mapuhang

 

कुर्दा कुर्दै जिन्‍दगी यो लेऊ लागी सक्‍यो
मन भरीका वैश रहर छेऊ लागी सक्‍यो

बल्‍ल फूल्‍छ मनमा फूल फेरी ओईली झर्छ
आउने दिनको आशा पनि मन भित्रै मर्छ
हेर्दा हेर्दै जिन्‍दगी यो लेऊ लागी सक्‍यो
मन भरीका वैश रहर छेऊ लागी सक्‍यो

दु:खै मात्र जिन्‍दगीमा कस्‍तो मेरो चोला
यो दु:खीको ओठमा कहिले खुशी छाउने होला
त्‍यसै त्‍यसै जिन्‍दगी यो लेऊ लागी सक्‍यो
मन भरीका वैश रहर छेऊ लागी सक्‍यो

नरेश माङपाहाङ
फोक्‍स्‍टोन वेलायत
हाल अफ्‍गानिस्‍तान