तीज र ऋषी पंचमी

हिन्दु महिलाहरुको महान चाड तीज फेरी आउदैछ

कसरी सुरु भयो त तीजको पर्व? यस विषयमा ज्योतिष पण्डितहरुका अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि श्री महादेव स्वामी पाउँ भनी मनमनै कामना गरिरहेको बेला पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाउँ भनी निर्जला व्रत बसेको हुनाले सो व्रतलाई हरितालिका तीज भन्ने गरेको पुराणमा वर्णन गरिएको छ ।

भाद्र शुक्ल पूणिर्माको तृतीयाको सो दिन माता पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसी शिवजीलाई पति पाएकोले तीजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन कुमारी केटीले पनि व्रत बस्ने गरेको देखिन्छ । स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक र आख्यानलाई आत्मसात् गर्दै साँस्कृतिक संजीवनीले ओतप्रोत छ ।

तीजमा महिलाहरु रातो पहिरनमा राम्रो राम्रो श्रीड्गार गर्ने, नयाँ नयाँ कपडा लगाउने, टाढा टाढा रहेका चेलीबेटी लिनजाने चलन र सबै जम्मा भई रमाईलो गरेर मनाउने चलन छ । बिषेश गरी बिबाहित महिलाहरुमा लोकपिय रहेपनि अबिवाहीत महिलाहरुले पनि मनाउने गरेको पाईन्छ ।

तीन दिनको यस पर्बमा पहिलो दिन दर खाने गरीन्छ । दर खाने भन्नाले आ-अफ्नो माईतिमा जम्मा भएका चेलीबेटीले राति अवेर सम्म विभिन्न मिठा मिठा खानेकुरा खाने, नाच गान गर्ने चलन छ । अनि दोस्रो दिन उपवास बसी आफ्नो नजिकको शिवालय वा मन्दिरमा जम्मा भई पूजा-आजा गर्ने संगी साथी मिली नाच-गान गर्ने र दिन भरी नै भोकै बस्ने चलन छ । अन्तिम ऋषि पन्चमीको दिन बिहानै नजिकको खोला तलाउमा बिभिन्न जडीबुटी प्रयोग गरी बिषेश स्नान गर्ने र त्यसपछी नजीकको शिवालय वा पिपलको फेदमा जम्मा भई पुजा आजा गर्ने चलन छ ।

हिन्दु महिलाहरुको तीज पर्व एक पुर्ण वैज्ञानिक प्रकृया जस्तो देखिन्छ । जसमा नाच गान, घोच- पेच, उपवास, आफ्नो पतिको लागि निराहार व्रत देखि बिषेश स्नान र पूजा-आजा पर्ने गर्दछ । एक बर्ष सम्म आफ्नो अवचेतनमा जम्मा भएका कुन्ठा र दमित भएका बिभिन्न भावनालाई गीत, नाच-गान र ब्यङ्ग्यको माध्यमबाट प्रकट गरि थोरै भएपनि तनाव वाट मुक्त हुने उपवास गरी श्रद्धा र आस्था प्रकट गर्ने बिषेश स्नान गरी शरीर शुद्ध र पूजा गरी आत्म शान्ति गर्ने जुन तिजको प्रकृया छ त्यो एकदम वैज्ञानिक र जिवन उपयोगी जस्तो देखिन्छ । आजको अति ब्यस्त र अति तनावपूर्ण जिवन गुजारिरहेका महिलाको लागि यो अति उपयोगी र अति आवश्यक देखिन्छ ।

 

 

प्रतिभाद्वारा तीज सांस्कृतिक कार्यक्रम

हिंदू नारीहरु को महान पर्व हरीतालिका तीज को अवसर पारेर कला साहित्य र संस्कृति को लागि स्थपित प्रतिभा समूह इजरायल ले एक भव्य सांस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ ।

नियमित साप्ताहिक बिदा बाहेक इजरायलमा काम गर्ने कामदारको लागि आ आफ्नो परम्परा र संस्कृति अनुसार राष्ट्रिय चाड पर्व को छुट्टी दिईंछ त्यसैले विदेश मै रहेर पनि नेपाली हरु हरेक चाड पर्व धूमधाम संग मनाउन पछि पर्दैनन तिहारमा भाई टिका  गर्ने दशैं मा आफन्त को हात को टिका लगाउने वा तीज मा दर खाने  व्रत बस्ने र नाच गान गर्ने ….
 
तीजको बेला इजरायलको मुख्य शहर तेल अभिवमा नेपाली दीदी बहिनीहरु राताम्य भएर साडी र चुरा पोते मा सजिएर नाच गान गर्दै गरेको दृश्य हामी देख्न सक्छौं, यो सांस्कृतिक मोहलाई पछ्याउदै बिभिन्न संस्था हरु ले बिगत मा पनि बिभिन्न कार्यक्रम गर्दै आएका थिए, हाम्रो समूह को भने यसपाली पहिलो प्रस्तुति हो, कार्यक्रम सेप्टेम्बर ५ तारीख शुक्रवार सांझ हागना को बेत बार्बौर सांस्कृतिक भवनमा  हुदैछ ।
प्रतिभा समूह नितांत लेखक कलाकारको सामूहिक संस्था हो त्यसैले पनि बिगत को भन्दा यसपाली को कार्यक्रम अलि भिन्न हुने कुरा समूहका अद्यक्ष सुनील संगम ले बताउनु भयो भाषण र आसन का कुराहरु लाइ अलि पर राखेर यसपाली विशुद्द मनोरंजनात्मक सांस्कृतिक प्रस्तुति मात्र पस्कने कुरा उहाले बताउनु भयो ।

prativanepal

prativanepal

हरियो चुरीको कमाल

                      तीज नज़िकिदै गर्दा इजरायल मा रहेका धेरै महिला हरुको सोच यसपाली हरियो चुरा लागाउने तीर गएको छ । टमम हातभरि  चुरा अनि नेपाली साडीको पहिरन अनि नृत्यले  तेल अभिभ तखाना अनि  पार्क क्षेत्र पुरै नेपालीमय बनेको पोहोर को दृश्य सम्झदै झापा की माधुरी काफले भन्छिन, यसपाली त हरियो चुरा नि लाइन्छ दाजै!

के हो यो हरियो चुरा,कता बाट आयो?
“फेशन नि कता बाट आउछ? आफै निस्केको नि!”छेउ मै बसेकी सुनीता थप्छिन ।

१० वर्षो उमेरदेखि चुरी बेच्दै आएकी ४० वषर्ीया खातुनले भन्छिन्, ‘पहिला-पहिला मसिना नानी र विवाह नभएका केटीले कालो चुरा लगाउ“थे भने हरियो र रातो चुरा विवाह भएकाहरूले मात्र । आजकल त बच्चा, जवान र विवाहित सबैले हरियो  लगाउ“छन् ।’

साडीमा मात्रै होइन, आधुनिक पहिरनमा समेत चुरी लगाउने चलन छ । टाइट जिन्स पाइन्ट होस् वा मिनिर्स्कर्ट लगाएका युवतीका हातमा हरिया चुरा, के विधि सुहाएको – यो फेसनलाई तपाई के भन्नुहुन्छ – म नराम्रो मान्दिन ।

दाहिने हातमा हरियो र पहेंलो गरी अर्ढाई दर्जन चुरा लगाएकी  मञ्जु रेग्मी भन्छिन् ‘बोलबमको भाकल छ त्यसैले हरियोमा पहेंलो मिसाएर लगाएकी ।’ उनकी साथीलाई ब्याइप|mेन्डले चार दर्जन हरियो चुरा उपहार दिएको प्रसंग सुनाइएन् उनले । प्रतिमा श्रेष्ठ भने लजाउ“दै थिइन् । सबै साथीले लगाएको देखेर उनले हरियो चुरा र मेहेन्दी लगाएकी रैछन् ।

फेसनका रूपमा मौलाउ“दै गएको छ हरियो चुरा । हरियो चुरीको नातालाई कसैले श्रीमान्को आयुस“ग अर्थ लगाएका छन् त कसैले सफल प्रेमको प्रतीक मानेका । फेसनकै रूपमा मात्र अर्थ लगाउनेको पनि कमी छैन । मञ्जु र्राईका अनुसार हरियो चुरा इच्छा भएका जोकसैले लगाउ“दा हुन्छ । एकल महिलाले पनि नलगाउने कुरै छैन । भन्छिन्- ‘हर्ेनुस् न नानीहरू हरियो चुरा लगाउ“दा कस्तो खुसी भएका ।’

नारी र चुराको सम्बन्ध नया“ होइन । चुरा आफैंमा नारीको गहना हो । सुन, चा“दी, तामाजस्ता धातुको रूपमा चुरा प्रयोगमा आएको हामी पाउन सक्छौं । धातुबाहेक प्लास्टिक र का“चको चुरा पनि फेसन बनेको छ ।

साउनमा प्रेमीले प्रेमिकालाई मात्र नभएर भाइले दिदीलाई, मामाले भान्जीलाई, आमाबाबाले नानीलाई किन्दिने क्रमको जुन सुरुवात यसपटक देखिएको छ, त्यो सुखद संस्कार हो । चुरा लिने र दिनेबीचको सम्बन्धमा आत्मीयता थपिएको छ । प्रेममा मायाको गाढा रङ थप्ने माध्यम पनि बनेको छ चुरा ।

हरियो चुरालाई दर्जनको पन्ध्रदेखि बीस रुपैया“सम्म पर्छ । दुवै हातमा दर्ुइ दर्जनका हिसाबले लगाउ“दा पनि साठीदेखि असी रुपैया“भन्दा माथि जा“दैन । नानीहरूको दुवै हातमा हरियो चुरीले भर्ने हो भने पनि १५ रुपैया“ले पर्याप्त हुने रैछ ।

व्यापारीहरूका अनुसार यसपटक थुप्रै युवाले प्रेमिकाका लागि हरियो चुरा किने । सुशान्त राजउपाध्याय भन्छन्, ‘युवाहरूले प्रेमिकालाई चुरी उपहार दिनु नराम्रो हो र -’

विवाहित महिलाको साउने ब्रत र पतिको आयुस“ग जोडेर कतिपय एकल महिलाले हरियो चुरी लगाउने इच्छालाई नीच मारेको देखिन्छ । समाज एवं संस्कारको मनोवैज्ञानिक त्रास र हिन भावनाले कतिपय एकल दिदी बहिनीहरू ग्रस्त पनि भएका होलान् । हरियो चुरा लगाउ“दा के ब्रि्रन्छ र – रहरलाई किन मार्नुहुन्छ, लगाउनुुस् मज्जाले । हरेक कुरालाई श्रीमान् र उनको आयुस“गै जोड्नु पर्छ भन्ने केही बाध्यता छ र -

मेरो अनुभवमा कुनै पुरुषले श्रीमतीलाई मेरो लामो आयुका लागि भोकै बस भनेको थाहा छैन । बरु आफ्नै इच्छाले वा आमा, सासूहरूको उत्प्रेरणाले तीजजस्तो कठिन बर्त बस्छन् महिला ।

फेसन र आधुनिकताका नाममा परम्परागत सामाजिक मूल्य, मान्यता र संस्कारहरूको अवमूल्य गर्नुहु“दैन । जुन संस्कार र मान्यता अव्यावहारिक छ, पीडादायी छ त्यसलाई भने त्यागौं । परिमार्जन गरौं । र, राम्रा कुरालाई निरन्तरता दिऔं ।