”गीत ”    आचार्य प्रभा

prabha
आँखाबाट झर्यो याद आसुँ बनेर
गएथ्यौ मलाई छाडि आउँछु भनेर ….

पल,पल सम्झनाले सताइरैछ मलाई
बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे ….

परेलिमा अलझ्यो याद मोती बनेर
गएथ्यौ टाढा तिमी फर्किन्छु भनेर ……

छात्तिभित्र बल्झ्यो माया गाढा बनेर
छाया पनि अस्ताइ दियो टाढा बनेर ……