प्रतिभा समूह का अध्यक्ष तथा गीतकार साहित्यकार श्री सुनील संगम अंतर्राष्ट्रीय नेपाली साहित्य समाज द्वारा प्रकाशन हुन गैरहेको अंतर्राष्ट्रीय त्रैमासिक पत्रिका अंतर्दृष्टिको संपादक मंडलमा चुनिनु भएकोमा प्रतिभा नेपाल डट कम परिवार बधाईका साथै कार्यकाल को सफलताको लागी हार्दिक शुभ कामना व्यक्त गर्दछ ।
अंतर्राष्ट्रीय नेपाली साहित्य समाज विश्वभर छरिएर रहेका नेपाली श्रष्टा हरुको साहित्यिक मंच हो, अंतर्दृष्टि मा तपाई पनि आफ्ना लेख रचना हरु प्रकाशित गर्न सक्नु हुन्छ ।
रचना पठाउने ईमेल ठेगाना
1.poudelprakash575@hotmail.com
2.gyawalinp2002@yahoo.com
*रचना पठाउदा निम्न कुरा मा बिशेष ध्यान दिनु हुन अनुरोध छ *
- रचनाहरु १५ जनवरी २००९ सम्म सम्ममा आइपुग्नु पर्नेछ ।
-रचनाको साथ मा स्रस्टा ले आफ्नो बर्तमान ठेगाना र संपर्क को लागि ईमेल अथवा फोन नम्बर प्रस्ट सँग खुलाउन अनुरोध छ
- प्राप्त साहित्यिक रचनाहरु प्रकाशन सम्बन्धी सबै अधिकार सम्पादक मण्डलमा सुरक्षित हुनेछ ।
- अप्रकाशित लेख / रचनाहरु लेखकलाई फिर्ता नगरिने भएकोले प्रतिलिपी आफ्नो लागि सुरक्षित राख्न अग्रीम जानकारी गराइन्छ ।
- आवश्यक परेमा लेख / रचनाहरुमा सामान्य परिमार्जन गर्न सकिनेछ ।
- रचनाहरु प्रिती फन्टमा टाइप गरेर पठाउनुपर्नेछ । रचनासँगै टिफ फर्म्याटमा आफ्नो फोटो पठाउन नबिस्रनु होला ।
- लेख रचनाहरु ब्यक्तिगत आक्षेप ,राजनीतिक आरोप तथा जतिय र क्षेत्रीय बिबाद सिर्जना नगर्ने खालको हुनुपर्नेछ ।
-नेपाल बहिर बस्नुहुने स्रस्टा को हकमा,स्रस्टाले आफू बसेको मुलुकमा भएका साहित्यिक गतिबिधि,बिभिन्न कार्यक्रम को
समीक्षा र विश्लेषणलाई प्राथमिकता दिइनेछ ।
अन्तर्दृस्टी को लागि
अतिथी प्रधान सम्पादक – डा दुबसु छेत्री
प्रधान सम्पादक – प्रकाश पौडेल माइला
सम्पादक मन्डल
१ ध्रुब थापा(अमेरिका )
२ प्रोलयस सिन्धुलीय(नेपाल)
३ सुनिल सँगम्(इजरायल्)
४ दिनेश राज ग्यवाली (जापान)
५ पशुपति कर्माचार्य(न्युजिल्यन्ड)
६ मोती चम्लिङ्(हङ्कङ)
७ नम्रता गुरागाईं (अमेरिका )
८ मोहम्मद जाकिर हुसेन(नेपाल)
९ भिश्म सुबेदि(जापान)
सल्लाहकार सम्पादक
१ बैरगी काईंला
२ डा तरानाथ शर्मा
३ होमनथ सुबेदी
४ डा बेन्जु शर्मा
५ डा राम दाँयाल राकेश
६ प्रा राम कुमार पाण्डे
७ सुमन तिम्सिना
८ डा कुमार बस्नेत
९ कृष्ण बजगाईं
१०सुरेन्द्र अस्तफल