पौराणिक दोहोरी
दोहोरी भन्ना साथ् हामीले गाउने लोक भाकाको गीत भन्ने बुझ्छौ तर मैले यहाँ गाउँन लगेको दोहोरी भगवनाको पालामा गाउँने दोहोरिको चर्चा गर्न लागेकी छु। हामीले रामायण् पढ्दा सीता जनकपुरको राजा जनकको छोरी हून्। राजा जनकले आफ्नो सन्तान नहुँदा बारीमा जोत्दा भेटेको शीशुलाई आफ्नो छोरी बनाएको भन्ने कुरा थाहा पाएका थियौ। र उता अयोध्याका राजा दशरथले पनि आफ्नो सन्तान नहुँदा एउटा महायज्ञ लगाएर त्यहाको प्रसाद खीर रानीहरुलाई खुवाएपछी तिनै जना रानीहरुबाट सन्तान जन्मेका थिए। राम पनि कौशल्याको कोखबाट खीरकै करणबाट जन्मलिन पुगेका हुन्।
एक दिन राजा जनकको दरबारमा सात बर्षको छोरी सीताले कसैले डेक चलाउन नसक्ने धनु उचालेर धनु राखिएको ठाउमा पोत्दा राजा आश्चर्य चकित भएर दरबारको धनु जसले उचाल्न सक्छ उसैलाई छोरी दिने झ्याली। संसारका पहलमान कसैलेपनी धनु उचाल्न त के डेक चलाउन पनि
सकेनन्। त्याहा रामले पनि धनु उचाल्ने मौका पाएर धनु सजिलै उचालेर तादो चाडहाउन लाग्दा धनुनै तीन टुक्रा भएर भाचिएछ। अब रामले सीता सँग विवाह गर्ने निर्णय भयो। विवाहअको दिन रामको पक्ष बाट अयोध्याका सम्पूर्ण मानिषहरु जन्ती आएछन्। विवाहमा आएका जन्तीमध्ये एक जनाले रामको पक्षबाट यसरी सीताको पक्षलाई दोहोरिमा स्याटर हानेछन
बिधिको बीधान बिनुनै भुइबाट मानीसजति
भनी सुन्दछौ अझै आश्चर्य मनाउ कती?
बेहुली पक्षपनी के कम थिए र उत्तर फर्काएछन यसरी:-
खीर खाए हुनी पाउछन अरे जतिपनी छोरा भनी सुन्दछौ
कामै छैनरेनी दम्पत्ती हुन्या आश्चर्य यो मान्दछौ।
अस्मिता त्रिपाठी