लबुटी शेर्पा
जेरुसलायम इजरायल ।
एकचोटी सोच !
१
अरे फूल बनी फुल्न चाहानेहरु हो ।
आएर कोही राप वनी ओइलाई देला ॥
सुन खुगी वनी वाच्च्न चाहानेहरु हो ।
कतै आँशु दिई रुवाई देला ॥
एक चोटी सोच प्रेमी वनी रमाउन चाहानेहरु हो ।
धोका दिई विश्वासघात गरी देला ।
अनि जीन्दगी बनी बाँच्न चाहनेहरु हो ।
जीउदो लाश बनाई छाडी जाला ॥
२
जहाँ केही छैन
जहाँ केही छैन
जहाँ बासनाको लागि सुगन्ध छैन ।
हास्नको लागि मुस्कान छैन ।
त्यहाँ के हास्नु
जहाँ प्रेमीको लागि पे्रम छैन ।
मायाको लागि मायालु छैन ।
त्यहाँ के रोज्नु
जहाँ रम्नको लागि रहर छैन ।
गाउनको लागि गीत छैन ।
त्यहाँ के रच्नु
जहाँ टुहुरोको लागि टिठ छैन ।
पीडाको लागि आँशु छैन ।
त्यहाँ के रुनु