प्रदीप्त ज्योति पुञ्जको प्रखर प्रकाश झैं बनी
यो देश विश्‍व सामुमा भू-दिव्य भै चम्कियोस ।
त्यो श्वेत, सुभ्र, सुन्दर हिमाल झैं अटल रहि
मेरो नेपाल सधैं-सधैं सुशान्त भै लम्कियोस ।

अखण्ड अस्तित्व संगै भातृत्व भावमा रहि
यो जात-भात र क्षेत्रको संकृणता बाट उठौं ।
तेरो मेरोको भेद यो अती नै भैसक्यो अब
मेरो तेरो सबै भुली यै देश निर्माणमा जुटौं ।

विविधताको देश यो, विशेषताको देश यो 
बनिरहोस चलिरहोस जाती गुण थरी-थरी ।
जो नित्य निरन्तर रह्यो अक्षुण र स्वाधीन 
फूलीरहोस, चुलीरहोस स्वतन्त्रता सधैंभरी ।

नया बिहानी यो बर्षको नवीन द्वार नै बनी
असीम सोचको संगै उमंगले भरीरहोस ।
निकासको, प्रयाशको अठोट देश विकासको
अदम्य जोशकासंग अघी-अघी बढीरहोस ।