ऋतु गिरी
हाल इजरायल
घुम्टो उघारी गरेको वात मिठो मिठो
दुई मुटु एउटै सहवास रात मिठो मिठो
सहमती स्वीकार्य जवानीको जोश आहा ,
स्पर्श गर् यो अङ्ग अङ्ग हात मिठो मिठो
उन्माद अनि उत्तेजना कामुक ती अङ्गहरु
सहवासमा हानेको लात मिठो मिठो
यता मिल्यो दुई मुटु, कतिको मन दुख्यो
चटायो प्रेम प्याला मात मिठो मिठो
लाजै नलिई मस्किएर ऋतु अन्धकारमा
दियौ सौगात पिरतिको जात मिठो मिठो