गजल-राकेश कार्की
आफ्नै देशभित्र हराए कोही
बचाउ भन्दै रोए कराए कोही
औँला ठड्याउने बङ्गारा भाच्नेसंग
लग लग काम्दै डराए कोही
जिब्रो र मष्तिकमा अझै घाउ नै घाउ
दु:खीरहे कोही चराए कोही
उर्दी गर्ने हुकुम चलाउनेले मनपरी
पन्छाए कोही मन पराए कोही
राकेश कार्की







