भो स्वदेश नफर्क
देशमा गणतन्त्र आए पश्चात
मेरी अनन्य मित्रले पत्र लेखी
सखी स्वदेश फर्क
५७ बर्ष लामो संघर्ष पछी ,कैयौ
नेपालीको बलिदान पछी
संबिधान सभा सफल बन्यो
दोस्रो दर्जाको नागरिक
बनाइएका हामी
अब पूर्ण अधिकार सहित अगाडि
बड्न पाउनेछौ
बन्द कारगारबाट बाहिरिएर
चुला चौकाको दाँयार नाघेर
जिबनको हर डौडमा पुरुष सरह
स्वत्रन्त्र रुपमा भाग लिन
पाउनेछौ
हामी जस्ता शोषित पीडित महिला
र गरीब गुरुवाले
सायद मानब जिबन बाँच्न पाउने
छौ ।
मन भरी खुशी बचेँर सोच्न थाले
युगौ देखी महिलालाई कठपुतली
बनाइ भोग गरी रहने
बस्तु ठानी बेची रहने
गरीब र महिलालाई दासी मानी
शोषन गरी रहने
त्यो तुच्छ
कुसस्कार,कुपरम्परा,असमान
कानुनको
परिमार्जन हूदै होला देशमा
फेरी
कल्पना गरे आशाहरुमा रङ भरेर
गणत्रन्त्रिक नयाँ नेपालको
केबल बाँच्न कै लागि संघर्ष
गरी रेहेका
ति अबोध निर्दोष बालमजदुरहरु
सुकिला भई बिधालय गै रहेको
महिला पुरुष,धनी गरीब बिना
भेदभाब अगाडि बढी रहेको
जातिय,धर्मिक रङभेदमा नछुटिएर
स्रिफ नेपाली भै
एकता सँग देश बिकासमा जुटी
रहेको
तर फेरी
मेरी प्रिय सखी पत्र लेख्छिन
येसरी
देशमा राजनीति उथल पुथल मात्र
भयो
कुर्सिको लुछा चुडी त्यसरी नै
भो
भष्टचार,कालाबजारी,घुषखोरी
त्यसरी नै मोटाइ रहेको छ
मङगीले हामी गरीबलाई आधापेट
बाँच्न बिबस बनाइ आकाश छोइ रहेछ
कत्रो बिडम्बना मान्छेको भोक
भन्दा मृत्यु सस्तो बनी रहेछ
फेरी अर्को तिर
मधिसे छुटै स्वत्रन्त्र राज्य
मागी रहेछ
पहाडे मधिसे छुटी रहेछ
देशको स्थिती कसरी बयान गरु
सखी मुटु पोल्छ
बुझ्यो सखी
हाम्रो देस आफ्नै सन्तती
द्वारा बलात्कृत भै रहेछ
बिखन्डित बनी रहेछ ।
देश येसरी दुखेको बेला
आफ्नै अबिभाबक द्वारा अस्मिता
लुटिएको मेरो ब्यथा
मानब अधिकार हनन भएको मेरो कथा
महिला अनी गरीब हुनुकै कारण
भोगी रहेको
शोषन र पिडा
कती सानो लागि रहेछ
सखी भो अब स्वदेश नफर्क
यहाँ भएकाहरुले जस्तो
आफ्नै जन्मभुमी माथि
कुठाराघात गर्नको लागि
देशको अस्मिता माथि बलत्कार
गर्नको लागि
देशलाई टुक्रा टुक्रा पारेर
बेच्नको लागि
भो सखी स्वदेश नफर्क ।
कला कोयु राइ
तिबेरिया, इजरायल