राग पाइन । काम गर्ने म मात्र एक्लो हुने भए । काम छाड्न परेकोमा उनीहरु धेरै नै खिन्न थिए तर म पनि खुशी थिइन मलाई त्यो दुखदाइ घट्ना भन्दा पनि जुन एउटा एक्लो बिदेशी जीवनको कस्टकर संघर्षमय यात्रामा मेरो रगत र माटोको साइनो जोडेको नेपाली दाजुभाइहरु भन्दा धेरै टाडा र फरकको मात्र मानवरुपी नाताबाट माया स्नेह र सरण पाएको थिए कष्टकर यात्राको अवधिमा नै सितल छहारीको विसौना थियो त्यो सदाको लागि टुट्न गै रहेको थियो जसको कारण थिए म । सवै जना पाकिस्तानीहरु झोला वोकेर निक्लिए मलाई लागि रहेको थियो अक्वर वोल्दैन होला तर झोला बोकेर अक्वर सिधै मेरो छेउमा आएर अंगालो हालेर आखा भरी आसु पार्दै भन्यो ूभाइ तिमी संग न त मेरो हिजो नै दुस्मनी थियो न त आज नै छ न त भोली नै हुने छ गल्ती र आवेशमा जे भयो तिमी पनि विस्र म पनि विस्रन्छु कहि कतै भेट भयो भने साथी भनेर वोलाउनु हैू भन्दै धेरै वेर अंगालोमा वाधिएर विदा भयो । जुन दिन म त्यो कम्पनीमा काम गर्न जादै थिए तिनीहरु सवै जनाले मलाई त्यसरी नै हेरेका थिए तर आज ठिक उल्टो छ उनै पाकिस्तानीहरु झोला वोकेर लाइन लागेर हिडे कामको खोजीमा मलाई फर्केर हेर्दै हात हल्लाउदै विदा भए तिनीहरु कहाँ गए कुन ठाउमा काम पाए थाहा भएन तर मेरो मनको अन्तर वेदनाले यस दर्दनाक दुखद घट्नाको वारेमा वाइदलाई चिठी लेख्ने धोको कहिले पुरा हुन सकेन जुन मैले चाहेको थिए …॥
प्रीय वाइद
धेरै धेरै माया तिमीलाई । तिम्रो र मेरो छोटो वसाईको अवधिमा हामी वीचको सामिप्यले धार्मिक सांस्कृति र भौगोलिक फरकपनको खाडल जसरी पुर्न सिकाएका थियौ त्यसलाई फेरी खाडल वनाउने दुष्कार्य तिम्रै सहपाठी अकवरबाट भएको छ यसमा म निर्दोष छु । तिम्रो मित्रताको भावनाले मलाई सराप दिने छैन तिमी जहा रह सुखी रह तर हामीलाई तिम्रो जस्तो भावनामा समर्पित रहने धेरै साथिहरुको आवश्यक्ता थियो र अनन्त सम्म रहि रहनेछ छ तिमीलाई केवल दुइ शव्द मात्र……
रगत एउटै जाति पनी फाटो यही थियो
आखिर बाठो मुङ्गलान छिर् यौ लाटो यही थियो ॥
जन्मभुमि भाषाहरु जाति फरक भए पनी
आखिर हाम्रो कर्मभुमि माटो त्यही थियो ।
आकंक्षा र विचारहरु लक्ष फरक भए पनी
आखिर हाम्रो गन्तव्य र बाटो त्यहि थियो ॥
दुइ दिनको मिलनमा धर्म जाति विसे्र पिन
आखिर तिम्रै विचार सत्य पाटो त्यही थियो ।
युगौ सम्म जोडि दिने नाता अमर भए पनी
सम्झे रगत एउटै हुन्छ खाटो त्यही थियो ॥
रगत एउटै जाति पनी फाटो यही थियो ।
आखिर बाठो मुङ्गलान छिर् यौ लाटो यही थियो ॥
अस्तुः
