”गजल ” आचार्य प्रभा
जिन्दगी यो बित्यो मेरो सधैं त्राषै त्राषमा
हरेक पलहरु काटें मैले खुशीको आशमा ।
सधैं भीडमा हराए नि आखिर हुन्छु एक्लै
जिउँदा मान्छे खोजी हिडें म्रीत लाशमा ।
एकान्तको निरश पलमा कसैको साथ खोज्छु
आखिर हुन्छु सधैं एक्लो ,शुन्य बासमा ।
यो आँखाले जहिल्यै पनि झरी नै रोज्यो
कहिले आउला रमाउने पल मीठो मधुमासमा ।
(अमेरिका )