कबिता – ” जीवन ”

धनै धन को मात्र पनि – हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग – खेल्दो रहेछ जीवन ।।

घमन्ड र मुर्ख्याइ मा – एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको – साथी रहेछ जीवन ।।

सुखै सुखको मेसो पनि – ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि – अर्थ रहेछ जीवन ।।

हांसै हांसो मात्र पनि – हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु – मज्जा रहेछ……………………..

यो कविता पठाउनेको नाम र ठेगाना प्राप्त भएको छैन
अर्को पटक पठाउदा लेखेर पठाउनु होला धन्यबाद !

यसपछि हामी लाइ रचना को वास्तविक रचनाकार बाट यस्तो प्रतिक्रिया आएको छ

—-यहा हुनु हुन्छ कबिता चोर——

 

 

 

 

हैन है मानिस ले चोरि पनि हरेक चिज को गर्दा रहेछन । पैसा । कपडा धान चामल मुर्ती कार मोटार साइकल आदी इत्यादी चिज चोरि भयको हामीले सुनेकै थियौ । कबिता चोरेको भने हामीले पहिलो पाली मात्र सुन्दै छौ र प्रत्यक्ष रंगे हात समात्न सफल भयका छौ ।  

बडो गजब्को कुरा छ । यही ११।०९ ।२००८ मा यि दिनेस खरेल गरेका ब्याक्तिले आज भन्दा ६ महिना अगाडि  पुरुशोत्तम सुबेदी द्वारा लिखित जीवन नाम को कबिता लाई फेरी आफ्नो नाम दीइ प्रकासित् गरायका छन । नेदर ल्यान्ड को ठेगानामा माथि दीईयको मितिमा थुप्प्रै वेब साईटमा प्रकाशइत गरेका छन । हुबहु मात्रा पनि फरक नपारी चोरिको काम लतपत भने झै कबिताको अन्तिम हरफ छोडेर अरु जेउ का तेउ आफ्नो नाम बाट दुनियाँको हरेक वेब पत्रीका पठायको जानकारी भयको छ । साहित्य कला लाई नै निरुत्साहित हुने गरी अरु कसैको लेख रचना कथा निवन्द कविता आदी सामाग्री लाई वेब पेज बाट कपी गरी आफ्नो नाम कमाउने कबिता चोर् लाई संसार भरका कबी हरुले कुन रुप ले हेर्नु हुन्छ ? प्रश्न खडा भयको छ । (  के रहेछ जीवन ? पुरुशोत्तम -सुबेदी — बेल्जियम

 

 

पूर्ण कविता यसप्रकार छ

 

 

 

धनै धन को मात्र पनि – हैन रहेछ जीवन ।

 

साग सिस्नु खोले सँग – खेल्दो रहेछ जीवन ।।

 

 

घमन्ड र मुर्ख्याइ मा – एक्लो रहेछ जीवन ।

 

मेलमिलाप र सद्भाबको – साथी रहेछ जीवन ।।

 

 

सुखै सुखको मेसो पनि – ब्यर्थ रहेछ जीवन ।

 

दु:ख बिच जिऊनु पनि – अर्थ रहेछ जीवन ।।

 

 

हांसै हांसो मात्र पनि – हैन रहेछ जीवन ।

 

हांसो रोदन सँग बाच्नु – मज्जा रहेछ जीवन ।।

 

 

छांया सितल मात्र पनि – हैन रहेछ जीवन ।

 

चर्को घाम मा पसिना को – अर्थ रहेछ जीवन ।।

 

 

परापमान मात्र पनि – ब्यार्थ रहेछ जीवन ।

 

परमात्मा को संमान गर्नु – गौरब रहेछ जीवन ।।

 

 

ठुलो ठा-लु बन्न खोज्नु – ब्यर्थै रहेछ जीवन ।

 

सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।

 

 

दिनै दिन को ऊज्वल पनि – ब्यर्थ रहेछ जीवन ।

 

अंधेरी मा बिस्राम को – अर्थ रहेछ जीवन ।।

 

 

बलियो- बाङो मात्रा पनि – हैन रहेछ जीवन ।

 

निर्धो दुब्लो सँग बाच्नु – मज्जा रहेछ जीवन ।।

 

 

भरी पेट मा एक्लो बाच्नु – ब्यार्थै रहेछ जीवन ।

 

आधा पेटमा तिमी सँग – बाच्नु रहेछ जीवन ।।

 

 

 

 

पुरुशोत्तम -सुबेदी

 

बेल्जियम

 

डब्ल्यु डब्ल्यु डब्ल्यु डट संगालो डट बे मा गएर हेर्नु होला ।

प्रतिभानेपाल.कम  लाइ पुरुषोत्तम सुबेदीका अरु रचनाहरु पनि एकै साथ प्राप्त भएका छन, ती मध्य अन्य केही तपाई यहाँ हेर्नु सक्नु हुन्छ
पुरुषोत्तम सुबेदीका रचनाहरु  —धन्यवाद