आक्रमणका अनेकौ रूप
आतंक र आक्रमणका अनेकौ रूप र शैलीहरु हुंदा रहेछन । बिगत लामो समय देखि हमास हिज़बोल्ला वा उग्र पलेस्तीनी बिद्रोही द्वारा आत्मघाती आक्रमण झेल्दै आएको इजरायल ले पछिल्लो पटक अनौठो प्रकारको आक्रमणको शैली अनुभव गरेको छ । “बुलद्रोजर आक्रमण” ।
सुन्दा पनि अनौठो लागने यस्तो प्रकृतिको आक्रमण दुईदुई पटक भैसकेको छ,र अझ आक्रमणकारी कुनै पश्चिम किनार वा गाजा क्षेत्र बाट लुकी छिपी आक्रमण गर्न इजरायल घुसेका आतंककारी होइनन,उनिहरु संग इजरायल को परिचय पत्र वा नागरिकता छ र उनिहरु निर्धक्क इज्रयालमा घुम्न कम गर्न पाउछन,यसो हुनुले पनि यहाको सुरक्षा अझ खतरा तर्फ उन्मुख हुदै गएको छ.यद्दपि ती आतंककारी १९६७ अघि देखि पूर्वी जेरुसलममा बस्दै आएका मुस्लिम धर्मावलम्बी (यहाँ अरबी भनिन्छ)पलेस्तीनी नै हुन जो इजरायल मै रहेर पनि यहूदी धर्म र इजरयाली अतिक्रमण वा इजरायल को बिरुद्दमा छन ।
जुलाइ २ को जस्तै जुलाइ २२ तारीख मा पनि जेरुसलेम होटल नजिक (जहा अमेरिकी राष्ट्रपतिका दावेदार बराक ओबामा मंगल्बारको इजरायल भ्रमणमा बस्ने ब्यबस्था भएको थियो) एक निर्माण कार्यका ट्रक चालकले सर्व साधारणलाई घाइते बनाऊदै 3 वटा कार र एक अटोबस दुर्घटना गरेको थियो तर यसपटक जुलाइ २ मा जस्तो कोही हताहत हुनु पाएन सो बेलाको घटना मा ३ सर्वसाधारणको ज्यान जानुको साथै दर्ज़नौ घाइते भएका थिए ।
No comments yet.









