”गजल”                                    

केशब आचार्य

img_1972

छाडिगयौ साथ मेरो माया पनि लिइे गयौ
ब्यथाहरु जिन्दगीका धेरै धेरै दिइे गयौ ।

ओकलेर फालिएको बिष जत्ती मेरै भयो
घडाबाट निकालेको अम्रीत सबै पिइेगयौ ।

मेरो मात्र फाट्नु रैछ,जिन्दगी यो फाटेकै छ
आफ्नो लागि जिन्दगीको नयाँ चोला सिइेगयौ ।

जसो तसो आफ्नो यात्रा बढेकै छ सबैको
तिमी भने सपनाको महलमा जिइे गयौ ।

 

 

(अमेरिका )