मिति २००९ ०१ ०२ तारीख शुक्रबार इजरायल को तेल अभिभ मा लेखक साहित्यकार तथा साहित्य प्रेमी हरुको एक सामूहिक भेला बसी नेपाली भाषा साहित्यको प्रचार प्रसार गर्दै विश्व सामू चिनाउनुका साथै प्रवासमा रहेर नेपाली साहित्यमा थप योगदान पुरयाउने उद्देश्यका साथ अंतर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टर गठन गरिएको छ ।

सो भेलाबाट च्याप्टर का अध्यक्षका रुपमा गीतकार/साहित्यकार सुनील संगम चुनिनु भएको छ। उहाँ अंतर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) द्वारा प्रकाशित हुने पत्रिका अंतर्दृष्टि का अंतर्राष्ट्रीय संपादक पनि हुनुहुन्छ अनेसास इजरायलका अन्य पदाधिकारी हरुमा नवराज आचार्य -उपाध्यक्ष कृष्ण थापा -महासचिव हरी मानन्धर -सचिव सीता बराल कोषाध्यक्ष तथा सदस्य हरुमा कला कोयु राई, सुमन कार्की, शंकर पौडेल र मालती ताम्राकार हुनु हुन्छ भने सल्लाहकार हरुमा दिवाकर अधिकारी र अधिवक्ता श्याम रोक्का रहनु भएको छ ।
सोही दिन बसेको अनेसासको बैठक लाइ संबोधन गर्दै अध्यक्ष सुनील संगमले आगामी दिनहरुमा इजरायलमा रहेका साहित्य सर्जक हरुलाई समेट्दै अनेसास इजरायल च्याप्टरको साहित्यिक गतिबिधि हरुलाई सक्रियताका साथ लैजाने कुरा व्यक्त गर्नु भयो ।

One Comment

  1. Nepali sahitya lai bidesha ma chhariyara baseka hami pida Batha Bedana boki baseka hami le Aatama Betha pokhane thau baneko sunna pauda direct sahabhagi navaya pani dherai khusi lagyo.Tapai haruko pragatiko lagi suvakamana chha.Aagami dina haru ma pragati gareko news herna lagayata sunna pau.Thank you.LALIT


Post a Comment

*
*