अभिशप्त वर्तमान
काला बादलले ढाकिएको
गम्भीर आकाशले
विषवर्षा गरे पनि नगरे पनि
ज्वालामुखी विष्फोटपश्चात्
धीर धरणीबाट
फेरि
तातो लाभाको भयंकर फोहोरा छुटे पनि नछुटे पनि
टायर्को विषाक्त कालो धूँवा
र
सडकनै डढ्ने रापमाझ
मेरा धुन्धुकारी मामा र काकाहरूले
मेरो स्वाभिमानको सगरमाथाको अपहरण हिजै गरिसके
मेरा आफन्तहरूले
मलाई कबाडको मोलमा हिजो नै लिलाम गरिसके…..
केशुवको