बलेसिमा पानी झर्यो बर्षा लाग्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि
सम्झनाको आंधी चल्यो बढ्यो याद झन
एकोहोरो उसकै यादमा तड्पी रन्छ मन
बिर्सिएर निस्ठुरी भै बचन नाघ्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि
के के सोचें के के सम्झें पुगें कहाँ निर
बल्झिएर गिन्दगानी दुख्यो यहाँ निर
दुखाइले पनि मिठो साथै माग्यो कि
आँखाबाट आँसु झर्यो माया मार्यो कि
स्वर- सपना श्री
संगीत- जुगल डंगोल
शब्द- सुनिल संगम
गिती एल्बम- इच्छा