Author Archives: krishna thapa

krishna thapa from nepal and recently in the holyland israel.playing with colours and words gives me the greatest pleasure.so i paint and find mysaelf gonna dissolved in the color of literature.

इजरायलमा युनिटी लाईफ सिर्जनशील समूह गठन
२२ मार्च २००९

विद्यमान नेपालको परिस्थितिमा विकराल रूपमा बढिरहेको बेरोजगारी समस्यालाई क्रमबद्ध अनि योजनाबद्ध रूपमा आमूल परिवर्तन गरी सुनिश्चित र सुरक्षित आर्थिक क्रान्ति सहित सुनौलो भविष्य तयार पार्ने उद्देश्य सहित स्थापना गरिएको एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल पब्लिक लिमिटेडलाई अझ सशक्त र सुदृद बनाउँदै लैजाने हेतुले यस इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई एकतामा बाँध्ने उद्देश्यका साथ युनिटी लाईफ सिर्जनशील समूह (Unity Life Creative Group) गठन गरिएको छ । उक्त समूहका अध्यक्षमा हरि प्रसाद मानन्धर, उपाध्यक्षमा चिरन्जिवी पाण्डे, सचिवमा ऋतु गिरी रहनुभएको छ । त्यसैगरि सदस्यहरूमा क्रमशः बिष्णु प्रसाद तिमल्सिना, मिना कुमारी ज्ञवाली, रिकेस पौडेल, बविता श्रेष्ठ, योगेन्द्र माली, र मिना दहाल रहनुभएको छ ।

आधुनिक विश्वको भौतिक विकास निर्माण र आर्थिक क्रान्तिका अगाडि हामी नेपाल र नेपालीका लागि ई कमर्श नेटवर्किङ बिजिनेस अलि भिन्न लाग्ने कुरा स्वाभाविक नै छ । तैपनि यो अहिले नेपाल र नेपालीका लागि समेत अपरिहार्य बन्दै गएको छ । थोरै आफ्नो लगानीबाट देशमा ठूलो आर्थिक क्रान्ति गर्न र बेरोजगारी तथा लाखौं विदेशिनु पर्ने युवा शक्तिहरूलाई स्वदेशमा नै रोजगार दिने उद्देश्य बोकेर स्थापना भएको यस एस्योरेन्स युनिटी लाईफ इन्टरनेशनल पब्लिक लिमिटेडमा इजरायलबासी सम्पूर्ण नेपाली तथा अन्य नागरिकहरू समेत आबद्ध भई देशको समोन्नत विकासका लागि हामी इजरायलमा रहेर पनि देशका लागि योगदान पु−याउन अनुरोध समेत गरिन्छ ।

नेपाल इजरायल.नेट

कृष्ण थापा
तेल अभिव, इजरायल

                                       83-birthday

                        श्री साईं नयन गृह ,इजरायलको आयोजनामा यहाँ रहेका नेपालीहरुद्वारा इजरायलको तेल अभिभ शहरमा श्री सत्य साईं बाबा को ८३ औं जन्मोत्सव यो शनिबार भव्यताका साथ मनाइयो, उक्त जन्म दिवस समारोहको शुभ प्रभातम, द्वीप प्रज्वलन  इजरायल स्थित नेपाली राजदूत महामहिम श्री बैजनाथ थपलियाद्वारा saai4गरिएको थियो ।

       

 श्री नेपाली साईं केन्द्र इजरायल तथा साईं नयन गृह इजरायल,भगवान् श्री सत्य साईं बाबाको निर्देशिका र मार्गदर्शनहरु लाइ हृदयंगम गरि श्रद्धा, अनुशरण र पालना गर्ने उत्साही नेपाली साईं भक्त हरुद्वारा स्थापना गरिएको हो ।सैयौको संख्यामा साईं नयन गृहका सदस्य साईराम हरु र भक्तजन हरु प्रवासमा रहेर पनि उहाँप्रतिको असीम प्रेम विस्वास र आस्था प्रकट गर्न, भजन गाउन र प्रार्थना गर्न हरेक हप्ता भेला हुने गर्छन   ।

          saai2

                  बाबाको ८३ औं जन्मोत्सव समारोह उहाँप्रतिको यही प्रेम को उत्कृष्ट उदाहरण बनेको थियो सो अवसर मा समारोहका गुरु प्रकाश थापा तथा नेपाली साईं केन्द्र की प्रमुख सलाहकार बंदना राईले बिशेष प्रवचन दिनु भएको थियो  ।त्यसै गरि अतिथि महामहिम राजदूत वैजनाथ थपलिया तथा नेपाली साईं केन्द्रका अध्यक्ष श्री भुवन सिंह कुंवरले मंतव्य राख्नुभएको थियो भने बाबाको जन्मदिन मनाउन बिशेष रुपमा आमंत्रित अर्की अतिथि श्रीदेवी साईरामले आरती गर्नु भएको थियो ।

जन्म दिवसमा नेपाली लगायत इजरायली स्वदेशी र बिदेशी साइभक्तहरुको पनि उपस्थिति रहेको थियो । साईं संगठन इजरायलका अध्यक्ष जोपी साईरामले बाबाको 83 औं जन्म दिन मनाउन बसेका नेपाली हरुलाई संबोधन गर्नुभएको थियो । बाबाको जन्मदिन को सोही दिव्य उपलक्ष्यमा साईराम नेहा गुरुंगले पनि   आफ्नो धारणा राखेकी थिइन ।

saai1
सो अवसरमा श्री अर्जुन जयसवालद्वारा संकलित साईं भजन हरुको संगालोको पनि विमोचन तथा बितरण  गरिएको थियो ।

kaleko-jhataro

धेरै दिन भो, झटारो प्रहार नभएको । देशमा शायद गणतंत्र नामक सुशासन लागू भै सर्वत्र अमनचयन कायम भएकोले यस्तो हुन गएको पो हो की भन्ने भ्रम नहोस, कुन्नी के को काम पनि छैन फुर्सद पनि भने झै दामी काले आजकल सारो बीजी भएकोले यो स्तम्भ ओझेल परेको मात्र हो ।

प्रतिभाको एक सांस्कृतिक कार्यक्रममा वाचित व्यंग समाचारको झल्झली सम्झना भै रहेछ मलाई, समाचारमा माइला दाई, उनको घरबार र खाजतंत्रको खेदो खनिएको थियो भने गन्गन्तन्त्रको बयान । यो सान्दर्भिक पनि थियो, नेपाली हरुले गणतंत्र को ऐतिहासिक उपलब्धी जो गरेका थिए । यसबेला गणतंत्र धेरैलाइ धेरै मानेमा गतिलो झटारो साबित भएको छ । हुन त अहिले यसो उसो भनेर टिका टिप्पणी गर्नु पटक्कै उचित होइन तर राजनीति कर्मीहरु यही विषयलाइ प्रयोग गरेर पुरनै खाले सताको खेल खेल्न उद्द्यत छन ।

कोही फलानो लाइ सत्ता फलामको च्यूरा बनैदिएको छू भन्दै हिडछन, कोही आतंकको भरमा देश चलाउन पाउदैनस भन्दैछन, जनताका छोराछोरीहरुलाई क्रान्तिमा होमेर माथी पुगेका सत्ताधारीहरु पनि अघिकाहरुकै तालमा हिडेर उधोगति तर्फ लाग्ने शंका धेरै को मनमा छ भने अधिकांश सीधा सादा अनुहार भने खोई के खोई के को स्थितिमा अल्मालिएका छन ।

हत्या हिंसाको दलदलबाट बल्ल अलिकति छुटकारा पाएका नेपाली जनताले गणतंत्र प्राप्तिको खुसी र उमंग राम्ररी मनाइसकेका पनि छैनन, उता फेरी नेपाली जनताको हार हुने भयले एकथरि आत्तिन थालिसकेको अवस्था छ, यस्तो किन ?

हुलका हुल असंतोषहरु बिद्रोह, भएका छन,- मधेश भएका छन, पहाड़ भएका छन -हिमाल भएका छन -किरात भएका छन,-बाहुन भएका छन । तर नेपाली मात्र हुन चाही हामी किन नखोजेको? भन्ने प्रश्नले दामी काले लाइ रिंगाएको धेरै दिन भै सक्यो ।

बादरको हातमा नारिवल भन्ने उखान हाम्रा बाजे बराजूले बेलैमा रचेर ठुलै गुन लगाएका हुन । प्वाट्टै फुटाएर त्यसको स्वाद चाखन नजाने पछि नरिवल भकुन्दोको रुपमा प्रयुक्त हुनु लाइ दामी कालेले अस्वाभाविक मानेको चाहि छैन ।

राजनीतिका खेलाडीहरु भकुन्डोलाइ आफ्नो पक्षमा पार्न सधै तल्लीन छन । नेपाली जनताको अभिलाषामा ठेस लागोस, या कुठाराघात होस तिनलाई के को चासो? सबै समान हुन्छौं भन्थे, सबै सुखी हुन्छौं भन्थे, सबै एकै हुन्छौं भन्थे, के के हुन्छौं के के, भन्थे, होला नि त, भन्दै एक्थरि चाहि “भन्ने दिन र सुन्ने दिन” पर्खदै अधुरा सपनाहरुमा बाचिरहेका छन, अधिकांश भोकानंगा निमुखा नेपालीहरु यही आशावादी बर्गमा परेका छन ।

आहा सपनाहरु कति सस्ता हुन्छन, सबै कुरा महँगीदै गएको नेपाली जनताको थाप्लोमा गणतंत्र पछिको सुखद विकासको मीठा मीठा सपनाहरु भर्भरि पलाएका छन, बन्दूकको नाल र रगतको आहालबाट कहिलै मुक्ति नपाएका नेपालीहरुका ती सपनाहरू पुरा गर्न समयले कति बिलम्ब गर्ने होरू त्यसको अनुमान भने कालेको सघुरो दिमागको परिधि भन्दा बाहिरको कुरा हो । यद्यपि त्यसका लागि गणतंत्रमा पनि फेरी फेरी शक्तिकै मात्र होड़बाज़ी गरिनु हुन्न भन्ने यसको ठम्म्याई हो ।

यो झटारो पढेर काले लाइ गणतंत्र बिरोधी मंडलेको रुपमा हेर्दै हुनु हुन्छ भने तपाई सरासर ग़लत हुनुहुन्छ । यसको प्रतिपक्षको वकालत गर्ने त परको कुरा त्यों हरकत गर्ने को कलमै भाचियोस समेत भन्न चाहन्छ काले । तर आधुनिक खोया बिर्केमा लठठीएर कालो धनको पोको पार्दै रातारात क्यासिनो डिस्को धाउनेहरु र आचार बिचार सबै भ्रष्ट भएका सरकारी धुकुटी रित्त्याउन पल्केकाहरु बाहेक, गरीबीको मारमा पिल्सिएका अधिकांस नेपालीहरु गणतंत्र भित्र सुनौलो भविष्य साचेर बाचेका छन, जून जोगी आए पनि कनै चिरेका भन्दै तिनले पुर्पुरो हात लगाएको हेर्नु नपरोस, गृहयुद्धमा भाग्याजोग्य चिटठा जस्तै गरि जोगिएर बाचेका, वा खेतीबारीको काम छोडेर क्रांति को गीत गाउन हिडेका कालेका दौतरीहरु यत्ता न उत्ता मुलाबारी भित्ताको कित्तामा नपरून ।कालेको चाहना यत्ति मात्र हो ।

खरानी भएका भौतिक संरचानाका खंडहरहरु उस्तै छन । अझै बाकी रहेका युद्धका अवशेषहरु,
ग्रिनेडका टुक्राहरु , गोलीका खोकाहरू, एम्बुसका धरापहरु सबै सबै, सधै सधैका लागि सफा गरेर, बारूद र रगतले कोरेका कलंकहरु मेटेर, स्वच्छ न्यायिक समाजको निर्माण गर्न अबको राजनीती लाग्नु पर्छ । ध्वस्त भएका घर र कार्यालय भवनहरु, सांस्कृतिक संपदाहरुको पुनर्निर्माण गर्न, गृहयुद्ध र अस्थिरताले ओरालो लागेको अर्थतंत्र उकास्न, बिकास निर्माणको बाटोमा अबको राजनीति निर्दिष्ट हुनु पर्छ ।

हामीले हजारौं शहिद्हरू बलिदान गरेर, बेहिसाब अभाव, अन्योल र अशांतिको कालो लामो रात सहेर हासिल गरेको गणतंत्र, खालि गन्थन कै भारी गन्गन्तन्त्र नबनोस, सबैले मनन गरौं ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले हिंदूहरुको महान पर्व दीपावली (तिहार)को उपलक्ष्यमा  यहाँ दीपावली सांझ २०६५ नामक सांस्कृतिक कार्यक्रम को आयोजना गर्दैछ  ।

विश्वभर छरिएर रहेका गैर आवासीय नेपाली हरुको संगठन एनआरएनले आ आफु रहेका राष्ट्रहरुमा यस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नेपाली कला र संस्कृति को उत्थानमा सहयोग मात्र गरिरहेको नभै नेपाली नेपालका लागी भन्ने नारा सहित लगानिका अवसर हरुको खोजी गर्ने, बिभिन्न प्रयोजनका लागी आर्थिक सहयोग जुटाउने वा राष्ट्र प्रति भावनात्मक प्रेम र एकता बढाउने काम पनि गरिरहेको छ । यो बिदेशमा बस्दै आएका नेपाली हरुको छाता संगठन हो ।

 यो सांस्कृतिक कार्यक्रम एन आर एन इजरायलको निर्वाचित कार्यसमितिको पहिलो सांस्कृतिक कार्यक्रम हो । यस् अघि  विजया दशमी तथा गैर आवासीय  दिवस को अवसर परेर यसले खेलकूद कार्यक्रम को पनि आयोजना गरेको थियो ।

प्राप्त जानकारी अनुसार दीपावली सांझ यही अक्टोबर ३१  शुक्रबार, तेल अभिभको हागना स्थित बेत बार्बर सांस्कृतिक भवनमा सांझ ८ बजे सञ्चालन हुन गई रहेको छ ।

कालेको झटारो आफैतिर

 

अलि अगाडी कालेको मनमा NRN इजरायलको चुनावप्रति उति सकारात्मक बिचार थिएन, तर इजरायलमा बढ्दै गएको तापक्रमसँगै एकाएक चुनावी रन्कोले तातिएका गैह्र अावासिय नेपालीहरू फलानेा र ढिस्काना पद भन्दै घाेषणापत्रसहित उम्मेदवारी दर्ताको घुँइचेामा लाम लाग्न थालेपछि र संविधानसभामा भागलिन नपाएको झेाँक NRN मै भएपनि भाग लिएर चित्त बुझाउने सुरमा कालेपनि एकाएक शीर्ष पदमध्यकै एक पदकालागि उत्रियाे ।

यो  निर्णय कालेले उम्मेदवारी दर्ताकै अघिल्लाे साँझमात्र गरेकोले यसको तर्फबाट कुनै पूर्व तयारी वा उम्मेदवारहरूकै भाषामा भाेटमाग्ने कामसम्म भएन। अन्तिम घडीको क्षणिक चम्काइ र जाेश अनि त्यसमाथि यसको पदका प्रतिस्पर्धी इजरायलवासी नेपालीहरूमाझ भिजिसकेका, सामाजिक पृष्ठभुमि र हैसियत राम्रै बनाइसकेका पत्रकार मित्र परेकाले पनि यसको भारी मतान्तरको परिणामलाइ लिएर कालेलाइ उति अस्वभाविक लागेको भने छैन । बरू फाइदै भएको छ, फाइदा कसरी भने अहिलेसम्म गुमनामी कालेको नाम सम्म सुनेका तर परीचय नपाएका धेरैले चुनावकै माैका छाेपेर भएपनि हल्का फुल्का चिने, याे पनि फाइदाकै कुरा हाे।

NRN इजरायलको बदख्वाइ गर्दा गर्दा यतिखेर कालेको झटारो  अाफैतिर फर्किएको छ। असफलता नै सफलताको कसी हो  भनेरमात्र चित्त नबुझाउन काले सबैलाइ अाग्रह गर्छ । यसपालीको चुनावी परिणाम र भारी मतको फरक हेरेर पनि पराजितहरूले राम्रै पाठ सिक्नुपर्ने चुरेा कुरेा काले भन्न चाहन्छ, पराजित प्यानलमध्यका केही सामाजिक र परिचित व्यक्तिहरूको विजयले पनि जित्नका लागि नाराले मात्र केही नहुने रहेछ त्यसका लागि जनमानसमा राम्रैसंग भिज्नुपर्दारहेछ भन्ने कुरा प्रष्ट पारेको छ

अब कसले जित्यो  वा कसले हारयो भन्दा पनि हिजाेको भुलभुलैयाहरूमा नअल्मलिइ मिलेर अघि बढ्नुको अर्को विकल्प छैन ।
विजित र पराजित सवै मिलेर NRN लाइ गति दिएर एकएक कदम अघि बढाए सबैको हित सबैको जीत हाेला अन्यथा पारा उही हो  ।

NRN इजरायलको चुनावी पारो

“कहीं नभा जात्रा हाडी गाउमा” भने जस्तै यसबेला इजरायलमा प्रवासी नेपालीको अंतर्राष्ट्रीय संजाल भनिएको “गैह्र आवासीय नेपाली संघ” नामक संस्थाको चुनावी गर्मी व्हात्तै बढेको छ, यो चुनावी गर्मीले इजरायलको तेल अभिभमा मात्र होइन,अस्किलोन जेरुसलेम देखि हाइफा तिबेरिया सम्मका नेपालीहरुलाइ रनक्कै तताएको छ ।

नतताओस पनि कसरी, NRN नामक संस्थाको मोहनी नै त्यस्तै भए पछि, हिजो त्यों संस्थाको नामै सुन्न मन नपाराउने अझ त्यतिमात्र हो र नामै नसुनेका सम्म बिभिन्न च्यानल र प्यानल बनाउदै उम्मेदवारी भिड्न तम्सिएका छन ।

त्यसो भनेर दामी कालेले सबैलाई एउटै क्यातागोरीमा दाज्न खोजेको चाहि होइन है । हिजो इजरायलको धारो, चौतारो र अपार्ट बल बैतको घर सम्मका संस्थामा काम गरेका देखि लिएर नेपालमै र अंतर्राष्ट्रीय फेम भएका संस्थामा समेत काम गरेका हैसियतवाल र प्रतिष्ठित महानुभावहरु पनि कम्मर कसेर लागेको देखिन्छ ..NRNमा ।

काले को मनमा खडके को कुरो चाही अर्कै छ । त्यों खड्को के भने चुनावी बाढ़ीले कसता खाले व्यक्तिहरु लाइ
चयन गर्ला भन्ने हो । सहमती हुन नसके पछि चुनाव त हुनै परयो । विदेश को ठाउं कामकुरो एकातिर, कताको चुनाव, कां कसले मतदान गर्ने वा कुन उम्मेदवार लाइ, कुन कसीमा राखेर कुन योग्यता र सक्षमताको आधारमा तौलिएर कुन स्तरका भोटदाताले भोटदान गर्ने ? यस् बिषयमा चाही दामी काले खूब घोरिएको छ ।

यस्सो हेर्दा बाढीले बढ़ी उमार्ने बाहेक अरु सबैलाई लाखा पखा लगाउने पक्का छ। नतीजामा पछि पर्नेहरु फेरी घोसे मुन्टो लगौदै ठुतुनो फर्काएर तर्की तर्की हिडन नपरोस, भनेर यो दामी काले सबै लाइ बेलैमा सतर्क हुने सल्लाह दिन चाहन्छ ।
जे होस “नहुनु मामा भन्दा कानो मामा वेश” भन्ने हाम्रो पुरानो उखान झै सबैको इच्छा अनुसार जसरी हुन्छ NRN बचाऊं । दामी कालेको पनि सोच यस्ते छ ।

NRN जिन्दावाद !

दामी काले

विभाजनको रेखा  र  जोगी

 

संसारका कुना कुनामा हामी पुगेका छौं । रोज़गार व्यवसाय अध्ययन व खोज जे का लागी विदेशिएका भए पनि हामी नेपाली हौं भन्ने भावःले र राष्ट्रीयताप्रतिको प्रेमले हामीलाइ तानिरहेको हुन्छ ।प्रवासमा रहेका हामी नेपालीहरु पनि शायद यही प्रेरणाबाट प्रेरित भएर आफ्नोपन र मौलिकताको खोजीमा एउटा पृथक समाज समुदाय वा समूहको निर्माण गर्छौ र नेपाली हुनु को परिचय को खोजी गर्छों ।

यसरी प्रवास को बसाईमा विभिन्न उद्देश्य र लक्ष सहित नेपाली समुदायका साथी भाई  एकताबद्ध हुनु शुभ संकेत हो, केही समय देखि इजरायल को प्रवास देखिएका बिभिन्न संघ संस्था र तिन को संख्या हेर्दा यो कालेलाइ नेपाली हरुको बिच मा पनि राम्रै राष्ट्रीय चेतनाको बिकास भएछ भन्ने भान पर्न आयो । तर त्यों भान त्यति खेर ग़लत साबित भैदियो जतिखेर यसले एउटै खालमा बसेर एउटै थालमा खाएर एउटै नालमा थुकेर हिडेका साथिहरु, अहिले तेल अभिभको भीड़मा एकले अर्को लाइ देखे पनि नदेखे जस्तो गरेर मुन्टो बटारेर हिडेको देखियो । हेरी हाले पनि खाउला जस्तो गर्ने तीरे छडके नज़रले हेरेको देख्दा दामीकाले को मन चसक्क दुखेको छ  ।

एक अर्का को उद्देश्य प्राप्ति र एकताको निमित्त सहकार्य सहयोग र हातेमालो गर्नु त कता हो कता, प्रवासी प्रवासीमा आफुबीच भैसकेको सम्बन्ध समेत भत्किदै गएको अनुमान सबैले गर्न थालेका छन । साथीभाईको नाता नै टूटने र नेपाली सामाजिक एकता खल्बलिने गरि किन कोरियो बिभाजनको रेखा?  

शायद हामी भित्र एउटा चेतना बिरोधि अहंकारी जोगी विद्यमान छ, जसलाई सामाजिकता पटक्कै मन पर्दैन सामाजिक संरचनाका बिभिन्न्न अंगहरु समूह र संगठन को उपस्थिति र अस्तित्व बीचको समन्वय एकता र सहकार्य मन पर्दैन । त्यों जोगी त्यही एकलकाटे जोगी हो, जसले सामूहिक मर्म बुझ्न चाहदैन र आफु आफुमा फाटो बढाउने खरानीका धर्काहरु कोरी हिड्छ ।

कलाकारको समूहले साहित्यको समूहलाई बिरोधी ठान्नु अनि कृषिको समितिले केयेरगिभरको समितिलाई वैरी देख्नु, हामी बीचको फाटो नभए के त? यो बेमेल रंग र कुचीले क्यानभाससंग दुश्मनी गर्नु जस्तै हो  । हामी बीच यस्तै अमिल्दो विषयमा मतभेद भएको छ । रंग एकातिर कुची एकातिर क्यानभास अर्कोतिर । फेरी हामी सुंदर चित्रकारिताको कल्पना भने गर्न छाड़दैनौ।

बिदेशको ठाउं छोटो समयको बसाई अबधि को पूर्व को पश्चिम हामी सबै नेपाली भन्ने सोचौं एक अर्कालाई परेको बेला सहयोग गरौं र कथं कदाचित यो सोचलाई खल्बल्याउदै आफु आफैमा बिभाजनको धर्को कोर्न उद्यत अहंकारी जोगीलाइ जाग्न नदिऊ, चेतना भया !      

 

दामी काले