गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले हिंदूहरुको महान पर्व दीपावली (तिहार)को उपलक्ष्यमा यहाँ दीपावली सांझ २०६५ नामक सांस्कृतिक कार्यक्रम को आयोजना गर्दैछ ।
विश्वभर छरिएर रहेका गैर आवासीय नेपाली हरुको संगठन एनआरएनले आ आफु रहेका राष्ट्रहरुमा यस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नेपाली कला र संस्कृति को उत्थानमा सहयोग मात्र गरिरहेको नभै नेपाली नेपालका लागी भन्ने नारा सहित लगानिका अवसर हरुको खोजी गर्ने, बिभिन्न प्रयोजनका लागी आर्थिक सहयोग जुटाउने वा राष्ट्र प्रति भावनात्मक प्रेम र एकता बढाउने काम पनि गरिरहेको छ । यो बिदेशमा बस्दै आएका नेपाली हरुको छाता संगठन हो ।
यो सांस्कृतिक कार्यक्रम एन आर एन इजरायलको निर्वाचित कार्यसमितिको पहिलो सांस्कृतिक कार्यक्रम हो । यस् अघि विजया दशमी तथा गैर आवासीय दिवस को अवसर परेर यसले खेलकूद कार्यक्रम को पनि आयोजना गरेको थियो ।
प्राप्त जानकारी अनुसार दीपावली सांझ यही अक्टोबर ३१ शुक्रबार, तेल अभिभको हागना स्थित बेत बार्बर सांस्कृतिक भवनमा सांझ ८ बजे सञ्चालन हुन गई रहेको छ ।