बिगत लामो समय देखि नेपालको लागि बन्द रहेको इज्रायालको बैदेशिक रोजगार क्षेत्र पुन सञ्चालनमा आएको ख़बर ले यतिखेर इजरायल लगायत नेपालमा समेत ताज़ा समाचार को रूप लिएको छ  ।नेपालीहरु केयरगिभर को रुपमा इजरायल आउने क्रम तीव्र भएको बेला बिगत एक बर्ष अगाडी इजरायल सरकार ले दूतावास को अभाव को कारन देखाएर नेपालीको लागि इजरायल बन्द गरेको थियो,यद्यपि यसका पछाडी अरु थुप्रै कारण हरु लुकेका थिए।
                                                 र शायद त्यही भएर दूतावास खुलेको लामो समय सम्म पानी यस् बिषय सकारात्मक रूपमा अघि बढन सकेको थिएन ।इजरायल बन्द  भएपछि इजरायल आउनको लागि दलाल वा म्यानपावरमा पैसा बुझाएर  दिन गन्दै प्रतीक्षामा बसेका हजारौं नेपाली हरुको आशा मरिसकेका थिए। यस् ख़बर ले फेरी एकपटक उनिहरुमा खुसी को झिनो संचार गरेको छ । इजरायल आए पछि पाइने  दुःख  आफ्नै ठाउमा  छ. तर यदि इजरायल खुलेको खंडमा  नेपालीको रगत पसीना र ऋण को चर्को ब्याजमा फसेको  लाखौ डलर फिरता गर्न  सकिने संभावना  हुने थियो ।

Post a Comment

*
*