एनआरएन इजरायल द्वारा प्रमाण पत्र बितरण तथा रात्रिभोज कार्यक्रम  

 

 

मिति २००८ २७ शनि बार सांझ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले एक बृहद रात्रिभोज को आयोजन गरि सोही संस्थाका नव निर्वाचित पदाधिकारी हरु लाइ बिजेताको प्रमाण पत्र प्रदान गर्नु का साथै सफल कार्यकाल को शुभ कामना तथा बधाई आदान प्रदानको कार्यक्रम संपन्न गरयो ।
नव निर्वाचित एन आर एन इजरायल का अध्यक्ष श्री भुवन सिंह कुंवरको सभपतित्व मा संपन्न  सो कार्यक्रम मा प्रमुख अतिथि को रुपमा नेपाली दूतावास इजरायलका मिनिस्टर कौंसिलर मुक्तिनाथ भट्ट,प्रथम सचिव कुमार राज खरेल, सहचारी थान प्रसाद शर्मा, गैर आवासीय नेपाली संघ अंतर्राष्ट्रीय समन्वय परिषद्की सदस्य डा. लीला भंडारी, संयुक्त राष्ट्र संघका डा. ध्रुव कोइराला तथा प्रमोद बस्नेत लगायत इजरायलका बिभिन्न संघ संस्थाका प्रतिनिधि हरु को उपस्थिति रहेको थियो।
एन आर एन इजरायलका सचिव दिनेश प्रसाई को सञ्चालन मा संपन्न सो कार्यक्रम लाइ नेपाली नारी आवाज़ इजरायल की सिर्जना महत ले स्वागत गर्नु भएको थियो ।

शुभ कामना आदान प्रदान तथा प्रमाण पत्र वितरण को सोही अवसरमा एन आर एन इजरायलका नव निर्वाचित महासचिव देवेन्द्र हरी सुबेदी तथा उहाका साथिहरु लाइ बिदाई कार्यक्रम पनि गरियो  ।
पत्रकार समाजसेवी तथा वौद्धिक व्यक्तित्वका रुपमा इजरायली नेपाली समाजमा स्थापित श्री सुबेदीको साथको अभाव इजरायलको प्रवासले गंभीर रुपमा महशुश गर्ने कुरा सबै वक्ता हरुले व्यक्त गरेका थिए ।
इजरायल बाट प्रकाशित नेपाली पत्रिका नेपाल चौतारीका संपादक समेत रहेका सुबेदी ले आगामी दिनहरू मा सो पत्रिका को निरंतरता को कामना गर्दै आफु संसार को जून कुनामा रहेपनि इजरायली नेपाली समुदाय र साथी भाई हरुको सामीप्यतामा सधै रहने कुरा व्यक्त गर्नु भयो ।
इजरायल का हरेक कार्यक्रम हरुको प्रस्तुतिमा उल्लेख्य भूमिका निभाउनु हुने सुबेदीले अभिव्यक्तिकै क्रममा शायद यही कार्यक्रम आफ्नो इजरायल बसाईको अन्तिम होला भन्दै गर्दा उपस्थित सबै भावुक बनेका थिए।

सो अवसर मा एन आर एन इजरायल का अध्यक्ष श्री भुवन सिंह कुंवर ले आफ्नो मंतव्य राख्दै बिभिन्न समुदाय वर्ग वा समाजको परिधिलाइ नाघेर अनि जित हार वा पद प्रतिष्ठा को अहमबाट माथी उठेर प्रवास मा रहेका सम्पूर्ण नेपाली हरुले दरिलो साथ, हात माथी हात र कांध माथी कांध राखी एक अर्काको दुःख मा साथ दिनु पर्ने र मानवताको भावः ह्रदय मा राखी आंसु पुछन सक्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।