——————-अदुरदर्शी —————

 

 

दौडिनु पर्छ पुर्व मेचीदेखी -खुलेर पश्चिम महाकाली सम्म ।

लगाउनु पर्छ नजर कांगडा तिर – पुर्वमा तिस्ठा सम्म ।।

 

दौडेर राजा हुने दिन गय – आय दिन दुखीका घुमेर  अचम्म ।

दौडेर हुने भय दौडिन्थे पारस पनि-चेपे किनर देखी लिगलिग कोटसम्म ।।

 

बदलियो जमाना गजबले-समयसंगै दौडिनु बेस छ ।

मपाइत्वको सागरमा डुब्नु भन्दा त -दुनियाँको मनको तलाउमा उभिनु बेस छ ।।

 

डलरमा आफ्नो ओजन दांज्नु भन्दा त -बरु बेस गुन्द्रुक कै भागमा बिक्नु छ ।

ओजन छ बरु गुन्द्रुकमा राष्ट्रियताको -रास्त्रबादको अर्थ सिक्नु छ ।।

 

हेर्नु छ अघी चारहात बरु-पछाडि हेर्नु छ  १२ हात ।

अरुको गिन्ती गर्न बिर्सिय आफुले -अरुले पनि लगाउछन आफु लाई धारेहात ।।

 

अरुको नेत्रित्व नसुईकार्ने -कती अवसरबादी बानी यो ।

प्रमुख पद हात नपरे कुनै हालत -भांड भैलो गरी अन्त जाने हो ।।

 

म लाई छोडि सिकौ हामी भन्न -मपाईत्वलाई छोडिदिउं ।

खुलेर लागौ सेवा समाजमा -अवसरबाद लाई तोडिदिउं ।।

 

अरुलाई जगै नभयको सांगुरो मन तिम्रो -खै अडकल कहिले आउछ र ।

आखिर मन सबैका  त्यस्तै होलान -तिमी लाई अटाइदिने पनि को कहाँं छ र ।।

 

छोडिदेउ अरुको दोहोलो काढ्न – मच्चियर कफी गफमा ।

जातै जनाउने गरी नबाज सधैंभरी -समालेर राख आफ्नो मन बसमा ।।

 

आफ्नो हुंदो नभय उसलाई दुस्मन देख्ने -तिमी हौ खुद दुस्मन उस्को पनि ।

मात्रै बखान गर्छौ किन अरुको – हेर अईनामा मुहार आफ्नो पनि ।।

 

 

 

पुरुषोत्तम सुबेदी   बेल्जियम

 

 

 

 

पुरुषोत्तम सुबेदीका अरु रचनाहरु पनि एकै साथ प्राप्त भएका छन, ती मध्य अन्य केही तपाई यहाँ हेर्नु सक्नु हुन्छ ।
पुरुषोत्तम सुबेदीका रचनाहरु  —धन्यवाद