प्रवासी नेपाली को सहयोग बिना देश बन्दैन :डा.उपेन्द्र महतो
गैर आवासीय नेपाली संघ,अंतराष्ट्रीय समन्बय समिति का अध्यक्ष्य डा.उपेन्द्र महतो को इजरायल मा रहेका गैर आवासीय
नेपाली हरु ले यही जुलाइ २७ तारीख आइतवार का दिन तेलअवीव स्थित एक सभा हलमा भब्य स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरे, सोहीमा बोल्दै डा.महतोले गैर आवासीय नेपालीको सहभागिता,सहयोग र सामूहिक प्रयास बिना देश बन्न नसक्ने कुरा बताउनु भयो |गैर आवासीय नेपाली संघ इजरायलका अध्यक्ष्य डा.ध्रुब कोइरालाको सभापतित्वमा सम्पन्न सो स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै डा.महतोले पबित्र र स्पष्ट उधेश्य बोकेको गैर आवासीय नेपाली संजालले २० लाख नेपालीहरु लाई गोलबंद गर्न सफल भयको औल्याऊदै यो संगठन नेपालीहरुको छाता संगठन नभई साझा संगठन भएको बताउनु भयो |इजरायल जस्तो उच्च प्रबिधि प्रयोग गरिने मुलुकमा रोजगारी मा आउने अवसर पाउनु नेपाली हरु को लागी गर्व को बिषय भएको र यहा बाट धेरै कुरा हरु सिकेर मुलुक मा भित्राऊन सकिने संभाबना तर्फ लाग्न इजरायल मा रहेका नेपाली हरु लाई अनुरोध गर्नु भयो |”हामी संग पैसा को कुनै कमी छैन,कमी छ त केवल भावना र सोच को कमी छ,मुलुक भित्र शांति, अमन-चयन र सुशासनको ब्यबस्था गर्दै लगनी को अवसर शुरक्षित गर्न सकेमा लगानी गर्ने को ताती रहेको कुरा बताऊदै डा.महतोले बिदेश मा बसेर राजनैतिक दल र नेताहरुलाई गाली गर्नुको सट्टा आफुले प्रतक्ष्य रूपमा देश लाई केही दिन तयार रहन आव्हान गर्नुभएको थियो |
कार्यक्रममा बिशेस उपस्थिति रहनु भएका इजरायल स्थित नेपाली राजदूत महामहिम बैजनाथ थपलियाले ऍनआरऍन अंतराष्ट्रीय समंबय समितिका अध्यक्ष्य डा. उपेन्द्र महतो लाई फुल माला लगाई इजरायलमा स्वागत गर्दै डा.उपेन्द्र र आफ्नो बिचमा गुरु र चेलाको समंध भएको बताऊनु भयो,बिराटनगरमा जून कालेज मा राजदूत थपलिया पढाऊनु हुन्थ्यो,सोही कालेज को बिद्यार्थी हुनुहुन्थ्यो डा.महतो |त्यसै गरी नारी आवाज़ इजरायल की अद्क्ष्य सृजन महत बानिया को स्वागत मनतब्य र देबेन्द्र हरी सुबेदी को सञ्चालन मा सम्पन्न सो स्वागत समारोह मा गैर आवासीय नेपाली संघ अंतराष्ट्रिय समिति का सदस्य डा.लीला भंडारी,ऍनआरएन इजरायल का सस्थापक अध्यक्ष्य डा.बिष्णु चापागाई ,राजदूतावास का मिनिस्टर कौंसिलर मुक्ति नाथ भट्ट लगायत का बक्ता हरु ले डा.महतो लाई स्वागत गर्नु भएको थियो |एन आर एन इजरायल का अध्यक्ष्य डा.ध्रुव कोइराला को सभापतित्व मा संपन्न उक्त स्वागत समारोह को अंत मा उपस्थित नेपाली हरु ले एन आर एन सम्बन्ध मा राखेको जिज्ञासा को जवाफ डा.महतो ले दिनुभएको थियो |
यसै गरी सोही साझ वहां को सम्मान मा नेपाली राजदूतावास ले राजदूत को निजी निवास हर्जेलिया मा एक भब्य रात्रि भोज को आयोजना गरेको थियो,इजरायल मा कार्यरत नेपाली हरु को उल्लेख्य सहभागिता रहेको रात्रि भोज मा बोल्दै डा. महतो ले यती धेरै न्यानो स्वागत,सम्मान गर्नुभएको मा सम्पूर्ण इजरायल मा रहने नेपाली हरु लाई धन्यबाद दिदै,राजदूतावास र नेपाली कामदार को बिच मा यस्तो सुमधुर र राम्रो सम्बन्ध आफु ले अरु देश मा नदेखेको बताउनु भयो |स्वादिष्ट नेपाली खाना सहित को रात्रि भोज मा दूतावास का प्रथम सचिव कुमार राज खरेल ,सहचारी थान प्रसाद शर्मा लगायत वह हरु का परिवार हरु को उपस्थिति थियो |
इजरायल बाट
पत्रकार देबेन्द्र हरी सुबेदी
photo courtesy:arjun kumar jayaswal

