badhai नया बर्ष सांस्कृतिक तथा सम्मान सांझ २००९ इजरायलमा सम्मानित हुनु भएका प्रतिभा समूहका लेखक तथा कलाकार हरुलाई प्रतिभानेपाल परिवार हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दछ ।

1bijay-dai

नेपाली नारी आवाज़ इजरायल द्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका स्वदेशी तथा विदेशी गरि जम्मा १४ जना व्यक्तित्व हरु लाइ सम्मान गरिएको थियो । जसमध्य व्यक्तिगत रुपमा सम्मानित हुनु भएका कलाकार विजय विष्ट , चुनु बानिया, देवकी ढकाल तथा लेखक कृष्ण थापा प्रतिभा समूह संग आबद्ध हुनु हुन्छ ।अन्य सम्मानित हुने हरुमा नेपाली राजदुताबासका प्रथम सचिब कुमार खरेल, नेपाली कामदार सहयोगी मंचका अध्यक्ष भुवन सिंह कुवर, मिसिलाकी माया पेगेल, काभ्ला ओभेदका आन सुची र दान कुपर, रेप क्राइसिस सेन्टरकी इरिस लेभि, फिजिसियन फर ह्युमन राइट्सकी एआर बुलुम्बर्ग, हटलाइन फर माइग्रेन्ट वर्करकी एमी सार, न्यायीक संसारकी अभिताल सिम्रन, सिस्टर अर्गनाइजेसनकी आर्ना पुनडाक हुनुहुन्छ।

 

  chunu

साथै यसै संस्थाका अध्यक्ष सुनील संगम अनेसास द्वारा प्रकाशित अंतर्दृष्टिको अंतर्राष्ट्रीय संपादकका साथै अनेसास इजरायल च्याप्टरको अध्यक्ष पदमा चुनिंनु भएकोमा पनि प्रतिभानेपाल तथा प्रतिभा समूह परिवार हार्दिक बधाई तथा सफलताको शुभ कामना व्यक्त गर्दछ ।

 

               अनेसास इजरायलमा प्रतिभा समूहकै कृष्ण थापा महासचिव, सीता बराल कोषाध्यक्ष, कला कोयु राई सदस्य हुनु हुन्छ । नव गठित अंतर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायल च्याप्टरलाइ नेपाली साहित्य श्रष्टाहरु डा कुमार बस्नेत, डा दुबसु क्षेत्री, पूनम क्षेत्री, प्रकाश माइला, ध्रुव थापा लगायत अनेसासको केन्द्रीय कमिटीबाट छुट्टाछुट्टै बधाई तथा शुभ कामना संदेशहरु प्राप्त भएका छन र यो क्रम जारी छ ।

 

 

3devki-di

नया बर्षको आगमन संगै हामीमा छाएको यो खुसी र गौरवमा हाम्रा सहकर्मीहरुले अझ उचाई थप्दै जानु हुनेछ भन्ने अपेक्षा सहित हाम्रा सबै पाठक तथा शुभ चिन्तकहरुप्रति कृतज्ञताका साथै तपाईहरुको माया साथ र सहयोग यसरी नै निरंतर प्राप्त भैरहने छ भन्ने आशा गर्दछौं ।

2krish

प्रतिभा समूह तथा
प्रतिभा नेपाल.कम परिवार

Post a Comment

*
*