photo1article2549कमरेड विद्यावरिधि: एमालेलाई घिउ पच्दैन ।
माकुने: माओवादीलाई चलायो मुखमा छिटा ।
कमरेड विद्यावरिधि: अगुल्टाले हानेको एमाले बिजुली चम्किँदा तर्सिन्छ ।
माकुने: माओवादीका मुखमा कुभिन्डो अटेन ।
कमरेड विद्यावरिधि: एमालेको पुच्छर लौरो न हतियार ।
माकुने: माओवादीको अनुहार खाए पनि रातो नखाए पनि रातो ।
कमरेड विद्यावरिधि: बाघको छालामा एमालेको रजाइँ ।
माकुने: माओवादीको मन खनिउँ माथि !
माकुने: माओवादीलाई स्वर्ग जाने भन्दा के खान पाइन्छ भनेर सोध्छ ।
कमरेड विद्यावरिधि: एमालेको पुच्छर १२ वर्ष ढुंग्रामा राख्यो बांगाको बांगै ।
माकुने: जुन माओवादीको सिङ छैन उसकै नाम तिखे ।
कमरेड विद्यावरिधि: गर्ने भन्ने हनुमान पाउ गुथ्ने एमाले ।
माकुने: भदौमा आँखा फुटेको माओवादी सधैँ हरियो देख्छ ।
कमरेड विद्यावरिधि: अच्छिउँ खाइयो, बच्छिउँ खाइयो झुसे एमाले ।
माकुने: सबै माओवादी काशी गए पीण्ड कसले खाला ।
कमरेड विद्यावरिधि: एमालेलाई मासु पैँचो नदिउँ भनेको मानेनन् ।
माकुने: भीरबाट लड्न खोज्ने माओवादीलाई राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।
कमरेड विद्यावरिधि: कानो एमालेलाई औंसी न पूणिर्मा ।
माकुने: घामपानी घामपानी माओवादीको बिहे माओवादी नै जन्ती माओवादी नै बाहुन, माओवादीले छोएको कोही खाउन, लौ जा ।
कमरेड विद्यावरिधि: योचाहिँ मिलेन कामरेड, गणतान्त्रिक नेपालमा छुवाछूतको कुरो उठाउनु सामन्ती चिन्तन हो ।
माकुने: माओवादी भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ ।
कमरेड विद्यावरिधि: बोकेको एमालेले मिर्ग मार्दैन चेतना भया ।
माकुने: माओवादीलाई जति धोए पनि गाई हुँदैन ।
कमरेड विद्यावरिधि: एमालेले दाइँ हुने भए माओवादीको के काम ।
माकुने: माओवादीलाई पुराण सुनायो दक्षिणाको नाश ।
कमरेड विद्यावरिधि: एमालेको सरापले डिँगो मर्दैन ।
माकुने: माओवादीका अगाडि बीन बजायो संगीतकै बेइज्जती ।
कमरेड विद्यावरिधि: मेरो एमालेको बाह्र टक्का नगर्नोस्
माकुने: गाई मारेर माओवादी पोस्नु हुँदैन भन्दा कुरो बिग्रिए बिग्रियोस्
कमरेड विद्यावरिधि: धोबीको एमाले घरको न घाटको ।
कुने: माओवादी चढ्ने लड्छ ।
कमरेड विद्यावरिधि: एमालेका हातमा नरविल भनेको यही हो ।
माकुने: लाटो देशमा माओवादी तन्देरी भएको छ ।
कमरेड विद्यावरिधि: चटपटे एमालेका तीन ठाउँमा डाम भनेको यही हो ।
माकुने: मरेपछि माओवादी राजा । चकचके माओवादीका कुइनामा घाउ ।
कमरेड विद्यावरिधि: जति गर्‍यो बराजु एमाले बाहिरै ।

माकुने: ङ्यार्र ऽऽऽ ।
कमरेड विद्यावरिधि: ङुर्र ऽऽऽ ।

माकुने: हुँक्क ।
कमरेड विद्यावरिधि: थुक्क ।
 
छिमेकीले मुसुक्क हाँसेर हिन्दुस्थानी भाषामा सोधे, “पत्रकार सम्मेलन गर्ने भए ठाउँको व्यवस्था गर्दिउँला ।

Post a Comment

*
*