एनआरएन इजरायल को अधिवेशन हुने
सदस्यता लीन अनुरोध
बिश्व भरी छरिएर रहेका २० लाख भन्दा बढ़ी नेपाली हरु को साझा संगठन गैर आवासीय नेपाली संघ इजरायल को प्रथम अधिबेशन आउदो अगस्त २९ र ३० तारीखका दिन तेल-अवीव मा हुने भएको छ |लामो बिबाद र असमझदारी का कारण हाल सम्म तदर्थ समिति ले नै काम गर्दै आएको छ |डा.बिष्णु चापागाई अध्यक्ष्य रहेको तदर्थ समिति ले अधिबेशन समय मा गर्न नसकेको कारण अधिबेशन गरौउन को लागी डा.ध्रुव कोइराला को अध्य्क्ष्यतामा १३ सदस्यीय समिति गठन भई सकेको छ जसको पहिलो बैठक ले निर्वाचन को लागी सो तिथि मिति तोकेको हो |
आगामी अगस्त २३ तारीख सम्ममा संघको सदस्यता लीनको लागी सम्पूर्ण नेपाली लाई अनुरोध गर्दै बिभिन्न क्षेत्रमा प्रतिनिधि हरु पनी तोकेको छ जस अनुसार हाइफा,तिवेरिया,नारियामा सदस्यता बितरणको लागी सदस्यहरु केशव कुमार श्रेष्ठ र तारा प्रसाईं , अस्किलोनको लागी नबिन बस्नेत र बीआर लामा ,जेरुसेलैमको लागी सरू बराल , प्रमोद बस्नेत र डा.ध्रुव कोइराला तेल-अवीव को लागी देबेन्द्रहरी सुबेदी ,सृजना महत बानिया र ऋतू गिरी लाई जिम्मेवारी तोकिएको छ |
यसै गरी बैठकले बिगत का तीता अनुभव हरु लाई बिर्सेर आपसी समझदारी र सहमती का साथ प्रचार प्रसार लाई तीब्र पार्दै अधिबेशन सफल बनाऊन इजरायल मा रहने सम्पूर्ण नेपाली साथिहरु लाई अनुरोध गर्ने निर्णय पनी गरेको छ|