नेपाली नयाँ बर्ष २०६६ को पावन अवसरमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायलद्वारा यही अप्रिल २५ तारिख शनिबारका दिन इजरायल स्थित तेलअभिभ शहरमा साहित्य सम्मेलन आयोजना हुन गइरहेको छ । उक्त सम्मेलनमा सहभागी हुन इच्छुक इजरायलमा रहेका साहित्यकारहरुले अप्रिल २२ तारिख भित्र अनेसास इजरायलका पदाधिकारीहरु मार्फत सम्पर्क गरि आफ्नो मौलिक रचनाहरुको साथमा रचना वाचनको लागि स्वयं उपस्थित हुनसक्नेछन् । रचना नेपाली भाषामा लेखिएको अप्रकाशित र मौलिक हुनु पर्नेछ । इजरायल बाहिर रहनु भएका साहित्यकारहरुको रचना समेत वाचन गरिने कार्यक्रम रहेकोले इच्छुक साहित्य सर्जकहरुले आफ्नो रचना sunil_sangam@yahoo.com तथा prativanepal@gmail.com मा इमेल मार्फत पठाई सहभागीता जनाउनु हुनको लागी हार्दिक आव्हान गरिन्छ । साथै यो कार्यक्रम अनेसास इजरायलको पहिलो कार्यक्रम भएको जानकारी अनेसास इजरायलले जनाएको छ ।
कृष्ण थापा
महासचिव
अनेसास इजरायल