”गजल ”
आचार्य प्रभा

किन किन मन मेरो त्यसै नै जली रह्यो
रापिलो आगो बनी तन मेरो बली रह्यो ।
मुहारमा खुशी छैन,अधरमा हाँसो पनि
सुस्ताएर सारा शरीर कमजोर बनी ढली रह्यो।
जोश,जाँगर खोसिएर मन त्यसै निरश भयो
किन,किन सारा उत्साह भित्र भित्रै गलि रह्यो ।
बसमा छैन मन मेरो बेचैन् छ दिल पनि
सारा पीडा मनभरी आँधी बनी चलिरह्यो ।
(अमेरिका )