‘कोठे साहित्यिक यात्राको तेस्रो कार्यक्रम भब्यताको साथ मनाइयो ”
आचार्य प्रभा/ बोल्डर् कोलोराडो

कोलोराडोबासि साहित्यप्रेमिहरुले नियमित आफ्नो कार्यक्रम ”कोठे साहित्यिक यात्रा”को आफ्नो तेस्रो कार्यक्रम कबिगोस्ठी मिती ३/ २८/ २००९ का दिन कबी भुपेन्द्र महतको निवासमा भब्यताको साथ मनाए । कार्यक्रममा लगभग सहभागीता धेरै भएता पनि कबिता बाचन् गर्नेहरुमा डा ,बिजय राज शर्मा ,रमेश पल्लव,जगन्नाथ गौतम, नीरा गौतम , ज्ञानेन्द्र गदाल ,पारस लम्साल ,केशब आचार्य ,प्रमोद घिमिरे ,भुपेन्द्र महत, झलक सोती, आचार्य प्रभा थिए भने ग्यानेन्द्र गदाल र आचार्य प्रभाका केही गीतहरुका म्युजिक भिडियोको प्रदर्शन गरेर कार्यक्रमलाई संगीतमय बनाइेएको थियो ।
कार्यक्रममा बिभिन्न देशमा रहेका साहित्यनुरागिहरुको ईमेल मार्फत आएका रचनाहरु पनि पाठ गरियो । उक्त कार्यक्रममा फोन मार्फत शुभकामनाहरु पनि आएका थिए । कार्यक्रममा सांगीतिक क्षेत्रका कलाकारहरु मध्ये पुराना गायिका सविता चाम्लिङ ,बिजय चाम्लिङ ,बिजय अधिकारिको पनि सहभागिता थियो ।
”कोठे साहित्यिक यात्रा” को उदेश्य लेखक कबिको उपस्थिती मात्र नभएर साहित्यनुरागिहरुलाई पनि सहभागिता गराउनु हो र यो कार्यक्रममा साहित्यनुरागिहरुको नै बढी उपस्थिती पनि हुँदै आइरहेको छ र कबी ,लेखक हरुलाई धेरै ठुलो प्रोत्साहन मिली रहेको छ । अब आउने अप्रिल महिनाको कार्यक्रम दुइजना , रमा कान्त अधिकारी र प्रमोद गिमिरेको निवास मध्य एकजनाकोमा हुने निर्णय गरिएको छ । यो कार्यक्रम अबिरल रूपमा नै हुने अठोट गरिएको छ।
अन्य सहभागीहरुमा के ,बिश्वकर्मा , राम प्रशाद विश्वकर्मा, सरगम गदाल ,रमा कान्त अधिकारी ,अंम्बिका घिमिरे, सम्झना कार्की , सलिना कार्की ,भागवत कार्की, सेजल कार्की ,बालमुकुन्द अधिकारी ,पारस लम्साल ,देवी लम्साल ,प्रियमबदा सोती,नीती आचार्य, निरज गौतम , सुयोग सोती ,अधिर प्रसाईं,राजेश बिष्ट ,बिसेश्वोर के,सी लगायतका व्यक्तित्वहरु हुनुहुन्थ्यो, कार्यक्रमको समापन चियापान पश्चात भएको थियो ।