तीज -

सीता बराल

ूरम र झम तीजै आयो भन्छन्
कमाईदेउ राजै शिरफुल ।ू
हीन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकीदै छ । जन्मघरमा चेलीहरु जम्मा भएर वर्ष भरिका पिडा दुःख अनि बचनहरु गीत मार्फत पोखेर मन शान्त पार्ने दिन । तीजको ५ दिन चेलीहरुका लागि माईतको हक लाग्छ पनि भन्ने गरिन्छ ।

अहिलेको तीजको माईत नजाउ पियारी
९ सयको ल्याइदिउला राम्रो साडी
साडी पनि लाउली मीठो मीठो खाउली
तीजको मेला पनि हेर्न जाउली ।
साडी पनि लाईदैन मीठो पनि चाहिदैन
मेरो बाबा लिन आए रोक्न पाईदैन ।

जनै पूर्णिमाको लगत्तै तीजको रन्को छाएको हुन्छ चेलीहरुका मनमा । चेलीहरु माइत जाने तयारी गरिरहेका हुन्छन भने दाजुभाइ दिदीबहिनी लाई लिन जाने समय मिलाईरहेका हुन्छन् । वास्तवमा माइती पक्षले चेलीहरु प्रति गरेको प्रेम यो पर्वले देखाउछ । गाँउ पाखाु पखेरा र मेलापात भरि नै तीजको लयमा गीत गाउदै काम गरिरहेका हुन्छनः-

अरु देशका नारीहरु पुगी सके चँन्दमा
हाम्रेा देशका नारी अझै दारा घाँसमा ।
नबुझेर भन्थ्यौं हामी सिकि्र लाउन पाइएन
दासताको साङ्गो रैछ अब चाहिएन ।

यस्तै प्रकारका नारी स्वतन्त्रताका लागि गीतहरु गाइन्छन । अहिलेको सन्दर्भमा भन्नुपर्दा हामीहरु धेरै स्वतन्त्र छौं । हामीहरु हाम्रो संकुचित समाजबाट टाढा रहेका छौं । अहिले हामीहरु वास्तवमा भन्नेहो भने पर्दा पछाडीको स्वतन्त्र जस्तै भएको अवस्था छ । यस समयमा हामीहरु एकदमै संयमभ एर सोच्नुपर्ने हुन्छ । हाम्रो परिवार र समाजले हामीहरुलाई दिएको स्वतन्त्रताके दुरुपयोग गर्नुहुदैन । चरित्रले संस्कार देखाउछ भने संस्कारले चरित्र सिकाउट । त्यसैले परदेशी भूमीमा भएपनि हामै् गन्तब्य स्थान हाम्रै समाज हो । केहि समय पछि हाम्रो ठांउमा फर्कनु नै पर्छ । हामीहरु जहाँ र जस्तो स्वतन्त्र मुलुकमा भएपनि हाम्रो परिचय र चरित्र हामीसंगै रहेको हुन्छ । त्यसमा हामीले दाग लगाउन दिनुहुदैन । जसलाई विश्वास गरिन्छ त्यसमा अझ बढि जिम्मेवारी थपिएको हुन्छ भनने कहिल्यै नभूलौं । परिवार र समाजको ठूलो विश्वासले हामीहरु यहा सम्म आउन सफल भएका छौं । हाम्रो यहाँको चरित्र र व्यवहारले गर्दा महिलाहरु माथीको हेराइमा धमिलो पद आएर अब आउने दिनहरुमा हामीहरुले पाएको स्वतन्त्रतामा अर्को पिढी प्रति आशंका उत्पन्न भएर पुन बन्देज लगाउने दिन नआओस् ।

मुलुकको हरेक निती निर्माण तहमा समान सहभागिताको लागि महिलालाई ३३ होइन ५० प्रतिशत अधिकार दिइनु पर्छ । ती अधिकार कानुनमा लेखेर मात्र होइन व्यवहारमा पनि कार्वानयन हुनुपर्छ भनेर अधिकार को लडाई लडिरहेका हामी महिलाहरु आर्थिक दृष्टिकोणले मात्र नभई सुरक्षा र लैिगंक दृष्टिकोणले पनि पछाडी परिरहेका छौं ।

हिजो नारीहरुलाई घरको संघार काटेर बाहिर हिडेको र ब्यवहारमा अगाडी बढेको हेर्न नचाहने समाज सति सावित्री सीताको पवित्र चरित्रमा शंका गरेर शरीरमा आगो लगाइएको धार्मिक ईतिहास को छाप हामीहरुबाट धेरै टाढा छैन । आज त्यही समाजले समय दिएर मौका पाएं महिलाहरु पनि केही गरेर देखाउन सक्ने रहेछन् भन्ने विश्वास हामीले हाम्रा पवित्र कर्महरुबाट दिएर अझै स्वतन्त्रताको सिढी थप्न सक्छौं भने अधिकारको तडाईमा पनि सफल हुन सक्छौं ।

हामीहरुको महान पर्व हरितालिका तीजले हामीहरु माथि थपिएको जिम्मेवारी लाई पूर्णता पाओस् । समान अधिकारको हाम्रो लडाईले छिट्टै नै सफलता पाओस् । यहि नै शुभ-कामना छ ।