
टोकियो, जनवरी ११
अन्तरराष्ट्रिय साहित्य समाज जापानले पाँचौ साहित्य श्रृंखला अन्तर्गत बरिस्ठ साहित्यकार स्वर्गिय रमेश बिकलको स्मरणमा श्रद्दान्जली सभाको आयोजना गर्यो ।
टोकियोको ओमोरी स्थित सेइयु भवनमा अयोजित उक्त समारोह नेपाली दुताबश टोकियोका उपनियोग प्रमुख तथा साहित्यकार डा.
दुर्गा सुबेदी छेत्री, शान्ती तथा लोकतान्त्रीक नेपाली मन्च जापानका अध्यक्ष भुशण घिमिरे, गैर आवाशिय नेपाली संघ जापानका कोशध्यक्ष शालिकराम भण्डारी, जापान स्थित नेपाली राजनैतीक पार्टीका भात्री संगठनका प्रतिनिधिहरु महेश कुमार श्रेष्ठ(जन संपर्क मन्च), सुर्य प्रशाद पाठक ( नेकपा एमाले प्रबाश कमिटी ), समुद्र पारी वेब पत्रीकाका प्रधान सम्पादक तिलक मल्ल, सितार समाज जापानका सुस्मा ओमाता , माझेरी डट कमका प्रधान सम्पादक कुमार बाबु सिम्खडा, मगर समाजका गम जुग्लाली मगर आदिको आतिथ्यमा मृत आत्माको चीर शान्ती को कामनाकोलागी एक मिनेट मौनधारण गर्दै सुरु भएको थियो ।

समाजका उपाध्क्ष दिनेश ज्ञवालीको सन्चालनमा सम्पन्न उक्त समारोहमा स्थापित र नबोदित सर्जकहरुको उल्लेख्य उपस्थितीबिच साहित्यकार दुबशु क्षत्री,छक्कु उदासी, शशी बिक, सुश्मा ओमाता,भिस्म सुबेदी, देबी बहादुर इङ्नाम, पुस्कर जङ थापा
आदी बाट श्रद्धन्जली रचना सुनाइयो । त्यस्तै गरी प्रकाश पौडेल माइलाले ” जापानी साहित्यमा हाइकु – मानयोशु काब्य सन्कलन देखी माचुओ बाशो सम्म” सिर्शकमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।

त्यस्तै प्राप्त श्रद्दान्जली कबितामा साइतामा जापान बाट शोवना शारङी, निहारिका शाही, सन्तोष आचार्य,बेल्जियमबाट उशा गिरी, इज्रायल च्याप्टर बाट सुनिल सँगमको हाइकु तथा शुभकामना सन्देश, अनेसास केन्द्रिय समितीका अध्यक्ष डा. कुमार बस्नेत बाट शुभकामना सन्देशलाई बाचन गरेर सुनाइएको थियो ।

उक्त कार्यक्रममा रमेश बिकलको ब्यक्तित्व र कृतित्वका बारेमा बिभिन्न अतिथी बक्ताहरुले प्रकाश पार्दै कालजयी श्रस्ठाहरु साहित्य मार्फत अजर रहने बताउदै हार्दिक श्राधान्जली ब्यक्त गर्नुभएको थियो । त्यस्तै जापानी कला – साहित्यका नबप्रतिभाहरु तानाका रियुतारो र इवामी आसुकाबाट पनि नेपाली साहित्य र सर्जक बारे शुभकामना तथा श्रधान्जली मन्तब्य ब्यक्त भयो ।
मनिता श्रेष्ठको स्वागत मन्तब्य सँगै उपाध्यक्ष प्रकाश पौडेल माइलाले नागरिक स्तरबाट स्थापित र स्वर्गिय बिकलको अनुदानको भबनमा आरुबारी काठमाडौंमा स्थापित रमेश बिकल साहित्य प्रतिस्ठानलाई एकबद्दता स्वरुप आर्थिक सहयोग गर्ने बताउनु भयो । त्यस्तै अर्का बक्ता देबी इङ्नामले अनेसास जापानको आगामी प्रकाशनलाई रमेश बिकल स्म्रृती अंकका रुपमा तयार गरिने कुरा जानकारी गराउनु भयो । 
कार्यक्रममा महासचिब आलोक चालिसेले साहित्य आम जीबनको लागि भन्ने अती सामान्य तर मनन्योग्य विचारमा आजीवन बाचेँका श्रद्देय रमेश बिकलको बारेमा पारिवारिक सदस्यका नाताले भोगेको ब्यक्तित्व चित्रण गर्दै जीवन कालमा उहाले अफुलाई लेख्नुभएको अती समसामायिक र साहित्यिक भाबनामा बगेको पत्र पढेर सुनाउदा सम्पूर्ण उपस्थित सदस्यहरु अती भाब बिह्वोल हुनु भएको थियो ।

नेपाल दुताबासले गैर राजनैतिक ब्यक्तित्वको नागरिक सम्मन स्वरुप प्रथम पटक शोक पुस्तिका राखेको बताउदै उपनियोग प्रमुख छेत्रीले साहित्य र संस्कृतिको सम्बर्धनका लागि नयाँ कार्यक्रमको साथ् अगाडि बढ्ने पनि बताउनु भयो ।