शरद ऋतू ! सफा अकास, स्वछ हावापानी, छंगछंग गर्दै बग्ने नीला नदिनाला, करेसा बारीमा मुस्कुराउँदै फुलेका मखमली र सयपत्रिका रंगिबिरंगी फुलहरु अनी तेस्को मज्जा लिंदै गरेका भमरा र पुतलिहरू/ सेतो कमेरो र रातो माटोले लिपेका घरका भात्ताहरू र हरियो गोबरले लिपेको भुईले घरबस्तीहरु बिबाहमा सिगारियेकी दुलईझै सुन्दर र गमक्क देखिन्छन/ फुलहरु सुगंध छर्नमै मस्त छन, तराई देखि पहाड़का तरेलिहरुमा धानका बाला लटरम्म झुलेका छन/ लाग्छ धरती पनी स्वर्गकी परीझै सिगारियेकी छ येतिखेर अनी येसलाई अझ मूर्त रूप दिन्छ हाम्रो रास्ट्रीय चाड तिहारले / पॉँच दिनको यो चाड ! पाचै दिनको आ-आफ्नै महत्वो र बिसेसता भएपनि आ-आफ्नो घर गएका दिदिबहिनीहरु एक दिनको लागी मात्र भएपनि छुट्टी मिलाएर दाजुभाई लाई टिका लगाईदिन माईत जाने टिकाको दिनलाई झनै महत्तो दीइन्छ/ दीदी बहिनी नहुने दाजूभाई र दाजुभाई नहुने दिदिबहिनिलाई भने यो दिन पीडा दायेक पनी हुन पुग्छ/
मलाई तिहारको भाई टिकाको डरले कोजाग्रत पुर्णिमाको दिनदेखि टाउको दुःखन थाल्छ/ तेसैले यो पापी तिहार कहिले नआओस भन्ने पनी लाग्छ/ किनकी मेरो बुबा हामीलाई दाजुभाई दिन नसक्नु भएकोले मृत्युसैयामा पुगुन्जेलपनी जिन्दगीमा सधै दुखित हुनुहुन्थ्यो भन्ने कुरा म राम्ररी जान्दछु/ एक मात्र छोरा को रहरले पनी उहाँका आधा दर्जन छोरीहरु भैसकेका थिए/ मुटुको घाऊ अरुलाई देखाऊन पखाल्न अनी अरुलाई हिस्सा लगाऊन नमिलेझै थियो उहाँको ब्येथा कसैलाई हिस्सा लगाऊन नमिल्ने/
सन्तानका बिसयलाई लिएर धेरै पटक बाबा र आमाको झगडा भएको म राम्ररी सम्झन्छु/ महिनौसम्म पनी उहाँहरुको बोलचाल रोकिन्थ्यो/ छोराछोरीको मस्तिस्कमा बाबुआमाको एस्तो झगडाले कस्तो असर पर्ला? या त अनुभब गर्नेहरुलाईनै थाहा होला की त मनोबैज्ञानिक लाई मात्र/ हुन त देबताका पनी सत्रु छन मानिसका सत्रु हुनुलाई अस्वभाबिक मान्न सकिन्न/ बुबाले समाजमा सबैलाई खुसी पार्न सक्नुभएन होला/ तसर्थ उहाँको आर्थिक उन्नति देखि इर्ष्या गर्ने केही मानिसहरु भन्ने गर्थे ” अपुत्रा लाई धान प्यारो” “हेर्न फलानाको तुजुक”/ अनी केही सामाजिक कार्यमा लाग्दा “कसका लागी मच्चिदो हो” भन्ने जस्ता कुरा मैले पनी प्रसस्त सुन्ने गर्थे/ त्येस्तै एकदिन एक खानदानी बुडो केटी माग्न भनी हाम्रो घरमा आएको थियो/ खानपान र कुरासुरा भयो अनी अन्त्यमा “केटी त मन पर्यो तर के गर्नु, पछि सम्म छोरालाई ससुराली हुन्न” भन्यो र गयो/ एस्ता कुरा सुन्दा त मलाई पनी बरु तिन ओटा सौता आमा माथि हालेर भएपनि एउटा भाई त यहाँ चाहिने नै रहेछ भन्ने लाग्थ्यो कती बेला भने ‘हेर न दुनिया भोली म तिमिहरुका अगाडी छोराले नसक्ने काम गरेर देखाउने छू भन्ने ईख जाग्थ्यो/
आज भाई टिकाको दिन! मेरी दिदीले खाना तयार गरिसक्नु भएको छ/ फुपुहरूले बिधिबत रुपमा दैला मा ओखर फोर्ने र तेलको रेखिले दाजुभाईलाई छेक्ने काम गरी सक्नु भएको छ/ हामी (बहिनी हरु र म) गुन्द्रीमा बसी एक टकले ती दृश्य हरु हेरिरहेका थियौ/ मेरी सानी बहिनी भने पटक पटक मलाई कोटयौदै बाबाको टपरीको मिठाई औल्यौछे/ म खल्लो हाँसो उसलाई दिदै भारी मन बोकेर बसिरहेछु./ एबंरितले टिका टाला र दानदछिडा को काम सकियो तर हामीहरुको निधार अझै खाली छ/ हरेक बर्स उहाँ हरुको टिकाटाला सकिएपछि बाबाले हामिहरुलाई दशैंको जस्तै गरी टिका लगाएर दछिडा दिनु हुन्थ्यो/ सायेद छोरीहरूले मन नदुखाऊन भनेर हुन सक्छ/ तेसैले हामी पनी दछिडा र मीठाइको आसले यथास्थानमा थियौ/
बाबा जुरुक्क उठेर बहिर जानू भयो/ मैले सोचें पिसाब लागेछ/ जेठी फुपू हतारिदै चोटामा गईन/ मैले सोचे केही भुलिछन/ येत्तिकैमा मेरी सानी बहिनिले सोधी “दीदी बाबा खोई? भोली सबै दाजू भाईले दिएको पैसा भन्दै स्कुलमा चकलेट र चुइगम खान्छ्न म संग त पैसा छैन”/ म नाजबाफ भएर गुन्द्रिको त्यान्द्रा कोटयौन थाले/ तेतिबेला मेरा आँखा रसाईसकेका थिए/ यत्तिकैमा चुलोबाट आवाज आयो ” नानी तलाई कती पैसा चाहियो? म दिउला”/ दिदीले बहिनिलाई आश्वासन दिएपछि मैले केही टाउको उठाये/ “बाबाले दिने जति दिन्छेस र?” बहिनिले फेरी थपी/ “गुथुरी! दी हल्छु नि/” चुलो बाट दिदीले फेरी भनी/ बैनिले हामीतीर औल्यौदै फेरी भनी ” अनी उनीहरुलाई चाही कसले दिन्छ नि ?” दिदीले उत्तर दी “म दी हाल्छु नि सबैलाई”/ येस्तै कुरा चल्दै थियो, बाबा पनी भित्र पस्नु भयो/ अघि हामी दीदी बहिनीका कुरा सुन्नु भयो वा येतिबेला उहाँलाई याद आयो, उहाँले हामीलाई टिका लगाईदिन थाल्नु भयो/ जति बेला उहाँका हातहरु पुसमाघ को जस्तै थरथर कपिरहेका थिए/ मलाई थाहा छ उहाँलाई के भएको छ भन्ने कुरा तर सान्तोना दिने हिम्मत थिएन मेरो/
येस्तै तरिकाले दोस्रो टिका टाला पनी सकियो/ भान्सा तयार भयो/ सबै जना खाना खाने तर्खरमा थियौ/ जेठी फुपुलाई नदेख्दा उहाँको खोजी हुन थाल्यो/ मैले उहाँ चोटामा जानू भएको कुरो बतायें/ बाबा बोलाऊन जानू भएको थियो तर छिट्टै फर्कनु भएन/ तेस्पछि हामी सबै चोटामा गयौ/ दुबैजना रुदै गर्नु भएको थियो/ कुरो भुझ्दा फुपू मेरो बुबाको अबस्था देखेर रुनु भएको रहेछ/ “के गर्छस त बाबै अर्को बिहे गर भन्दा मान्दैनस, दुःख पाउने भइस बुडेसकालमा…” फुपुले सुक्क सुक्क गर्दै एती भनी नसक्दै बाबाले थप्नु भयो ” हुनदे मेरो भाग्यमा भएत उ पनी जन्माऊथी होली नि! येसकी आमा, उ पनी त रहर नै गर्छे छोराको!”/ फुपुले फेरी थप्नु भयो “हेर! येस्ता येस्ता चाडबाड आउछन येतिका छोरीहरुको हात खाली हुन्छ, भोली सात पुस्ता सम्म खाने मामली निमिटान्य हुन्छ भांजाभांजी हरुलाई…” फुपुका कुरा नसकिदै घरमा जम्मा भएका सबै जना रुन थाले/ मैले पनी पन्ध्र दिन अघिदेखि गरौ र बोझिलो भएको टाउको हलुका र छर्लन्ग हुने गरी धोको फुकाएर रोयें/
देस, सहर सदन, सेमिनार र समाजमा जतिसुकै लैंगिक समानताका कुरा घन्किदै गरेता पनी छोराको अभाबमा बल्ने आगो यथास्थानमा दन्किदै रहेको छ/ यसलाई घिउ थप्ने काम भने सामाजिक रुदिबादी संस्कृति, हिंदू संस्कार अचेतना, लैंगिक असमानता, इत्यादिले गरिरहेको छ/
अन्जु ढकाल, खोलोन, इजराएल
2 Comments
oh i like this. i hope so in a coming days it will b continue.our culture n our sociaty is soooooo………..
anyways thank again 2 anju ji
nanu maile aanjanma bahine banaye pani aaja timro katha padepachi birakta lagyo ra sochchu maile rarmro gaechu timilai bhaini banayera maan sano nagara yo samaj nai yestai chha pitrisatatmak.ra mabhagawan sangha prathana garchu ki malai 7 juni samma timiro dai huna pau.