
”अबिरल ”नदी भएर बग्नु पर्दछ तिमीले
खहरेको भेल हुनुहुन्न कहिल्यै
शिषिर बसन्त भएर धर्ती सजाउनु पर्छ तिमीले
उजाड मरुभुमी बनेर ”ब्याकुल ”हुनुहुन्न कहिल्यै ।
तिमीले त उदेश्य र आकाक्षाको पुरक भएर बाँच्नु पर्छ
खिन्नता र बेदनालाई पंछाएर हाँस्नु पर्छ
तिमी अटल क्षितिज बनेर रङिनु पर्छ
उदासी र फिक्का नभलाई तिमीले रङाउनु पर्छ ।
तिमी आशाबादी मात्र हुनुहुन्न
पीडा छ मनमा भनेर रुनु हुन्न
तिमीले त कठोर र शाहसी बनेर अघी बड्नु पर्छ
सघर्ष र समस्यासँग सधैं लड्नु पर्छ ।
दिवास्वप्न सजाएर भ्रममा फंस्नु हुन्न तिमीले
झुठो मायाको पासो कस्नु हुन्न तिमीले
तिमीले त मनुष्यत्वको उदाहरण हुनु पर्छ
तिमीले त ”अबिरल ”बग्ने नदी नै हुनुपर्छ ।
(अमेरिका )