आमा

किन यति पढे आमा? गाउमा नअट्ने गरी,
चाहेर नि तिमीलाई, बर्षौं नभेट्ने गरी,
बसाइ छ धेरै टाढा ,मन तिम्रै वरिपरि ,
कस्ती छौ हे मेरी आमा, सोधु मात्रै कसो गरी?

घासका ती भारीभित्र, दिन चर्या बिताउदै,
गाई भैंसी मेला पात, घर धन्दा मिलाउदै ,
कती सम्झी रहिहौली, परदेशका छोरा छोरी,
धन्य छौ हे मेरी आमा, गुनासो पोख्दिनौ फेरि।

कैले आउने प्रश्न तिम्रो ,मलाई नै थाहा छैन ,
आउने ठेगान न भए नि, धेरै बस्ने चाह छैन ,
भोलि के हो थाह छैन, बर्तमान चलिराछ ,
खै एस्तै इ तरंगमा, जिन्दगी यो बगि राछ।

साथी भाई रमाइलो, बिहे भोजहरु पनि,
मात्र बाँकी अतितका ,पानाभित्र गनी गनी,
सधैं सधैं समयकै ,ताल भित्र चलिराछु ,
तिम्रो स्नेह दुरतामा, भित्र भित्रै गलिराछु।

पैसा भन्दा पनि ठुलो, जन्माउने जननी हो,
एश भन्दा पनि ठुलो, सेवा मातृभूमिको हो,
तै पनि हेर न आमा, अझै यतै बसि राछु,
फर्किएर गाउमा त्यो, गरु के पो सोचिराछु।

तन यता भए पनि, मन तिम्रै वरिपरि,
यही हो त अर्थ मेरो? प्रश्न सोद्छु घरि घरि
गर्नु पर्ने काम के हो? सन्तोष त्यो कता गयो,
मन उता तन यता ,के यस्तो जिन्दगी भयो?
सुफी