हरियो चुरीको कमाल

                      तीज नज़िकिदै गर्दा इजरायल मा रहेका धेरै महिला हरुको सोच यसपाली हरियो चुरा लागाउने तीर गएको छ । टमम हातभरि  चुरा अनि नेपाली साडीको पहिरन अनि नृत्यले  तेल अभिभ तखाना अनि  पार्क क्षेत्र पुरै नेपालीमय बनेको पोहोर को दृश्य सम्झदै झापा की माधुरी काफले भन्छिन, यसपाली त हरियो चुरा नि लाइन्छ दाजै!

के हो यो हरियो चुरा,कता बाट आयो?
“फेशन नि कता बाट आउछ?आफै निस्केको नि!”छेउ मै बसेकी सुनीता थप्छिन ।

सिंगापुरमा भएका दिदी र भान्जीका लागि हरियो चुरा किन्न आएका प्रवीन र्राईले प्रेमिका सम्भिmए । भन्दैथिए, मैले त गर्ल फ्रेंडलाई अस्तिनै ३ दर्जन चुरा किनेर उपहार दिइसके ।’

त्यस्तै हङकङमा भएका साथीलाई उपहारका लागि किन्न आएकी सरिता मगरले हरियो चुराले टम्म भरिएको हात देखाउ“दै विक्रेता नसिमा खातुनलाई भनिन्- ‘यस्तै चुरी देखाऊ त ।’

१० वर्षो उमेरदेखि चुरी बेच्दै आएकी ४० वषर्ीया खातुनले भन्छिन्, ‘पहिला-पहिला मसिना नानी र विवाह नभएका केटीले कालो चुरा लगाउ“थे भने हरियो र रातो चुरा विवाह भएकाहरूले मात्र । आजकल त बच्चा, जवान र विवाहित सबैले हरियो  लगाउ“छन् ।’

साडीमा मात्रै होइन, आधुनिक पहिरनमा समेत चुरी लगाउने चलन छ । टाइट जिन्स पाइन्ट होस् वा मिनिर्स्कर्ट लगाएका युवतीका हातमा हरिया चुरा, के विधि सुहाएको – यो फेसनलाई तपाई के भन्नुहुन्छ – म नराम्रो मान्दिन ।

दाहिने हातमा हरियो र पहेंलो गरी अर्ढाई दर्जन चुरा लगाएकी  मञ्जु रेग्मी भन्छिन् ‘बोलबमको भाकल छ त्यसैले हरियोमा पहेंलो मिसाएर लगाएकी ।’ उनकी साथीलाई ब्याइप|mेन्डले चार दर्जन हरियो चुरा उपहार दिएको प्रसंग सुनाइएन् उनले । प्रतिमा श्रेष्ठ भने लजाउ“दै थिइन् । सबै साथीले लगाएको देखेर उनले हरियो चुरा र मेहेन्दी लगाएकी रैछन् ।

फेसनका रूपमा मौलाउ“दै गएको छ हरियो चुरा । हरियो चुरीको नातालाई कसैले श्रीमान्को आयुस“ग अर्थ लगाएका छन् त कसैले सफल प्रेमको प्रतीक मानेका । फेसनकै रूपमा मात्र अर्थ लगाउनेको पनि कमी छैन । मञ्जु र्राईका अनुसार हरियो चुरा इच्छा भएका जोकसैले लगाउ“दा हुन्छ । एकल महिलाले पनि नलगाउने कुरै छैन । भन्छिन्- ‘हर्ेनुस् न नानीहरू हरियो चुरा लगाउ“दा कस्तो खुसी भएका ।’

नारी र चुराको सम्बन्ध नया“ होइन । चुरा आफैंमा नारीको गहना हो । सुन, चा“दी, तामाजस्ता धातुको रूपमा चुरा प्रयोगमा आएको हामी पाउन सक्छौं । धातुबाहेक प्लास्टिक र का“चको चुरा पनि फेसन बनेको छ ।

साउनमा प्रेमीले प्रेमिकालाई मात्र नभएर भाइले दिदीलाई, मामाले भान्जीलाई, आमाबाबाले नानीलाई किन्दिने क्रमको जुन सुरुवात यसपटक देखिएको छ, त्यो सुखद संस्कार हो । चुरा लिने र दिनेबीचको सम्बन्धमा आत्मीयता थपिएको छ । प्रेममा मायाको गाढा रङ थप्ने माध्यम पनि बनेको छ चुरा ।

हरियो चुरालाई दर्जनको पन्ध्रदेखि बीस रुपैया“सम्म पर्छ । दुवै हातमा दर्ुइ दर्जनका हिसाबले लगाउ“दा पनि साठीदेखि असी रुपैया“भन्दा माथि जा“दैन । नानीहरूको दुवै हातमा हरियो चुरीले भर्ने हो भने पनि १५ रुपैया“ले पर्याप्त हुने रैछ ।

व्यापारीहरूका अनुसार यसपटक थुप्रै युवाले प्रेमिकाका लागि हरियो चुरा किने । सुशान्त राजउपाध्याय भन्छन्, ‘युवाहरूले प्रेमिकालाई चुरी उपहार दिनु नराम्रो हो र -’

विवाहित महिलाको साउने ब्रत र पतिको आयुस“ग जोडेर कतिपय एकल महिलाले हरियो चुरी लगाउने इच्छालाई नीच मारेको देखिन्छ । समाज एवं संस्कारको मनोवैज्ञानिक त्रास र हिन भावनाले कतिपय एकल दिदी बहिनीहरू ग्रस्त पनि भएका होलान् । हरियो चुरा लगाउ“दा के ब्रि्रन्छ र – रहरलाई किन मार्नुहुन्छ, लगाउनुुस् मज्जाले । हरेक कुरालाई श्रीमान् र उनको आयुस“गै जोड्नु पर्छ भन्ने केही बाध्यता छ र -

मेरो अनुभवमा कुनै पुरुषले श्रीमतीलाई मेरो लामो आयुका लागि भोकै बस भनेको थाहा छैन । बरु आफ्नै इच्छाले वा आमा, सासूहरूको उत्प्रेरणाले तीजजस्तो कठिन बर्त बस्छन् महिला ।

फेसन र आधुनिकताका नाममा परम्परागत सामाजिक मूल्य, मान्यता र संस्कारहरूको अवमूल्य गर्नुहु“दैन । जुन संस्कार र मान्यता अव्यावहारिक छ, पीडादायी छ त्यसलाई भने त्यागौं । परिमार्जन गरौं । र, राम्रा कुरालाई निरन्तरता दिऔं ।

 

प्रतिमा  र्राई 

Post a Comment

*
*