
इजरायलमा डा भरत राउत द्वारा स्वास्थ्य जीवनशैली बिषयक अंतर्क्रिया कार्यक्रम
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायल को आयोजनामा गत शुक्रबार १२ तारीख इजरायल को तेल अभिभ मा स्वास्थ्य सम्बन्धी एक अंतर्क्रिया कार्यक्रम संपन्न भयो, कार्यक्रम मा काठमांडूस्थित नर्भिक इंटरनेशनल हस्पिटल का कार्यकारी निर्देशक तथा कार्डियोलोजिस्ट डा भारत राउत ले “स्वस्थ जीवनशैली” बिषय मा प्रकाश पार्दै मानिस का मानसिक र शारीरिक तनाव का कारण हरु र समाधान का उपाय हरु का बारेमा ब्याख्या गर्नु भएको थियो ।
सो अंतर्क्रिया मा उहाँले आरोग्य जीवन का जीवन का निमित्त र आशीर्वाद को भूमिका अत्यन्त महत्वपूर्ण रहने कुरा बताउनु भएको थियो सोही क्रम मा उहाँले तनाव निवारण र व्यवस्थापनकालागि संतुलित भोजन ,व्यायाम ध्यान तथा योग, खेलकूद , संगीतका साथै यौन र विचरणको आवश्यकता हुने कुरा औल्याउनु भएको थियो ।

करीब ३० जन को सहभागिता रहेको उक्त स्वस्थ्य अंतर्क्रिया कार्यक्रम इजरायलको तेल अभिभ स्थित मेशिला को कार्यालय मा संपन्न भएको थियो कार्यक्रम मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायल का अध्यक्ष श्री भुवन सिंह कुंवर ले उपस्थित सहभागी हरु लाइ धन्यबाद ज्ञापन गर्नु का साथै डा राउत लाइ प्रशंशा पत्र
दिनु भएको थियो ।

One Comment
prativa.com malai ramroo lagyo. wish you all the best. http://WWW.PRATIVANEPAL.COM .