नेपाली राजदुतावास इजरायलले वैैशाख ११ गते २०६६ का दिन तेस्रो लोकतन्त्र दिवसको अवसरमा तेलअभिवस्थीत नेपाली राजदुतावासको सभाकक्षमा एक समारोहको आयोजना गरी लोकतन्त्र दिवस भव्यताका साथ मनाएको छ । नेपाली राजदुतावासका महामहिम् राजदुत श्री बैजनाथ थपलियाज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सचालन राजदुताबासका मिनिस्टर काउन्सेलर श्री मुक्तिनाथ भट्टले स्वागत मन्तव्य दिदै गर्नु भएको थियो । कार्यक्रममा इजरायलस्थित विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु व्यवसायी तथा विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।
सो अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार डा।विष्णु चापागाईंले विगतका दिनमा राजदुतावास नहुँदा भोग्नु परेको तितो अनुभव व्यक्त गर्दै राजदुतावासले अविभावकको भूमिका खेल्नु पर्ने कुरामा जोड िदंदै लोकतन्त्र दिवसको बारेमा शुभकामना मन्तव्य राख्नु भएको थियॊ ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष श्री भुवन िसंह कुँवरले लोकतन्त्र आउँदैमा जनताको मौलिक हक अधिकार सुरक्षित नहुने कुरामा जोड िदंदै गैर आवासिय नेपालीहरुको भावनालाई समेटेर नेपाली राजदुतावासले विदेशमा रहेका नेपालीहरुको समस्यालाई सरल र सहज रुपमा समाधान गर्न सहयोग पुर् याओस् भन्ने शुभकामना दिनु भएको थियो ।
उक्त कार्यक्रममा शान्तिको सन्देस फैलाउँदै विश्वका १४२ देशको सफल भ्रमण पूरा गरी साइप्रस जाने क्रममा दोस्रो पटक इजरायलमा आइपुग्नु भएका नेपाल आमाका बीर सपुत विश्व साइकलयात्री श्री पुष्कर शाहको पनि उपस्थिति रहेको थियो । वहाँले शुभकामना दिने क्रममा देशमा प्रजातन्त्र स्थापनाको लागी २०४६ सालको जनआन्दोलनमा हातमा गोली लागी बीर अस्पतालमा भर्ना भै उपचार गरीरहेको अवस्थामा आफूलाई दोलखा मकैबारीका आन्दोलनकारी शहिद पुष्कर शाह भनेर समाचार छापि प्रजातन्त्रका लागी बलिदान दिने शहिदको रुपमा श्रद्धान्जली दिएको ज्यादै रोचक प्रसङ्ग सुनाउनु भएको थियो । शाहले जबसम्म शासकहरुमा राष्ट्रि्रय चिन्तन हुँदैन तबसम्म जुनसुकै शासन व्यवस्था आए पनि देश विकास नहुने कुरामा जोडदिनु भएको थियो ।
अन्तमा महामहिम् राजदुतज्यूले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई जोगाउँदै लोकतान्त्रिक अभ्यासबाट देशमा शान्ति सुरक्षा राजनीतिक स्थिरता आर्थिक सम्पन्नताका लागी सबैले आ-आफ्नो स्थानबाट योगदान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । नयाँ वर्ष २०६६ सालको पावन अवसरमा सबैलाई शुभकामना सहित कार्यक्रमको समापन गरी उपस्थित सबैलाई जलपान कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको थियो।
भुवन िसंह कुँवर
तेल अभिव इजरायल
अप्रिल २५ २००९