गजल -बसन्त मोहन अधिकारी यूएई
नेपाली छोरा नेपालको शान बुद्धको नाममा ।
जन्मेर तिमीले रुवाई धर्ती के पायौ युद्धमा ।
ऐया र आथ्थु ! मेरनी बाबा मरेनी हे आमा !
त्यो तिम्रो कामले सुन्दैछु मैले रोदन यो घरमा ।
जन्मेर तिमीले रुवाई धर्ती के पायौ युद्धमा ।
न खान्छौ मासु न लाउँछौ छाला न टेक्छौ यो हड्डी
गरेर हत्या मारेर मानव के पाउँछौ जीवनमा
जन्मेर तिमीले रुवाई धर्ती के पायौ युद्धमा ।
हानेर गोली नखेल होली मानवको रगतमा
जाने हो सवै छाडेर देह जीवनको अन्तमा ।
जन्मेर तिमीले रुवाई धर्ती के पायौ युद्धमा ।